पण्डित लगनशील र कर्तव्यनिष्ठ पत्रकार
गोरखापत्र दैनिकका सह-सम्पादक शेषकान्त पण्डितको निधन भएको १३ औँ दिनको पुण्यतिथिमा आइतबार नेपाल प्रेस युनियन गोरखापत्र प्रतिष्ठान शाखाले शोक सभाको आयोजना गरेको छ।
एक वर्षमा ७० हजार ९१५ जना नेपाली स्थायी बसोबासका लागि बिदेसिए
नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोबासका लागि गएका छन् । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो ।
बानेश्वरको सडक डिभिजन कार्यालयमा आगलागी
काठमाडौँको नयाँ बानेश्वरस्थित सडक डिभिजन कार्यालयको भवनमा आगलागी भएको छ ।
भ्रष्टाचारले राष्ट्रको गरिमालाई ध्वस्त पार्दैं जान्छ : प्रदेश प्रमुख शर्मा
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले भ्रष्टाचारले सामाजिक, न्यायिक र राजकीय प्रकृयाको सिलसिलेवार प्रणालीलाई समाप्त पार्दै राष्ट्र, जनता र व्यक्तिको मर्यादा, आचरण र गरिमालाई ध्वस्त पार्दैं जाने बताउनुभएको छ।
बिपी प्रतिष्ठानमा ओपिडी सेवा सुचारु
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २८ दिनपछि ओपिडी सेवा लगायत पढाई पुन सुरु भएको छ । गत पुस महिनाको २९ गतेदेखि शिक्षक, कर्मचारी र चिकित्सकहरूले १५ वर्षदेखि रोकिएको बढुवाको प्रक्रिया सुचारुको माग गर्दै बिपी प्रतिष्ठानको ओपिडी सेवा लगायत पढाई समेत अवरुद्ध गरेका थिए ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु
समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको विधान अधिवेशनबारे छलफल गर्ने कार्यसूचीका साथ नेकपा९माओवादी केन्द्र०को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
महासमिति बैठकलाई व्यवस्थित गर्न कांग्रेसद्वारा यातायात व्यवस्था उपसमिति गठन
नेपाली कांग्रेसले महासमिति बैठकलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन केन्द्रीय सदस्य धना खतिवडाको संयोजकत्वमा यातायात व्यवस्था उपसमिति गठन गरेको छ ।
छ महिनामा १० लाखभन्दा बढी सवारीसाधन कारबाहीमा
ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरुलाई कारबाही गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट रु ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
सङ्घीयतापछि गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उजुरी बढे : प्रमुख आयुक्त राई
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सङ्घीयता कार्यान्वयनपछि तीन तहकै सरकारमा गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उल्लेख्य सङ्ख्यामा उजुरीहरू परेको बताएको छ ।
वर्तमान सरकार गठनपछि धेरै सुधार भएको छ : मन्त्री गुरुङ
नेपाली कांग्रेस चितवन सूचना तथा प्रचार विभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले धेरै सुधार भए पनि मुलुकमा अझै अप्ठ्यारो अवस्था भने कायमै रहेको उल्लेख गर्नुभयो ।
स्थापनाको २२ वर्षपछि आफ्नै भवनमा सर्दै महिला आयोग
राष्ट्रिय महिला आयोग स्थापनाको २२ वर्षपछि आफ्नै स्वामित्वको भवनमा सर्ने भएको छ । आयोगको कार्यालय स्थापनाकालदेखि हालसम्म राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित भवनमा भाडामा बस्दै आएको थियो ।
भ्रष्टाचार देश विकासको बाधक : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक तथा निजी क्षेत्रमा सदाचारिताको आधार विकास गर्न ‘राष्ट्रिय सदाचार नीति’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइने बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी)ले १० जिल्लालाई पुरस्कृत गर्ने
सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण, अद्यावधि तथा विस्तार, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन् । ती कार्यक्रमका आधारमा उत्कृष्ट जिल्ला पुरस्कृत हुने जनाइएको छ ।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक बस्दै
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेबाट राष्ट्रिय सभा गृहमा सुरु हुनेछ । दुई दिन चल्ने बैठकमा जनतासँग माओवादी विशेष अभियानको बारेमा समीक्षा हुनेछ । साथै समसामयिक राजनीति विषयवस्तुमा पनि छलफल हुने बताइएको छ ।
गाउँको स्कुल सहरियाको रोजाइमा
गाउँ नै रित्तो बनाएर अधिकांश अभिभावक आफ्ना बालबालिका पढाउन गाउँबाट सदरमुकामलगायतका सहर केन्द्रित भइरहेका छन् तर रामेछापको दुर्गम गाउँको डहु माध्यमिक विद्यालय भने सहरका विद्यार्थी र अभिभावकको रोजाइमा पर्दै आएको छ ।
विद्युतीय आरोले काटेर मृत्यु
आफैँले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ ।
दोलखामै पहिलो लङ फङसन टेस्ट सुरु
दोलखाको सदरमुकाम चरिकोटस्थितको च्छोरोल्पा जनरल अस्पताल प्रालिले जिल्लामै पहिलो लङ फङसन टेस्ट ( स्पाई रो मेट्री ) सञ्चालनमा ल्याएको छ । बिरामीमा देखिएको श्वासप्रश्वास रोग दम वा फोक्सोमा हुने अन्य रोग हो भनी पत्ता लगाएर उपचार गर्न सजिलोको लागि यो विधि सञ्चालनमा ल्याइएको अस्पताल प्रमुख डा.विनोद दङगालले जानकारी दिनुभयो ।
पाकिस्तानको बौद्ध सम्पदाको प्रचार नेपालमा
पाकिस्तानमा रहेका बौद्ध सम्पदाबारे नेपालका पर्यटन व्यवसायीलाई जानकारी गराउने उद्देश्यले युवा बौद्ध सङ्घ र नेपालस्थित पाकिस्तान दूतावासको आयोजनामा वृत्तचित्र प्रदर्शनी सम्पन्न भयो ।
अचेत अवस्थामा फेला परेका दुई बच्चाको मृत्यु
ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ ।
महासंघको इतिहास सच्याउन आग्रह
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघको इतिहास सच्याउन आग्रह गरेको छ । २००८ साल वैशाख ९ गते स्थापना भएको महासंघलाई २०१२ साल चैत १६ देखि इतिहास कायम गर्नु गलत भएको फोनिजको भनाइ छ ।
एपिएफलाई मकवानपुर गोल्डकप उपाधि
हेटौँडामा भएको छैटौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८० को उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।
लगानी सम्मेलनअघि कुन-कुन कानुनमा कस्तो संंशोधनका लागि गरियो सिफारिस ?
आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलन अघि विभिन्न कानुनमा सुधारका लागि सिफारिस गर्न गठिन कार्यदलले एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ ।
सोनाम ल्होछारको अवसरमा सात दिने बृहत सांस्कृतिक महोत्सव
२८६० सोनाम ल्होछारको अवसरमा सात दिने बृहत सांस्कृतिक महोत्सव धरानमा सुरु भएको छ ।
सागर र हिमालका समस्या समाधानमा एकीकृत प्रयास गर्नुपर्ने
परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले नेपालको विकास आकाङ्क्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गर्दै यो हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रूपमा रहेको बताउनुभएको छ ।