राष्ट्रपति पौडेल फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जानुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाने हुनुभएको छ । यही कात्तिक १६ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको हो ।
नागरिकको काम छिटो छरितो गर्नुपर्छ : मन्त्री श्रेष्ठ
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले कानूनबमोजिमको अधिकार प्रयोग गरेर आम नागरिकको समस्या समाधान गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
अध्ययन अनुसन्धान एवम् नीति निर्माणमा सहकार्य गर्न राष्ट्र बैंक र महासंघबीच समझदारी
वृहत आर्थिक नीति निर्माण र औद्योगिक एवम् व्यवसायिक वातावरण सुदृढ बनाउन नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सझदारी भएको छ ।
तेक्वान्दो सङ्घद्वारा पलेशा सम्मानित
नेपाल तेक्वान्दो सङ्घले चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा काँस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।
तिहारका लागि विद्यार्थीद्वारा फूल उत्पादन
सुनकोसी गाँउपालिका –३ स्थित प्रगतिशील माविमा अध्ययनरत विद्यार्थीले पढाइसँगै सयपत्री फूल खेती गरेर फूल उत्पादन गरेका छन् ।
जनताको हित हुने कामका लागि कलम चलाउँदा डराउन पर्दैन : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले देश, जनताको हित र मुलुकको प्रगति हुने निर्णय लागि कलम चलाउन कोही पनि डराउन नहुने धारणा राख्नुभएको छ ।
जीतपुरको भू-इञ्जिनियरिङ तथा वातावरणीय अध्ययन
खानी तथा भूगर्भ विभागले देशभरका विभिन्न सहरको भू-इञ्जिनियरिङ तथा वातावरणीय अध्ययन गरेको छ । विभागले नेपालका विभिन्न भागमा विकसित हुँदै गएको सहरको भूवनोट र उक्त स्थानमा सहर बस्न हुन्छ कि हुँदैन भन्ने उद्देश्यका साथ वि.सं.२०५२ देखि प्रत्येक वर्ष एक सहरको अध्ययन गर्दै आएको हो ।
प्राधिकरणले ६५ लाख बक्यौता रकम उठायो
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले यही कात्तिक १२ गतेदेखि १६ गतेसम्ममा ६५ लाख २० हजार बक्यौता रकम उठाएको छ ।
ओमान विश्वकपमा छनोट
ओमान सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी-२० विश्वकपमा छनोट भएको छ । आज र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बहराइलाई १० विकेटले पराजित गर्दै ओमान विश्वकपमा छनोट भएको हो ।
कार दुर्घटनामा चार जना घाइते
बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ चारबेँसीमा कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
छठ पर्वका लागि गुह्रेश्वरीमा एक्जाभेटरको प्रयोग गरी बागमती सफा गरिँदै
छठ पर्व नजिकिँदै गर्दा काठमाडौंको गुह्रेश्वरी क्षेत्रमा एक्जाभेटरको प्रयोग गरी बागमती सफा गरिँदै छ । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी काठमाडौंमा पनि सुरु गरिएको हो ।
जलवायु परिवर्तनको मुद्दामा यसपटक निवेदक होइन, दाबी प्रस्तुत गरौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबाट समाधानका लागि यसपटक स्पष्टरुपमा दाबी पेश गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्रीले दाहालले भन्नुभयो, “जलवायुको मुद्दामा नेपालले महत्वपूर्ण पहल लिन सक्छ । यो मुद्दामा विश्वलाई नै हामीले नेतृत्व गर्ने गरी हामी प्रस्तुत हुनुपर्छ ।”
सीप कार्यक्रममा सूचीकृत हुन आग्रह
काठमाडौँ महानगरपालिकाले चालु शैक्षिक सत्रका लागि शिक्षामा सीप कार्यक्रममा प्रशिक्षण दिन चाहने सङ्घसंस्था तथा व्यक्तिहरूलाई विद्यालयमा सूचीकृत हुन अनुरोध गरेको छ ।
दुई पाइलटको लाइसेन्स निलम्बन
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको लाइसेन्स निलम्बन गरेको छ ।
धान रोप्नेदेखि काट्नसम्म तराई र भारतका श्रमिकको भर
यतिबेला चितवन जिल्लाका किसानलाई धान काट्ने र भित्र्याउने चटारो छ । जिल्लाको पश्चिम, पूर्वी र माडी क्षेत्रका किसान धान काट्न र भित्र्याउन व्यस्त छन् । धान स्याहार्न जिल्लामा श्रमिक पाइन छाडेपछि यहाँका किसानलाई धान रोप्नेदेखि काट्नेसम्म मधेस प्रदेश र तराईका श्रमिकको भर पर्नुपरेको छ ।
बिरामीले निःशुल्क पाउने औषधि पाएनन्
बीमाको रकम समयमै भुक्तानी नहुँदा सिन्धुली अस्पतालले सञ्चालन गरेको फार्मेसीबाट बिरामीले निःशुल्क पाउने औषधि पाउन सकिरहेका छैनन् ।
दुईवटा विद्युत वितरण सबस्टेसन उद्घाटन
नेपाल–जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३/११ केभीका दुईवटा विद्युत वितरण सबस्टेसनको उद्घाटन भएको छ ।
चाडपर्वको समयमा रगत पाउन मुस्किल
चाडपर्वकै समय काठमाडौं उपत्यकालगायत देशैभर रगत अभाव भएपछि बिरामी मर्कामा परेका छन् । दशैँँ, तिहारजस्ता चाडपर्वमा रक्तदान कार्यक्रम नहुँनु र नेपाल रेडक्रस सोसाइटीले व्यवस्थापन प्रभावकारी नवनाउदाँ रगतको अभाव भएको पाइएको हो ।
तिप्लिङ पुगेर आयो सरकारी गाडी
धादिङबाट नुवाकोट, रसुवाको स्याप्रुबेसी हुँदै रुवीभ्याली–१, पाङसाङ पास पुगेको जीप । यो जीप रुवीभ्यालीको तिप्लिङ, सेर्तुङ र खनियाबासको किन्ताङफेदी हुँदै
धादिङबेसीबाट तिप्लिङ छिचोलियोे सडक सञ्जाल
धादिङको सबैभन्दा विकट बस्ती तिप्लिङमा मोटर बाटो जोडिएको छ । उत्तरी धादिङको सबैभन्दा दुर्गममा पर्ने रुविभ्याली गाउँपालिका–१ र २ मा पर्ने तिप्लिङमा धादिङबेँसीबाट मोटर बाटोले जोडेको हो ।
विद्युत् सर्ट भई आगलागी हुँदा चार पसलमा पूर्ण क्षति
काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका ४ समाज कल्याण चोकमा विद्युत् सर्ट भई आगलागी हुँदा चार वटा पसल पूर्ण रूपमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार शुक्रवार बिहान स्थानीय उद्धव प्रसाद तिम्सिनाको घरको सटरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको जनाएको छ ।
बालबालिकालाई भिटामिन ‘ए’ र जुकोको औषधि खुवाइँदै
बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन थालेको हो ।
सोलार प्यानल
मकवानपुरको थाहा नगरपालिका–९ स्थित चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले सौर्य ऊर्जाका लागि घामबाट विद्युत् उत्पादन गर्न राखेको
आलोचना गर्न नसकेपछि मेरो विरोध गरिरहेका छन्: ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आलोचना गर्न नसकेपछि विरोध भइरहेको बताउनुभएको छ ।