• २३ असोज २०८१, बुधबार

नक्कली कागजात बनाउने दुई जना पक्राउ

blog

काठमाडौं कात्तिक १६ गते । नक्कली कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली श्रम स्वीकृतिलगायतका कागजात बनाएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका-४ घर भई हाल काठमाडौँ वनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र त्यहीका हाल काठमाडौँको नागार्जुन-१ रानीवन बस्ने २१ वर्षीय विपिन ढकाल रहेका छन् । 

उनीहरूको साथबाट दुई थान मोबाइल बरामद गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक मिलन के.सी.ले जानकारी दिनुभएको छ ।