सभापति बनेर पार्टी फरक ढंगले चलाउछु : पूर्व महामन्त्री कोइराला
नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस पार्टी परिवर्तन आवश्यक भएको बताउनुभएको छ। रामेछाप जिल्लामा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पार्टी सञ्चालनको शैली समयानुकुल बनाउनुपर्ने धारणा राख्नुभएको हो।
टेलिकमका अधिकृतविरुद्ध एक करोड ६१ लाखको भ्रष्टाचार मुद्दा
नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मल प्रसाद सिटौलाविरुद्ध एक करोड ६१ लाख २० हजार चार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
हावाहुरीले सूर्यमुखी खेतीमा क्षति
मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा लगाइएको सूर्यमुखी खेतीमा हावाले क्षति पुर्याएको छ।
बागमतीमा हाम्रो नेपाली पार्टीले सरकार गठन गर्न पहल गर्ने
राममणि दाहालहेटौँडा, चैत ४ गते। बागमती प्रदेशमा सरकार गठनका लागि निर्णायक रहेको हाम्रो नेपाली पार्टीले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ। हाम्रो नेपाली पार्टीले प्रदेश सरकारका सम्बन्धमा कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलाग्ने निर्णय गरेको हो।पार्टीका प्रवक्ता इन्जिनियर डिल्लिश्वोर कार्की (रोहन) ले चैत्र ३ र ४ गते बसेको केन्द्रीय कमिटीको बैठकले बागमती प्रदेश सरकारका सम्बन्धमा कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलागी देश र जनताको पक्षमा रहने निर्णय गरेको जानकारी दिनुभयो।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलको केन्द्रमा बनेको गठबन्धन टुटेसँगै बागमती प्रदेशमा नेपाली कांग्रेसले नेकपा (माओवादी केन्द्र)का नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ।११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशका बहुमतको सरकार बनाउन ५६ प्रदेश सभा सदस्य आवश्यक हुन्छ। तर केन्द्रमा बनेको सत्ता समीकरण अनुसार यस प्रदेशमा बहुमत पु र्याउन एक जना प्रदेश सभा सदस्य अपुग हुन्छ। हाम्रो नेपाली पार्टीको बागमती प्रदेश सभामा दुई जना प्रदेश सभा सदस्य छन्। एमाले, माओवादी केन्द्रसहितको गठबन्धनलाई बहुमतका लागि राप्रपा, हाम्रो नेपाली पार्टी वा नेपाल मजदुर किसान पार्टीको समर्थन अनिवार्य हुन्छ।हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले विगतमा बनेका गठबन्धनले आफ्नो पार्टीलाई राम्रो व्यवहार नगरेको बताउँदै अब आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने बताउनुभएको हो। उता पार्टी प्रवक्ता कार्कीले ऐतिहासिक जिम्मेवारी पूरा गर्न हाम्रो नेपाली पार्टी तयार रहेको बताउँदै अहिले अन्य दललाई समर्थन नगर्ने पक्षमा पुगेको बताउनुभयो।
सरकार ढाल्ने चलखेलमा छ काँग्रेस : प्रमुख सचेतक बर्तौला
नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली काँग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने प्रयासमा लागेको आरोप लगाउनुभएको छ । आइतवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
शोक प्रस्ताव पारित
प्रविनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरिएको छ । सभामुख देवराज घिमिरेले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभएको हो ।
स्वदेशी उत्पादनको प्रवर्द्धनमा रमाउँदै दाहाल दम्पती
रैथाने उत्पादनमा धेरैले फाइदा देख्दैनन् । त्यसमाथि सातै प्रदेशका स्थानीय उत्पादनलाई एउटै बृहत् बजारको आकार दिनु र एकै ठाउँमा देशैभरका मौलिक स्वाद चखाउनु सजिलो पक्कै होइन । तर युवा दम्पती सुमन र राधिका दाहालको अथक प्रयासले स्वदेशी वस्तु र स्वादलाई स्थानीय क्षेत्रबाट उठाएर ‘ब्राण्डिङ’ गरिदिएको छ ।
प्रतिनिधि सभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)
सङ्घीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र आ।व। २०८१÷०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक० छलफल हुने कार्यसूची रहेको छ ।
सुन तस्करीसम्बन्धी आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लामिछानेद्वारा निर्देशन
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिनुभएको छ।
फैलिँदै डढेलो र आगलागी, सचेतनामा जोड
प्रिमनसुनको समयमा देशका विभिन्न क्षेत्रमा डढेलो र आगलागी फैलिँदो क्रममा छ । पछिल्ला दुई दिनको अन्तरालमा डढेलो र आगलागीले ठूलै जनधनको क्षतिसमेत पुर्याइसकेको छ । जनजीवन प्रभावित पार्न थालिसकेको छ ।
आर्थिक वृद्धि हुने क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्: अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठुलो आर्थिक वृद्धि हुने क्षेत्रहरूमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिनुभएको छ ।
डढेलो र आगलागी जोखिमप्रति सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह
उहाँले आगलागीका कारण मोरङ, भोजपुरलगायत जिल्लामा शनिबार धनजनको क्षति भएकामा आफू मर्माहत भएको बताउँदै घटनालगत्तै गए राति नै सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश प्रवाह गर्दै सचेतना अपनाउन आम नागरिकमा अनुरोध गर्नुभएको छ ।
प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने सत्यलाई आत्मसात् गरौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने वर्तमान सत्यलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ ।
संसद् बैठकमा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक माथि छलफल
सङ्घीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र आ.व. २०८१÷०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल हुने कार्यसूची रहेको छ ।
लाखौँको पानीको बिल
सदरमुकाम चरीकोटस्थित चरीकोट खानेपानी तथा सरसफाइ संस्था चरीकोटको लापरबाहीले लाखौँलाखको पानीको बिल आउँदा उपभोक्ताको उठिबासको अवस्था आएको छ । भीमेश्वर नगरपालिका–६
सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ समीकरण बनाएका हौँ : प्रधानमन्त्री
काठमाडौँ, चैत ४ गते । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको स्पष्ट गर्नु भएको छ ।आज बिहान पोखरामा पार्टीका अगुवा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ‘ट्रान्सफर’ हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौँ ।”प्रधानमन्त्री दाहालले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौँ। पूर्वदेखि पश्चिमसम्मको तराई–मधेशलाई समेटेर एउटा अभियान चल्नेछ। हिमाल, पहाड र तराई–मधेशलाई जोडेर उत्तर–दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ ।”गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको उहाँले बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले भन्नुभयो, “गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुङ्ग्याएपछि एउटा निष्कर्षमा पुग्नेछौँ ।”केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ । त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो । त्यो चुनौती पार गरिएको छ । देशको राजनीति सही बाटोमा आएको छ ।” रासस
सुरु भयो होली, बसन्तपुरमा चिरोत्थान (फोटो फिचर)
काठमाडौं, चैत ४ गते । रङ्गहरूको पर्व होली आजदेखि सुरु भएको छ । आज (आइतबार) काठमाडौँको वसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ हो । आज (आइतबार) बिहान ७ः४७ बजेको शुभ साइतमा चीर ठड्याइएको थियो ।फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुने परम्परा छ । रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्डाइएका करिब ३० फीट अग्लो चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरूले ठड्याइएको हो । चीर उठाएको हेर्न वसन्तपुरमा विदेशी पर्यटकहरू समेत जम्मा भएको थियो । नेवारी परम्परा अनुसार यसलाई चिर स्वायगू भनिन्छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्याई दहन गरेपछि होली पर्व समाप्त हुन्छ ।
दुर्घटनामा एकको मृत्यु चार घाइते
नारायणगढ मुग्लिङ सडकमा आइतबार राती भएको दुर्घटनाका एकको मृत्यु चार जना घाइते भएका छन् ।
खोलामाथि बसेको बस्ती : नगरपालिकामा बन्द, महानगरमा खुला
समान हैसियतका सरकार र सङ्घीय सरकारका निकायबिच समन्वय नहुँदा विकास निर्माणमा कस्तो असर पर्छ भन्ने उदाहरण काठमाडौँ जिल्लाको यज्ञमती र चखुँचाखोलाको लथालिङ्ग चालाले देखाएको छ । सङ्घीय राजधानीको काठमाडौँ जिल्लाभित्रका दुई स्थानीय तहबिच जुँघाको लडाइँ हुँदा यज्ञमती र चखुँचाखोला एकातिर खोलिँदै छन् भने अर्कातिर पुरिँदै छन् ।
उपत्यकामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौँको गोकर्णेश्र नगरपालिका–५ नयाँबस्ती क्लब नजिक सडकमा शनिबार भएको दुर्घटनामा एकको मृत्यु भएको छ।
करोडौँ खर्चिएर पढेका पाइलट बेरोजगार
पछिल्लो समय पाइलट पढ्नका लागि विदेश जाने प्रचलन बढ्दै जान थालेको छ । नेपालमा पढाइ नहुने भएपछि युवाहरू पाइलट पढ्नका लागि अमेरिका, फिलिपिन्स, दक्षिण अफ्रिका, थाइल्यान्ड, अर्जेन्टिना र न्यूजिल्याण्डसम्म पुग्ने गरेका छन् ।
खेल प्रशिक्षक नै मानव तस्करीमा सक्रिय : मन्त्री विराजभक्त श्रेष्ठ
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुदमा कार्यरत प्रशिक्षक नै खेलाडीसँग मोटो रकम लिएर खेलाडीलाई विदेश पलायन गराउन सक्रिय रहेको बताउनुभएको छ ।
हेटौँडा कार्यालयबाट ७६ प्रतिशत राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय, हेटौँडाले चालु आर्थिक वर्ष २०८०÷०८१ सकिन चार महिना बाँकी हुँदा कार्यालय पाएको लक्ष्यको झण्डै ७६ प्रतिशत राजस्व सङ्कलन गरेको छ।
चेरी फूलले बढाएको उपत्यकाको सौन्दर्य (फोटो फिचर)
अहिले भृकुटीमण्डपको पार्कदेखि काठमाडौँ उपत्यका विभिन्न सडक छेउ थरीथरीका फूलले सुन्दर देखिएका छन् । वसन्त ऋतुको आगमनसँगै उपत्यकाका सडक किनारा र पार्क छेउछाउका बोटबिरुवामा नयाँ पालुवासँगै फूल फुल्न थालेपछि थप सुन्दरता बढेको छ ।