यु १९ विश्वकप: नेपाल र न्यजिल्याण्ड भिड्दै
दक्षिण अफ्रिकामा जारी यु–१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्याण्डविरुद्ध खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे बफालो पार्कमा हुनेछ । विश्वकप खेल्न समूह डिमा परेको नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्याण्डसँग खेल्न लागेको हो ।
निःशुल्क हवाई उद्धार कार्यान्वयन चरणमा
बागमती प्रदेश सरकारले गर्भवती तथा प्रसूति अवस्थामा ज्यान जोखिममा परेका महिलाको लागि निःशुल्क हवाई उद्धार गर्ने भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष गर्भवती र सुत्केरी अवस्थाका ज्यान जोखिममा परेका महिलाको निःशुल्क हवाई उद्धार गर्ने गरी नीति तथा कार्यक्रम र बजेटमा गरेको व्यवस्था प्रदेशको स्वास्थ्य मन्त्रालयले कार्यान्वयन गर्ने भएको हो ।
सात दिनसम्म बिजुली जाने स्थान (तालिकासहित)
काठमाडौँमा आज (आइतबार)देखि विभिन्न स्थानमा सात दिन विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
पुनर्निर्माणको काम एक वर्षदेखि अलपत्र
भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत विद्यालय भवन निर्माण सुरु गरिएका काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा निर्माणाधीन विद्यालय भवनको काम अलपत्र परेको छ ।
चार्टर उडानबाट भित्रिए धार्मिक पर्यटक
हिमालय एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय चार्टर उडान गरेको छ । लुम्बिनीमा धार्मिक कार्यक्रमका लागि १६७ चिनियाँ यात्रु (धार्मिक पर्यटक) बोकेर नेपाल आएको उक्त जहाजले फर्किंदा धार्मिक गुरुसहित १७० जना यात्रु बोकेर शुक्रबार चीन फर्किएको हो ।
हुँदैन वंशाणुगत रोगको अनुसन्धान
हरेक रोग वंशाणुगत हुने भए पनि नेपालमा त्यसको रोकथाममा चासो राखिएको छैन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को वंशाणुगत एकाइले शनिबार आयोजना गरेको कार्यक्रममा चिकित्सकले नेपालमा वंशाणुगत रोगलाई प्राथमिकता दिन नसक्दा समस्या भएको बताएका छन् ।
प्लास्टिकका झोला रोक्नै सकस
चालिस माइक्रोनभन्दा पातला झोला प्रयोग नगर्न सरकारले गरेको निर्णय कार्यान्यवन हुन सकेको छैन । ऐनमा देखिएको शून्यता तथा नीतिगत व्यवस्था अभावमा सो निर्णय प्रभावकारी हुन नसकेको हो । नियमित अनुगमन, सचेतना आदिले पनि त्यस्ता झोला प्रतिबन्ध गर्न नियमनकारी निकायलाई सकस परेको छ । जसकारण बजारमा प्रतिबन्धित पातला प्लास्टिकका झोला देखिन छाडेका छैनन् ।
आयो लाइसेन्स छाप्ने कार्ड
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्न छ लाखप्रति कार्ड ल्याइएको छ । कार्डको ल्याब टेस्ट र गुणस्तर जाँच गरेपछि यातायात व्यवस्था विभागले पूर्ण क्षमतामा लाइसेन्स छपाइको काम सुरु गर्ने भएको छ । छपाइ कार्ड सकिएर सात महिनादेखि अत्यावश्यक मात्रै छाप्दै आएको विभागले एक हप्तापछि पूर्ण रूपमा छपाइ सुरु हुने जनाएको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भन्नुभयो, “छ लाखप्रति कार्ड आएको छ । ल्याब टेस्टपछि छाप्ने काम सुरु हुन्छ । एक हप्तामा ल्याब टेस्ट हुन्छ ।”
सहसचिवको रोजाइ गृह र अर्थ मन्त्रालय
शक्तिको राम्रो अभ्यास गर्न पाउने भएकाले अधिकांश सहसचिवबिच सरुवाको रोजाइ गृह र अर्थ मन्त्रालय हुने गरेको छ । आफूसँग भएको क्षमता र राज्य शक्तिको राम्रो अभ्यास गर्न पाउने भएकाले सहसचिवको रोजाइ गृह र अर्थ मन्त्रालय पर्ने गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अधिकांश सहसचिवको सरुवाको पहिलो रोजाइ गृह, अर्थ मन्त्रालय र त्यसपछि उद्योग मन्त्रालय हुने गरेको छ ।
सगरमाथालाई भारतको भनेर टेलिसिरियलमा प्रचार
छिमेकी मुलुक भारतको एक टेलिभिजन सिरियलमा नेपालको सर्वोच्च शिखर सगरमाथालाई भारतको भनेर गलत प्रचार तथा प्रसार गरिएको छ ।
हिमानीद्वारा दुई मन्दिरमा विशेष पूजा
पूर्व युवराज्ञी एवम् हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहले शनिबार काभ्रेपलाञ्चोकमा रहेका दुई मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको छ ।
डम्फूको आत्मलापमाथि परिचर्चा
आख्यानकार भक्त स्याङ्तानको आख्यानकृति डम्फूको आत्मलापमाथि सिन्धुलीमाढीमा शनिबार परिचर्चा गरिएको छ ।
धुलोका कारण ग्रामीण जनजीवनमा असर
वातावरणीय असरको मूल्याङ्कनमा पूर्वसावधानी नअपनाउँदा दक्षिणी रसुवाको जीवजीवे गाउँ धुलोले प्रभावित बनेको छ । ग्रामीण सडक निर्माण सुधारका लागि सडक सुधार पूर्वाधार विकास योजना नुवाकोटले गरेको कामबाट जीवजीवेका स्थानीयबासी प्रभावित भएका हुन् ।
तस्बिरमा श्री पचली भैरवको खड्ग सिद्धी जात्रा
हरेक १२ वर्षमा निकालिने श्री पचली भैरवको बाह्र वर्षे जात्राको खड्ग सिद्धी नाच अहिले काठमाडौँको विभिन्न टोलमा नाच्नेकाम भइरहेको छ ।
कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काद्वारा सेनाको सबुज गण निरीक्षण
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शनिबार नेपाली सेनाको नयाँ सबुज गणको निरीक्षण गर्नुभएको छ ।
विद्युत रोयल्टीबापत सरकारले उठायो तीन अर्ब १५ करोड ५१ लाख
सरकारले विभिन्न जलविद्युत आयोजनाबाट तीन अर्ब १५ करोड ५१ लाख ८८ हजार बराबरको रोयल्टी सङ्कलन गरेको छ । सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट निश्चित रकम रोयल्टीबापत सङ्कलन गर्ने गर्छ ।
मुलुक कांंग्रेसकै नीतिअनुसार चलेको छ : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुक कांग्रेसकै नीतिअनुसार चलेको बताउनुभएको छ ।
आर्थिक अवस्थाले पत्रकारिता समस्यामा परेको होइन : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आर्थिक अवस्थाले मात्र पत्रकारिता समस्यामा नपरेको स्पष्ट पार्नुभयो । गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘पत्रकारिता समस्यामा पर्नुको मूल कारण सामाजिक सञ्जाल हो ।’’
काठमाडौँबाहिरका विमानस्थलमा अनिवार्य रात्रि बिसान गर्नुपर्ने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विमानस्थलले आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्रि बिसान काठमाडौँ बाहिरका विमानस्थलमा गराउने एक वर्षअघि निर्णय गरेको थियो ।
दशगजाको १७ किमी क्षेत्र खाली गरिएको छ : सशस्त्र प्रहरी बल
नेपाल र भारतीय सुरक्षा सङ्गठनको समन्वयमा दुवै देशको सिमाना दशगजा खाली गर्ने कार्य अघि बढिरहेको छ । सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलको समन्वयमा हालसम्म ३८ स्थानमा पाँच सय ५६ घरटहरा हटाई करिब १७ किमी दशगजा खाली गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले जानकारी दिनुभयो ।
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
सरकारले कोरोना भाइरसविरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ ।
सम्झनामा गायक वैद्य
‘सपना भुलाइ सारा’ गीतका गायक योगेश वैद्य अब सम्झनामा सीमित हुनुभएको छ । शिव अधिकारीको शब्द र नातिकाजीको सङ्गीत रहेको उक्त गीत उहाँको कालजयी वि.सं.२०४२ मा रेकर्ड भएको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी परिचालन
सशस्त्र प्रहरी बल, नेपालले आफ्नो २३ औँ स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी एक हप्ताअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि सो बेस स्थापना गरिएको जानकारी गराएको हो ।
अपराध अनुसन्धानमा प्रविधिको प्रयोग बढाउँदै प्रहरी
अपराध नियन्त्रण तथा अनुसन्धान तथा ट्राफिक व्यवस्थापन कार्यमा नेपाल प्रहरीद्वारा गरिने प्रविधिको प्रयोग बढ्दै गएको छ ।