• १५ चैत २०८०, बिहिबार

गैंडाको आक्रमणबाट वृद्धको मृत्यु

blog

शालिग्राम नेपाल
चितवन, साउन ५ गते ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका–७ बाघमारा मध्यवर्ती सामुदायिक वनमा गैंडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

बिहीबार निगुरो टिप्न जानुभएको रत्ननगर–६ का करिब ७६ वर्षीय नवराज अधिकारी शुक्रबार बिहान ७ः३० बजेको समयमा जङ्गलभित्रै मृत फेला पर्नुभएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निगुरो टिप्न जङ्गलमा जाँदा गैंडको आक्रमणका कारण अधिकारीको मृत्यु भएको हुन सक्ने जानकारी दिनुभयो ।

निगुरो टिप्न गएका अधिकारी साँझसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए । खोजी गर्ने क्रममा मृत फेला पर्नुभएको अधिकारीको शरीरको विभिन्न भागमा चोट देखिएको छ । मृतकको अवस्था हेर्दा गैंडाले आक्रमण गरेको हुन सक्ने निकुञ्जले जनाएको छ ।