तयारी अन्तिम चरणमा
आसन्न राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । यही बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान अधिकृतको नियुक्ति, मतपत्रको व्यवस्थालगायतको तयारी पूरा भएको छ ।
चार महिनादेखि सिमेन्ट उद्योग बन्द
आर्थिक सङ्कटमा गुज्रँदै आएको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको उत्पादन गत चार महिनादेखि बन्द रहेको छ । आर्थिक सङ्कटसँगै व्यवस्थापकीय कमजोरीका कारण उत्पादन बन्द भएको उद्योग सञ्चालनको माग गर्दै उद्योगमा कार्यरत मजदुर आन्दोलित भएका छन् । उद्योग व्यवस्थापनले समयमा कोइला व्यवस्थापन गर्न नसक्दा उद्योगको उत्पादन झन्डै गत चार महिनादेखि बन्द रहेको छ । उद्योगको बिक्री प्रवर्धनसम्बन्धी नीति समयसापेक्ष नहुँदा उत्पादन भएको सिमेन्ट अपेक्षा अनुसार बिक्री हुन सकेको छैन । उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको, सिमेन्ट उत्पादन लागत बढ्दै गएको र मूल्यमा निजी उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बर्सेनि घाटामा चल्दै आएको छ ।
खगेन्द्र नवजीवन केन्द्रको बेथिति, उच्चस्तरीय छानबिन समिति गठन
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको बेथिति, अनियमितता, सञ्चालन विधि र सम्भावित भ्रष्टाचारबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन एवं अनुगमन समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सम्पन्न सर्वपक्षीय छलफलपछि सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले खगेन्द्र नवजीवन केन्द्रमा आश्रित नागरिक सङ्घर्ष समिति गठन गरेर आन्दोलित भएको र केन्द्रबारे उठेका प्रश्न, सञ्चालन विधिसहित सम्पूर्ण पक्षको अध्ययन र अनुगमन गरी प्रतिवेदन तयार गर्ने गरी समिति गठन गरिएको बताउनुभयो ।
त्रिवि उपकुलपतिका लागि ४३ जनाकाे आवेदन
त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति नियुक्तिका लागि पूर्वपदाधिकारीले नै आकाङ्क्षा राख्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकुलपतिका लागि दरखास्त दिने अन्तिम मिति सोमबारसम्म ४३ जनाले आवेदन दिएका छन् । उपकुलपतिमा दरखास्त दिनेहरूमा विश्वविद्यालयका हालका निमित्त उपकुलपति प्राडा शिवलाल भुसाल, त्रिविका पूर्वउपकुलपति प्राडा तीर्थ खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा केशरजङ्ग बराल, त्रिविका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेल, त्रिविकै पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपाने, त्रिविका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्यले पनि दरखास्त दिनुभएको छ ।
राहदानीका लागि छुट्टै बायोमेट्रिक्स दिन नपर्ने
परराष्ट्र मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी गरेको छ । उक्त तयारीले पूर्णता पाएसँगै सेवाग्राहीले आगामी दिनमा राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिन पर्ने झन्झट समाप्त हुने छ । यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला र परराष्ट्रमन्त्री एनपी साउदबिच छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको छलफल अनुसार छलफलमा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टबेस राहदानी विभागले प्रयोग गरे सेवाग्रहीले अनलाइनमार्फत राहदानीका लागि आवेदन दिन पाउने र हुलाकमार्फत घरमै राहदानी प्राप्त गर्ने व्यवस्था हुने छ ।
परीक्षा उत्तीर्ण गरेकालाई लाइसेन्स तत्काल दिनुस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरेका सेवाग्राहीलाई तुरुन्तै लाइसेन्स दिने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।
जनसङ्ख्याको क्षेत्रमा स्वास्थ्य मन्त्रालयले काम गरेन : सांसद पाण्डे
सत्तारुढ दल नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनसङ्ख्याको क्षेत्रमा काम गर्न नसकेको बताउनुभएको छ ।
‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक
गायक निर्मलराज पौडेलको ‘छम्म नाचौँ, छप्प नाचौँ’ गीत आज यहाँ आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । गीतमा अभिनय गरेका कलाकारहरूले सामूहिकरुपमा गीतको भिडियो सार्वजनिक गर्नुभएको हो
नेप्से परिसूचकमा ३१ दशमलव ४९ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३१ दशमलव ४९ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ४७ प्रतिशतले घटेर दुई हजार ९८ दशमलव ६९ को विन्दुमा कायम भएको हो ।
त्रिविद्वारा शैक्षिक क्यालेन्डर सार्वजनिक
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु शैक्षिक सत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ । त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्ले स्नातक तहको चार वर्षे वार्षिक प्रणाली र आठ सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तहको चार सेमेष्टर प्रणालीको शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।
विपन्न बस्तीमा गृहकार्य कक्षा
खैरहनी नगरपालिकाले विपन्न बस्तीका बालबालिकालाई लक्षित गरी गृहकार्य कक्षा सुरुआत गरेको छ । विपन्न बस्तीका बालबालिकालाई बिहान र बेलुकाको समयमा नगरपालिकाभित्रका विभिन्न २८ स्थानमा गृहकार्य कक्षा सञ्चालन हुन थालेको हो ।
चिनियाँ तस्बिर प्रदर्शनी
नेपाल र चीनबिच सांस्कृतिक आदान-प्रदान एवम् पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफी प्रदर्शनी सुरु भएको छ ।
पुँजीगत खर्चभन्दा सरकारी ऋणको साँवाब्याज तिर्न दोब्बर खर्च
महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा पुँजीगत खर्च ४९ अर्ब २३ करोड ५८ लाख बराबर छ । यही अवधिमा सरकारी ऋणको साँवाब्याज तिर्न भने एक खर्ब १६ अर्ब ५८ करोड पाँच लाख बराबर खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कमा देखिन्छ ।
माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताहका कार्यक्रम
यही माघ १० गतेदेखि सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका छन् । काठमाडौँ महानगरपालिकाका अनुसार सहिद सप्ताह मूल समारोह समितिले कार्यक्रम सञ्चालन गर्ने छ ।
व्यवसाय फस्टाउनका लागि बजारीकरण अपरिहार्य : मन्त्री शर्मा
रेडियो र टेलिभिजनको व्यवसाय प्रवर्द्धनमा संलग्न जनशक्तिका लागि विज्ञापन बोर्डले आज यहाँ आयोजना गरेको क्षमता विकास कार्यक्रममा उहाँले आजको युग बजारीकरणको भएको बताउँदै जुनसुकै व्यवसाय बजारीकरणबिना फस्टाउन नसक्ने उल्लेख गर्नुभयो ।
जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय वित्तीय अपराधको अनुसन्धानका निम्ति आवश्यक कानुनी र संस्थागत व्यवस्थाको प्रबन्ध गर्ने, प्रविधि र दक्ष जनशक्तिको विकास गरेर कारबाहीको दायरामा ल्याइने बताउनुभयो ।
पशुपति कोषका कार्यकारी निर्देशक पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश
उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश गरेकोे छ ।
काठमाडौँमा यस वर्षकै कम तापक्रम रेकर्ड
काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आज काठमाडौँमा यस वर्षकै कम तापक्रम (तीन दशमलव दुई) रेकर्ड गरिएको बताउनुभयो ।
हिउँदे अधिवेशन आह्वानमा ढिलाइ: समितिमा विधेयकको चाङ, छलफलमै सीमित
सत्तापक्ष एवम् प्रतिपक्षीका सांसदहरूले हिउँदे अधिवेशनलाई छिटोभन्दा छिटो अघि बढाउनुपर्ने बताएका छन् । सरकार माघको तेस्रो हप्ताबाट आगामी हिउँदे अधिवेशन बोलाउने तयारीमा छ । यो अधिवेशन विधेयक अधिवेशनका रूपमा रहेकाले कानुन तथा नीति निर्माणमा ढिलाइ गर्न नहुने उनीहरूको भनाइ छ ।
त्रिदेशीय कला र संस्कृति प्रस्तुत
सगरमाथा र लुम्बिनीको ब्यानरमा आयोजना गरिएको सो कार्यक्रममा ती कलाकारले आ–आफ्ना देशको गीत सङ्गीत एवं नृत्य प्रस्तुत गरेका हुन् । ‘इन्ट्रा कल्चरल इभेन्ट–२०२४’ नाम दिइएको सो कार्यक्रममा नेपालका सम्पदा सगरमाथा र लुम्बिनीलाई ब्यानरमा साक्षी राखेर भ्रातृत्व, शान्ति र सहकार्यको भावना व्यक्त गरिएको थियो ।
पानीका मुहान सुक्दै जानु हामी सबैका लागि चिन्ताको विषय हो : मन्त्री यादव
खानेपानीमन्त्री महिन्द्र राय यादवले बर्सातमा मेलम्चीको अभावमा पनि बागमतीसहितका खोलानाला र ढुङ्गेधारामा खेर गइरहेको पानीको अधिकतम सदुपयोग गरी राजधानीवासीलाई बाह्रै महिना खानेपानी उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभएको छ ।
टोपी भिसामा अस्ट्रेलिया
उच्च शिक्षाका लागि बिदेसिएकी छोरीको दीक्षान्त समारोहमा भाग लिन हामी अस्ट्रेलिया जाने भयौँ । कोभिड प्रकोपको सुरुवाती दिनहरूमा उसले नेपाल छोडेको पनि तीन वर्ष भएछ । पासपोर्ट हात लागेको खुसियाली डेङ्गुले खोस्यो ।
भैँसे–भीमफेदी सडक निर्माण कार्य तीव्र
हेटौँडालाई काठमाडौँसँग जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत भैँसे–भीमफेदी सडकखण्डको स्तरोन्नतिले पछिल्लो समय तीव्रता पाएको छ । भैँसे–भीमफेदी सडकखण्डको विभिन्न स्थानमा सडक सीमा विस्तारका
कोदोले भाउ पाउन थाल्यो
सिन्धुली जिल्लामा पछिल्लो समयमा कोदो खेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसान दङ्ग छन् । जिल्लामा केही वर्ष पहिलेसम्म हेपाइको बालीमा पर्ने कोदो खेतीबाट पछिल्लो समयमा अन्य बाली धान, मकै र गहुँको तुलामा झन्डै दोब्बरले आम्दानी हुन थालेपछि किसान कोदो खेतीप्रति आकर्षित बनेका हुन् ।