काठमाडौँमा छिटफुट वर्षा
काठमाडौँका एक–दुई स्थानमा आज (बुधबार) छिटफुट वर्षा भएको छ । मौसम विज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौँका गोङ्गबु, चाबहिल, बालाजु र महाराजगन्जलगायतका स्थानमा छिटफुट वर्षा भएको हो ।
उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धकसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक र तत्कालीन नायब महाप्रबन्धकसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
स्वास्थ्य क्षेत्रमा ९२ हजार स्वास्थ्यकर्मीको आवश्यकता : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताउनुभएको छ ।
किरात बाहिङ संस्कृति 'हंङ बोचो'
बाहिङ जाति अल्पसङ्ख्यक जातिमध्ये एक हो । राष्ट्रिय तथ्याङ्क २०७८ अनुसार छ हजार पाँच सय ४७ जाति र भाषा वक्ताको रूपमा १४४४९ रहेको छ ।
सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिइने
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताउनुभएको छ ।
‘सूचना प्रविधिको विकासका लागि संस्थागत र जनशक्तिको पुनः संरचना आवश्यक’
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकका हरेक क्षेत्रमा सूचना र प्रविधिको विकास लागि संस्थागत र जनशक्तिको पुनः संरचना आवश्यक रहेको बताउनुभएको छ ।
स्वास्थ्य बिमा गरेकालाई दोस्रो दर्जाको व्यवहार गर्न पाइँदैन : स्वास्थ्यमन्त्री जोशी
बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य बिमा गरेका नागरिकलाई दोस्रो दर्जाको नागरिक जस्तो व्यवहार गर्न नपाइने बताउनुभएको छ ।
दश जना पुर्पक्षका लागि थुनामा
जिल्ला अदालत सिन्धुलीले कमलामाई नगरपालिका–४ निवासी ३७ वर्षीय शारदा थापालाई बन्धक बनाई कुटपिट गरेको अभियोगमा १० जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
राष्ट्रिय वाणिज्य बैङ्क ५९औँ वर्षमा, दुई दशकदेखि निरन्तर नाफा कमाउँदै
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ ।
जाडोमा मुटुको सुरक्षा किन र कसरी
जाडो मौसममा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । जाडोमा हाम्रो शरीरका मुटु, मस्तिष्क तथा फोक्सो बढी जोखिममा हुने गर्छ ।
शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा स्मृति सभा
सहिद सप्ताहको पहिलो दिन आज (बुधबार) शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थान, काठमाडौँको टेकु, पचलीमा स्मृति सभा आयोजना गरियो । सहिद सप्ताह मूल समारोह समितिले सभा आयोजना गरेको थियो ।
सभापति देउवाद्वारा द्रौपदाको निधनप्रति दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान दिनुभएकी महिला नेत्री द्रौपदा शर्मा पोखरेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
बुबाआमाको निधनपछि चार बालबालिकाको बिचल्ली
बलेफी गाउँपालिका–५ गुर्दुम गाउँको टारी जग्गामा माटो ढुङ्गाले बनेको टिनको छानोले छाएको सानो झुपडी घर । उक्त घरको आँगनमा सदा झैँ चार बालकले बुबाआमा बिताएको पीडा र एक वृद्ध हजुरआमा छोरा बुहारीको निधनले स्तब्ध रहिरहन्छन् ।
पुतली बजारमा बस दुर्घटनामा १० जना घाइते
धरान चतरा सडक खण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका ६ स्थित पुतली बजारमा बुधवार बिहान बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
नारायणगढ–बुटवल सडकखण्ड : म्याद सकिन छ महिना बाँकी रहँदा आधामात्रै काम
नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब छ महिना बाँकी रहँदा आयोजनाको सम्पूर्ण काम अझै आधा बाँकी छ ।
अर्थतन्त्रलाई सबल बनाउन वाणिज्य बैङ्कको भूमिका प्रशंसनीय : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय अर्थतन्त्रलाई थप सबल र गतिशील बनाउन राष्ट्रिय वाणिज्य बैङ्कले खेलेको भूमिका प्रशंसनीय भएको बताउनुभएको छ ।
ललितपुरको नापी सर्वेक्षक यादव अढाई लाख घुस सहित पक्राउ
नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।
‘पूर्ण खोप सुनिश्चित गर्न परिणाममुखी तथा गुणस्तरीय सेवामा सक्रिय हुनुपर्ने’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले पूर्ण खोप सुनिश्चित गर्न परिणाममुखी तथा गुणस्तरीय सेवामा सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ ।
पत्रकार महतोमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग
महोत्तरीका पत्रकार राजकरण महतोलाई संघीय राजधानी काठमाडौंमा दुर्व्यवहार भएको छ ।
सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाट दर्ता गर्न पाइने
सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ ।
संसद् अधिवेशन माघ २२ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
सरकारले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
सामाजिक सञ्जाल फेसबुक तथा ह्वाट्सएपमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
वायुसेवा निगम र विमानस्थल सुधारसम्बन्धी प्रतिवेदन तत्काल बुझाउनू : संसदीय समिति
संसदीय समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरूको सुधारका लागि हालसम्म भएको अध्ययन प्रतिवेदनहरू यथाशीघ्र समितिमा पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।
पार्किङ निषेध गरेसँगै न्युरोडका व्यवसायी प्रदर्शनमा
काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेसँगै व्यवसायीले सटर बन्द गरेर विरोध जनाएका छन् ।