भारतको सहयोगमा खोटाङमा विद्यालय भवन निर्माण
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा रु. तीन करोड ६१ लाखको लागतमा खोटाङको रावाबेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ ।
शिक्षक राजनीतिमा लाग्दा शिक्षा गुणस्तर डामाडोल
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले शिक्षकलाई सक्रिय राजनीतिमा लगाउँदा गुणस्तरीय शिक्षामा बाधा हुने बताउनुभएको छ ।
कानुन विपरीत कार्य गर्ने संस्थाका विषयमा सूचना दिन गृहको अनुरोध
गृह मन्त्रालयले सामाजिक निर्देशन ऐन र संस्था दर्ता ऐनअनुसार स्थापना भएका कतिपय सङ्घ संस्थाले कानुन र संस्थाको उद्देश्य विपरीत कार्य गरेको गुनासा आएको भन्दै त्यस्ता गतिविधि गर्ने संस्थाका विषयमा जानकारी तथा सूचना उपलब्ध गराउन माग गरेको छ ।
लैङ्गिक हिंसासम्बन्धी दीर्घकालीन रणनीति निर्माण गर्न निर्देशन
महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकले संयुक्त राष्ट्र सङ्घीय महिलाविरुद्ध हुने भेद्भाव उन्मूलन समिति (युएन सिड कमिटी) को मुद्दाहरुको सूची तथा उक्त दस्तावेजमा उठाएको लैङ्गिक हिंसा र मानव बेचबिखनसम्बन्धी छाता कानुन र दीर्घकालीन रणनीति निर्माण सम्बन्धमा आवश्यक पहल गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।
तेक्वान्दो निर्णायक ढकाल स्पेन प्रस्थान
तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाल स्पेन ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न स्पेनको एलिकान्टे प्रस्थान गर्नुभएको छ ।
सम्बन्ध कला प्रदर्शनी (फोटो फिचर)
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठामा ‘सम्बन्ध’ कला प्रदर्शनी २०८० सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा जरा फाउन्डेसन नेपालको सहकार्यमा प्रदर्शनी बिहीबारबाट सुरु भएको छ ।
हेटौँडामा चौथो मेयर कप
हेटौँडा उपमहानगरपालिकाको आयोजनामा हेटौँडामा शनिबारबाट सुरु हुने चौँथौ हेटौँडा उपमहानगर स्तरीय मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेल उपमहानगरपालिका वडा नं. ३ र ११ बिच हुने भएको छ ।
अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा नौ खेल
बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि हुने भएको छ ।
आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब विप्रेषण
चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको छ ।
ठमेलमा अब गति सीमित, ‘नो हर्न’
सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा तीव्र गतिमा सवारीसाधन हाँक्न नपाइने भएको छ । ठमेल पर्यटन विकास परिषद् र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलले काठमाडौँको प्रमुख पर्यटकीयस्थल ठमेलभित्र तीव्र गतिमा सवारीसाधन हाँक्न र हर्न बजाउन नपाइने निर्णय गरेको हो ।
संसद्सामु गरिएका प्रतिबद्धता कार्यान्वयनमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ससद्सामु गरिएका प्रतिबद्धता योजनाबद्ध रूपमा कार्यान्वयन भइरहेको बताउनुभएको छ ।
आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव सुरु
नयाँ वर्ष २०८१ को अवसर परेर भक्तपुरमा आयोजना गरिएको ‘आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव-२०८१’ आजदेखि सुरु भएको छ ।
सङ्घीय संसद्का महासचिव र सचिवहरूलाई पेन्सन प्रस्ताव
सङ्घीय संसद्का महासचिव र सचिवहरूलाई पेन्सन दिन प्रस्ताव गरिएको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सङ्घीय संसद् सचिवालयसम्बन्धी ऐन, २०६४ मा पनि संशोधन दर्ता गरिएको छ ।
'गङ्गाजमुना तीनसुरे पदमार्ग' अघि बढाइने
पर्यटनको सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिकामा रहेको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’ अगाडि बढाइने भएको छ ।
दुप्चेश्वरमा लालीगुराँसको जुस उत्पादन
नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले लालीगुराँसबाट जुस उत्पादन सुरु गरेको छ । किसानका खेतबारी तथा जङ्गलमा खेर गएका लालीगुराँस सङ्कलन गरेर परीक्षणका रूपमा सुरु गरेको जुस उत्पादन सफल भएको हो ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार दिउँसो बैठक सुरु भएको हो ।
जसपाद्वारा समानुपातिक सांसदमा हसिना खानको नाम सिफारिस
जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ ।
उपनिर्वाचन : अन्तिम मतदाता नामावली प्रकाशन
निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ ।
उद्यमी बन्दै वनकरियाका महिला
मकवानपुरको मजहरी गाउँपालिकामा बसोबास गर्दै आइरहेका अतिलोपोन्मुख वनकरिया बस्तीका महिलाले खोलाको किनार र वनमा खेर गइरहेको तीतेपाती र निमबाट साबुन उत्पादन गरी गुजारा चलाइरहेका छन् ।
बाह्रै महिना मेलम्ची ल्याउन चार अर्ब बढी खर्च लाग्ने
काठमाडौँ, चैत २२ गते । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले बाह्रै महिना मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याउन रु चार अर्ब ५० करोड खर्च लाग्ने बताउनुभएको छ ।आज सिंहदरबारमा आयाजित मेलम्ची खानेपानी आयोजनाको दिगो व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा कार्यकारी निर्देशक अन्सारीले उक्त आयोजना सुधार गर्न रु. चार अर्ब ५० करोड लागत लाग्ने बताउनुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनालाई सुधार गरेर बाह्रै महिना उपत्यकाका धारामा पानी ल्याउने गरी तयारी भइरहेको जानकारी दिनुभयो । आयोजनाको दिगो व्यवस्थापन तथा सुधार गरेर पानी वितरण गर्नेगरी तयारी भइरहेको उहाँको भनाइ छ । “मेलम्ची खानेपानी आयोजनालाई दीर्घकालीनरुपमा समाधान गर्नका लागि स्थायी संरचना बनाउन रु. चार अर्ब ५० करोड लाग्नेछ, विस्तृत डिजाइन तयार हुँदासम्म लागत घढबढ हुन सक्छ”, कार्यकारी निर्देशक अन्सारीले भन्नुभयो, “अहिले आयोजनामा थुप्रिएको गेग्रान ७० प्रतिशत हटाउनुपर्ने अवस्था छ । आयोजनास्थल नजिक अझै पनि ठूलो बाढीपहिरोको जोखिम रहेकाले कुनबेला आयोजनालाई क्षति पुग्ने हो भन्ने आशङ्का छ ।” आयोजनालाई दीर्घकालीन सुधार गर्नका लागि एक किलोमिटर माथि आयोजनाको हेडबक्स सार्नु उपयुक्त देखिएको उहाँको भनाइ छ ।गत साउन २८ र २९ गते आएको बाढीले पहिलाको अस्थायी संरचनामा क्षति पुर्याउँदा मेलम्ची आयोजनाको पानी बन्द गरिएको थियो । वर्षायामको सुरुआतसँगै बाढीबाट आयोजनाको ‘हेडबक्स’ जोगाउन मुस्किल भएपछि आयोजना नै बन्द गर्नुपरेको अन्सरीले बताउनुभयो । आयोजना नियमित सञ्चालनका लागि हेर्डबक्स नै अन्यत्र सार्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । ‘आयोजना लागतको पूर्वअध्ययन र स्रोतको व्यवस्थापन गरौँ’सार्वजनिक लेखासमिति सभापति ऋषि पोखरेलले मेलम्ची खानेपानी आयोजनाको गतिविधिलाई प्रभावकारी बनाउन लागतको पूर्वअध्ययन र स्रोतको व्यवस्थापन गरेर मात्रै सुधारका योजना अगाडि बढाउन सुझाव दिनुभएको छ । उहाँले आयोजनाको लागतको विषयमा राम्रोसँग पूर्वअध्ययन गरी स्रोत व्यवस्थापनका विषयमा विचार पुर्याउन आवश्यक रहेको बताउनुभयो । मेलम्ची खानेपानी आयोजना बाह्रै महिना सञ्चालन गरेर उपभोक्ताको धाराधारामा पानी ल्याउने गरी खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना सुधारको कार्य अगाडि बढाउन अन्तक्र्रिया कार्यक्रम सुरु गरेको छ । आयोजना नै अन्यत्र सार्नुपर्ने अध्ययन प्रतिवेदन देखाएको छ । मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याउनका लागि रु. चार अर्ब ५० करोड लागत लाग्ने समितिले जनाएको छ । आयोजना सुधारका लागि लाग्ने लागतसम्बन्धी गम्भीर अध्ययन गरी खर्च व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा विचार गर्नुपर्नेमा पोखरेलले जोड दिनुभयो । “लामो अध्ययन र ठूलो लागतमा भएको डिजाइनबाट मेलम्ची खानेपानी आयोजना सुरु भएको थियो । वातावरण, भौगर्भिक, व्यावहारिक अध्ययन गरेका थियौँ तर किन समस्या आयो ?”, उहाँले भन्नुभयो, “यसको पनि अध्ययन गरी दीर्घकालीन समाधान खोज्नेतर्फ लाग्नुपर्दछ । विज्ञहरुले अध्ययनको जवाफदेहिता लिनुपर्दछ ।”तोकिएको लागतमा र समयमा आयोजना सम्पन्न नुहने समस्या निराकरणमा लाग्नुपर्नेमा लेखासमिति सभापति पोखरेलले जोड दिनुभयो । “पाँच वर्षमा आयोजना सम्पन्न गर्ने भनिए पनि सम्पन्न नहुनुका कारण र लागत बढ्दै जानुका कारण पनि खोज्नु पर्ने अवस्था आएको छ”, उहाँले भन्नुभयो ।‘जनताको माग सम्बोधन नभए मेलम्ची आउँदैन’सिन्धुपाल्चोकस्थित हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले हेलम्बुवासीको माग सम्बोधन नभए अर्को वर्षदेखि उपत्यकाले मेलम्चीको पानी नपाउने बताउनुभएको छ । आज सिंहदरबारमा आयोजित मेलम्ची खानेपानी आयोजनामा दिगो व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उहाँले माग सम्बोधन नभएमा मेलम्चीको पानी ल्याउन नदिने बताउनुभयो । मेलम्ची आयोजना प्रभावित तथा बाढीपीडितले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्ने, मेलम्ची बाढीअघि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिइ मेलम्ची करिडोरमा बनाइएका घर, व्यवसायको ऋण मिनाहा गर्नुपर्ने, बाढीबाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति रु. १० लाख क्षतिपूर्ति दिनुपर्ने, स्थानीय सरकारमार्फत खानेपानीको लेवी उपलब्ध गराइनुपर्ने, नयाँ घर निर्माणका लागि रु. २० लाख अनुदान दिनुपर्नेलगायत विभिन्न १७ बुँदे माग राख्दै आइरहेका छन् । ती माग पूरा गर्न सङ्घीय सरकारले चासो नदेखाएको भन्दै माग पूरा नभए अर्को वर्ष मेलम्ची बन्द हुने अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोको भनाइ छ । “हामीले पटकपटक आग्रह गर्दा पनि स्थानीयको माग नै पूरा हुन सकेन”, उहाँले भन्नुभयो, “अब पनि माग पूरा नहुने हो भने ढुक्क हुनुस् अर्को वर्ष मेलम्चीको पानी आउँदैन, पानी पिउन मन लागे गाग्री लिएर आउनुस् ।”खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनालाई दिगो व्यवस्थापन गर्दै बाह्रै महिना पानी ल्याउनका लागि आयोजनाको हेडबक्स सार्ने तयारी गरिरहे पनि उक्त स्थान पनि असुरक्षित रहेको उहाँको भनाइ छ । रासस
खुर्सानीखेतीमा सङ्क्रमणको समस्या
यहाँका किसानले लगाएको खुर्सानीखेतीमा थ्रिप्स पार्भिस्पिनस्को सङ्क्रमण देखिएको छ । यहाँ लगाइएको भेँडे खुर्सानीमा यो कीराको सङ्क्रमण देखिएको हो ।
लगानी बोर्डद्वारा पाँच वटा परियोजनाका लागि एक खर्बको लगानी स्वीकृत
लगानी बोर्डले विभिन्न पाँच वटा परियोजनाका लागि एक खर्ब बराबरको लगानी स्वीकृत गरेको छ । बिहीबार बसेको लगानी बोर्डको ५७ औँ बैठकले विभिन्न पाँचवटा परियोजनाका लागि एक खर्ब बराबरको लगानी स्वीकृत रहेको हो ।
उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । तीमध्ये तीन सय ७४ मोटरसाइकल फेला परेका छन् ।
विदेशमा बसेका नेपालीका गुनासा र समस्या सम्बोधन गर्न नयाँ व्यवस्था
कन्सुलर सेवा विभागले बिहीबरबाट विदेशमा बसेका नेपालीहरुका गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत दर्ता गराउन सक्नेगरी नयाँ मोड्युल (अनलाइन प्रणाली) को शुभारम्भ गरेको छ ।