सन्त निरंकारी मण्डलको सत्सङ्ग कार्यक्रम सम्पन्न
‘धर्मले जोड्छ, तोड्दैन । धर्म होइन भावना परिवर्तन गरौँ ।।’ नाराका साथ सन्त निरंकारी मण्डल नेपालद्वारा आयोजित बृहत् सत्सङ्ग कार्यक्रम सम्पन्न भएको छ ।
पहेँलपुर बगैँचा, किसान दङ्ग
सिन्धुलीको कमलामाई नगरपालिका–३, भोटेछापका किसान जुद्धबहादुर राई यो वर्ष जुनार उत्पादन गत वर्षभन्दा बढ्ने भएपछि खुसीले फुरुङ्ङ हुनुहुन्छ । उहाँको १६ रोपनीको बगैँचा जुनार पाकेर यतिखेर पहेँलपुर छ । प्रकोपका रूपमा देखिएको औँसाकीरा (ब्याक्टोसेरा मिनाक्स) यो वर्ष नियन्त्रण भएकाले जुनार उत्पादन बढेको उहाँले बताउनुभयो । बगैँचामा जुनार स्याहार गर्दै भेटिनुभएका किसान राईले भन्नुभयो, “यतिखेर मेरो बगैँचामा चार सय बोट जुनार पाकेर पहेँलपुर भएको छ । गत वर्ष १४ मेट्रिक टन उत्पादन हुँदा करिब सात लाख रुपियाँ आम्दानी लिएको थिएँ । यो वर्ष २० मेट्रिक टनजति उत्पादन भएकाले आम्दानी पनि १० लाख रुपियाँ हुने अनुमान गरेको छु ।”
लोप हुँदै गुन्द्री र चकटी
दोलखामा गुन्द्री तथा चकटी जस्ता घरायसी प्रयोगका समानको उत्पादन हुन छाडेपछि लोप हुन थालेका छन् ।
सुनकोसी रतनपुरमा गुम्बा निर्माण
सुनकोशी गाउँपालिका –५ सुनखानी रतनकोटमा छयुखोर लिङ मणी गोन्पा गुम्बा निर्माण भएको छ ।
नारायणगढ सडक सीमाभित्रका संरचनामा डोजर चलाइँदै (फोटो फिचर)
सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढमा सडक सीमाभित्र रहेका घरटहरामा डोजर चलाएको छ ।
नारायणगढ सडक विस्तारविरुद्ध चितवन उद्योग सङ्घले कानुनी उपचार खोज्ने
कानुन विपरीत नारायणगढका घर भत्काइएको भन्दै उद्योग वाणिज्य सङ्घ चितवनले कानुनी उपचार खोज्ने भएको छ।
पुस १४ मा बागमती प्रदेश सभा सदस्यको शपथ
बागमती प्रदेशको प्रदेश सभाका सदस्यहरूको शपथ बिहीबार पुस १४ गते हुनेभएको छ । प्रदेश सभा सचिवालयमा बसेको सर्वदलीय बैठकले प्रदेश सभाका सदस्यहरूको शपथ ग्रहण कार्यक्रम राख्ने निर्णय गरेको हो ।
अनधिकृत बस्ती हटाउन महानगरलाई नेवार समुदायको समर्थन
काठमाडौंका नेवार समुदायले अनधिकृत बस्ती हटाउने काठमाडौं महानगरपालिकाको प्रयासलाई समर्थन गरेको छ । सुकुम्वासी बासिन्दालाई उनीहरूको थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था हुनुपर्ने मागसमेत नेवार समुदायको छ ।
स्वास्थ्य पूर्वाधारमा ध्यान दिन आवश्यक : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीमा सुधार गरिरहेको बताउनुभएको छ ।
प्रभातफेरी कार्यक्रम सम्पन्न
एनसीसी अल्मुनाई एसोसिएसन नेपाल (एनसीसीएए) को पाँचौँ वार्षिकोत्सवको अवसरमा शनिबार राष्ट्रिय सेवा दलद्वारा काठमाडौंमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
जन्मनासाथ जन्मदर्ता गर्ने बढे
भरतपुर महानगरपालिकाले निःशुल्क बालिका बीमा कार्यक्रम (बाल उमङ्ग जीवन बीमा) सुरु गरेपछि यहाँ समयमा जन्मदर्ता गर्ने क्रम बढेको छ। महानगरपालिका प्रमुख रेनु दाहालले बीमा कार्यक्रम लागू भएयता ३५ दिन नकटाई जन्मदर्ता गर्ने क्रम बढेको जानकारी दिनुभयो। उहाँले लिङ्ग पहिचान गरी हुने गरेको भ्रूण हत्याजस्ता जघन्य अपराधमा समेत कमी गर्न सकिन्छ भन्ने ध्येयले उक्त कार्यक्रम राखिएको बताउनुभयो।
गोठ सुधार गरेर कोरियाका बाच्छीको पर्खाइमा किसान
सिन्धुलीको कमलामाई नगरपालिका–५, दमारका किसान शर्मिला सार्कीले उन्नत जातको होलिस्टिन गाई पाल्न आफ्नो गोठ सुधार गरी चिटिक्क पार्नुभएको छ । गत वर्ष कमलामाई नगरपालिका र हेफर इन्टरनेसनलबीच ‘मिल्की परियोजना’ सञ्चालन गर्न भएको सम्झौताअन्तर्गत उहाँले निःशुल्क रूपमा होलिस्टिन जातको एउटा कोरली बाच्छी आइतबार प्राप्त गर्नुहुनेछ । उन्नत जातको गाई पाउने भएपछि उहाँले पाल्दै आउनुभएको भैँसी बेचेर गोठ खाली गरिसक्नुभएको छ ।
तमू ल्होसारकाे तयारी पूरा
तमू ल्होसार “तो ल्हो” (बाघ वर्ग) को बिदाइ तथा “हि ल्हो” (बिरालो वर्ग) को स्वागत गरेर मनाउने तमू ल्होसारको तयारी पूरा भएको छ ।
बागमती प्रदेशसभा : पुस १७ गते प्रदेशसभाको बैठक बोलाउन आह्वान
बागमती प्रदेश प्रदेशसभा सचिवालयद्वारा आज (शुक्रबार) आयोजना गरिएको सर्वदलीय बैठकले यही पुस १७ गते प्रदेशसभाको हिउँदे अधिवेशन बैठक आह्वान गर्न बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयलाई आग्रह गर्ने सर्वसम्मतिले निर्णय गरेको छ ।
मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट आजै पेश गर्नुभएको राजीनामा नेपालको संविधानबमोजिम स्वीकृत गर्नुभएको छ ।
मापदण्डविपरीत निर्माण भएका संरचना भत्काइँदै
भरतपुर महानगरपालिकाले नारायणगढबजार क्षेत्रमा सडक मापदण्ड विपरीत निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको छ । शुक्रबार बिहानदेखि पूर्व–पश्चिम राजमार्गको नारायणगढबजार क्षेत्रमा निर्माण भएका भवन भत्काउन सुरु गरिएको हो ।
महिला आयोगको कामप्रति मन्त्री रेग्मीको असन्तुष्टि
काठमाडौं, पुस ८ गते। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रिय महिला आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।महिला आयोग आफैं आन्तरिक द्वन्द्वमा फसेर काम गर्न नसक्नु गलत भएको उहाँको टिप्पणी छ। शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। मन्त्री रेग्मीले महिला हिंसा बढ्दै जानु तर आयोगले काम गर्न नसक्नु दुःखद विषय भएको गुनासो गर्नुभएको हो। उहाँले मन्त्रालयमा बजेट नै नभएकाले हिंसापीडित महिलालाई आर्थिक सहायता दिन नसकेको स्पष्ट पार्नुभयो। मन्त्री रेग्मीले आगामी आर्थिक वर्षको बजेटमा भने महिला हिंसाका लागि आवश्यक बजेटको व्यवस्था हुनेगरी आफूले योजना तय गरेको दाबी गर्नुभयो। ‘‘महिला आयोग आफैँ आन्तरिक द्वन्द्वमा फसेर कति काम गर्नुस् भनेर हामीले छलफल गर्दा पनि त्यहाँबाट काम हुन सकेको छैन। यो विडम्बनाको कुरा हो’’, उहाँले भन्नुभयो, ‘‘आगामी बजेटमा थोरै बास्केट फण्ड हुन्छ। त्यो पीडित महिलालाई दिन सकियोस्। अन्यथा एउटा एकदमै अप्ठ्यारो परेको महिला आउनुभयो भने पकेटबाट दुई पैसा दिनुबाहेक मन्त्रालयसँग एक पैसा पनि छैन। पैसा नै नभएपछि कसरी पीडितलाई राहत दिने ?’’मन्त्री रेग्मीले आफूले महिला मन्त्रालयको बजेट दोब्बर वृद्धि गर्ने काम गरेको पनि बताउनुभयो। ८० करोडभन्दा बढी बजेट नभएको मन्त्रालयका लागि चालू आर्थिक वर्षमा १ अर्ब ७८ करोड पुर्याइएको उहाँले बताउनुभयो। मन्त्री रेग्मीले ८० प्रतिशत जनसङ्ख्यालाई प्रतिनिधित्व गर्ने आफ्नो मन्त्रालयका लागि अझै पनि बजेटको अभाव रहेको र सोही कारण पीडितको मागलाई सम्बोधन गर्न नसकिएको प्रष्ट पार्नुभयो। मन्त्री रेग्मीले आफूले मन्त्री भएर आएपछि नै महिला मन्त्रालयमा ‘महिला पहिला’ अभियान, महिला सुरक्षा कार्यक्रमजस्ता नयाँ काम सुरु भएको जानकारी गराउनुभएको छ।
सङ्घ तथा प्रदेश पूर्वाधार विकासका योजनाको अनुगमन गरिने : उपप्रमुख डङ्गोल
काठमाडौं महानगरपालिकाले सङ्घ तथा प्रदेश पूर्वाधार विकास कार्यक्रमका २७ वटा योजनाको स्थलगत अनुगमन गर्ने भएको छ ।
हेटौँडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन थालियो
करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरिएको छ ।
पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्याङ्करको १० प्रतिशत भाडा समायाेजन
पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्याङ्करको भाडा बढेको छ । नेपाल आयल निगमले पुस १ गतेबाट ८ देखि १० प्रतिशत भाडा समायोजन भएकाे हो ।
आज पुसे औँसीः रसुवाको वेत्रावतीमा भक्तालुको भीड
पुसे औँसीको अवसरमा रसुवाको वेत्रावतीमा भक्तालुको भीड लागेको छ ।
मुख्यमन्त्रीले राजीनामा दिने
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिनुहुने भएको छ। धादिङ जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एकीकृत समाजवादी)बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि मुख्यमन्त्री पाण्डेले पदबाट राजीनामा दिन लाग्नुभएको हो।
विश्वविद्यालय स्थापना गर्न जग्गा टुङ्गो लगाइँदै
विश्वविद्यालय स्थापनाको तयारी थालेको बागमती प्रदेश सरकारले विश्वविद्यालय स्थापनाका लागि एक साताभित्र स्थानको टुङ्गो लगाउने भएको छ। गत असोज ६ गते प्रदेश सरकारले विज्ञान प्रविधि विश्वविद्यालय स्थापना गर्ने गरेको थियो। विश्वविद्यालयका लागि जग्गा खोजी र छनोट गर्न प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठनसमेत गरेको थियो।
पिपिरीको पिरीपिरी धुन
दोलखाको भीमेश्वर नगरपालिका–२ राम्पाका लालकृष्ण थामी जताततै पाइने पिपिरीको पातबाट विभिन्न किसिमका साङ्गीतिक धुन निकाल्नु हुन्छ ।