• २९ वैशाख २०८२, सोमबार

प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

blog

काठमाडौँ, कात्तिक १६ गते । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध उजुरी आह्वान गरेको छ । सरकारले सुनुवाइका लागि गरेको पत्राचार अनुसार समितिले उजुरी आह्वानको प्रक्रिया अघि बढाएको हो । 

परराष्ट्र सचिवसमेत रहनुभएका उहाँलाई कात्तिक ३ गतेको मन्त्रीपरिषद्ले राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो । मन्त्रीसरहको मर्यादाक्रम रहने गरी उहाँलाई राजदूतमा सिफारिस गरिएको थियो । 

निर्णय अनुसार कात्तिक १६ गतेदेखि १० दिनसम्मको समयभित्र प्रस्तावित राजदूत पौड्यालविरुद्ध सरोकारवाला तथा सर्वसाधारणले पनि उजुरी दिन सक्ने छन् । प्रस्तावित पदमा के कति कारणले नियुक्त गर्न नमिल्ने हो उजुरी गर्न समितिले आह्वान गरेको हो । समितिको सुनुवाइबाट अनुमोदन भएमा नियुक्तिको प्रक्रिया अघि बढ्ने छ।