विश्वकप छनोट : युएईद्वारा हङकङ पराजित
आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले हङकङलाई हराउँदै विजयी भएको छ ।
अर्थतन्त्रको सङ्कट समाधान गर्न सर्वपक्षीय सम्मेलन जरुरी छ : उपाध्यक्ष पौडेल
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सदन प्रभावकारी हुनुपर्ने बताउनुभएको छ ।
नेपाली क्रिकेट टोलीलाई एक लाख पुरस्कार दिने कांग्रेस नेता ठाकुरको घोषणा
नेपाली कांग्रेस सर्लाहीका जिल्ला सदस्य विकासकुमार ठाकुरले आइसीसी टी–२० विश्वकप छनौट–२०२३ अन्तर्गत शुक्रबार हुने सेमिफाइनल खेलका लागि एक लाख रुपियाँ नगद पुरस्कार दिने घोषणा गर्नुभएको छ ।
खाद्यान्न र चिनीको अभाव हटाउन सांसदको माग
राष्ट्रियसभाका सांसदहरुले चाडपर्वका समयमा बजारमा खाद्यान्न र चिनीको अभाव देखिएको जनाउँदै खाद्यन्नको आपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
संसदमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले चाडपर्वमा खाद्यान्नको आपूर्ति, सडक मर्मत, कृषि उत्पादनको बजारीकरणलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने विषयमा शीर्ष नेताको छलफल सकारात्मक : सांसद पुन
नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कामहरू टुङ्ग्याउन सबै राजनीतिक दलहरू मिल्नुपर्ने बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
नक्कली कागजात बनाउने दुई जना पक्राउ
नक्कली कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली श्रम स्वीकृतिलगायतका कागजात बनाएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
सदनका उठेका विषयमा सरकारको ध्यान जान जरुरी छ : प्रमुख सचेतक लेखक
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जनजीविकाका सवालमा संसद् प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ ।
पाक्न लागेको धानमा कालोपोके रोग लागेपछि किसान चिन्तित
धानबालीमा कालोपोकेको समस्या देखिएपछि यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा लगाइएको धानमा कालोपोकेको समस्या देखिएको हो ।
अन्तिम ओभरमा ओमानसँग नेपाल स्तब्ध, नेपाल समूह उपविजेता
आइसीसी टि २० विश्वकप एसिया क्षेत्र क्वालिफायरमा नेपाल बिहीबार रोमाञ्चक खेलमा ओमानसँग पाँच रनले स्तब्ध भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एसोसिएट टिमहरुमा बलियो मानिएको ओमानलाई कप्तान रोहित पौडेलले टस जितेपछि पहिले ब्याटिङ गर्ने निमन्त्रणा दिनुभएको थियो ।
नेपाललाई जितका लागि १४६ रनको चुनौती
आइसिसी टि २० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत आज (बिहीबार) भएको खेलमा ओमानले घरेलु टोली नेपाललाई जितका लागि १४६ रनको चुनौती दिएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु भएको हो ।
१२ हजार चालकलाई कारबाही
ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौँ उपत्यकामा कारबाही अभियान तीव्र पारिएको छ । प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ ।
संसद्को अधिवेशन आजबाट अन्त्य हुँदै
सरकारले (आज) बिहीबार राति १२ बजेबाट चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो ।
सह-सचिवद्वय अर्याल र पुडासैनी सचिवमा बढुवा गर्ने निर्णय
सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । भर्खरै सम्पन्न मन्त्री परिषद्को बैठकले उहाँहरूलाई सचिवमा बढुवा गर्ने र संसद्को अधिवेशन अन्त्य गर्ने लगायतका निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो।
सङ्घीय संसद्को चालु अधिवेशन आजबाट अन्त्य गर्ने तयारी
सङ्घीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य गरिने भएको छ । संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गर्न बिहीबार सबेको मन्त्रीपरिषद् बैठकले निर्णय गर्ने समेत जनाएको छ ।
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । समसामयिक राजनीति र विकास निर्माणसँग सम्बन्धित रहेर छलफल र निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तिहारका लागि विद्यालयमा फूल उत्पादन
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित जनक माध्यमिक विद्यालयका विद्यार्थी तिहारका लागि फूल उत्पादनमा जुटेका छन् । उनीहरुले विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका छन् ।
लागुऔषध दुव्र्यसनविरुद्ध नारायणी महोत्सव
लागुऔषध दुव्र्यसनविरुद्ध नारायणी नदी किनारमा महोत्सव हुर्न भएको छ । लागुऔषध तथा मद्यपान प्रयोगकर्ताको निःशुल्क उपचार गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो । चितवनतर्फको नारायणी नदी किनारमा हुने महोत्सवको आयोजक रिकभरिङ युनाइटेड र औद्योगिक शान्ति नेपाल संस्था रहेको रिकभरिङ युनाइटेडका अध्यक्ष रविनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पर्वतारोही पाण्डेको सेभेन समिट अभियान
पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो हिमालको सफल आरोहण गर्नुभएको छ । सेभेन समिट अभियानमा रहनुभएका पाण्डेले अफ्रिकाको तान्जेनियामा रहेको पाँच हजार ८९५ मिटर अग्लो सो हिमालको सफल आरोहण गर्नुभएको हो ।
तिहारलक्षित बजार अनुगमन सुरु
सरकारको केन्द्रीय संयु्क्त बजार अनुगमन समितिले तिहारलाई लक्षित गरेर बजार अनुगमन सुरु गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको संयुक्त बजार अनुगमन समितिले आइतबारदेखि तिहारलक्षित बजार अनुगमन सुरु गरेको हो । विभागका महानिर्देशक तीर्थराज चिलवालले तिहारमा बढी खपत हुने मिठाई, विद्युतीय सामान, भाँडाकुँडा र भाइमसलामा केन्द्रित गरेर बजार अनुगमन सुरु गरेको जानकारी दिनुभयो ।
दसैँको रोक खुलेलगत्तै बढ्यो टिप्परको मनोमानी
दसैँमा सडक दुर्घटना बढाउने सम्भावनाका कारण रोकिएका टिप्परको आवागमन खुला गरेकै दिन टिप्परको अनियमितताको हद नाघेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ दिनसम्म टिप्पर सञ्चालनमा लगाएको रोक खुल्नेबित्तिकै मङ्गलबार राति बालुवा र गिट्टीको चुली बनाएका (ओभरलोड) टिप्पर सडकमा गुडेका थिए । तीमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले कारबाही गरेको छ तर प्रहरीको आँखा छलेर उत्तिकै टिप्पर पार भएका छन् ।
फोहोर पानी उत्पादन गर्ने खानेपानी उद्योग ‘सिल’
काठमाडौँको टोखा नगरपालिका–३ चक्खुस्थित मापदण्डविपरीत सञ्चालित एक खानेपानी उद्योग सिल गरिएको छ ।
प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध उजुरी आह्वान गरेको छ । सरकारले सुनुवाइका लागि गरेको पत्राचार अनुसार समितिले उजुरी आह्वानको प्रक्रिया अघि बढाएको हो । परराष्ट्र सचिवसमेत रहनुभएका उहाँलाई कात्तिक ३ गतेको मन्त्रीपरिषद्ले राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो । मन्त्रीसरहको मर्यादाक्रम रहने गरी उहाँलाई राजदूतमा सिफारिस गरिएको थियो ।