जसपानिकट महिला विभागले अन्तर्राष्ट्रिय महिला सङ्गठनसँग सम्बन्ध विस्तार गर्ने
जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला विभागले अन्तर्राष्ट्रिय महिला सङ्घ, सङ्गठनसँग सम्बन्ध विस्तार गर्ने भएको छ ।
अभिलेखमा क्षति पुर्याए तीन वर्ष कैद र एक लाखसम्म जरिवाना
अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमा अभिलेखहरुको क्षति पुर्याए तीन वर्ष कैद र एक लाख रुपियाँसम्मको जरिवानाको प्रस्ताव गरिएको छ ।
देख्न पाउँदा हर्षित छन् वृद्धवृद्धा
स्थानीय सरकारले आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायलाई लक्षित गरी मोतिबिन्दुको शल्यक्रिया गराइदिएपछि आँखा देख्न पाउँदा निकै खुसी छन् स्थानीय ८३ वर्षीय दत्ते थामी । थामीले धेरै वर्षदेखि बन्द रहेका आँखा खुलेर रङ्गीन संसार देख्न पाउँदा निकै खुसी भएको बताउनुभयो ।
निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारीस
भरतपुर महानगरपालिकाले छ ठेक्का समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको छ ।
अभिलेख संरक्षण विधेयकमाथि दफाबार छलफल सुरु
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफाबार छलफल सुरु भएको छ । समितिको आज सिंहदरबारमा भएको बैठकमा उक्त विधेयकसम्बन्धी मस्यौदाको प्रस्तावनादेखि मूल ऐनका दफाहरुमा सांसदहरुले छलफल सुरु गर्नुभएको हो ।
ग्वार्को फ्लाइओभर निर्माणमा भएको ढिलासुस्तीप्रति स्थानीयको गुनासो
ग्वार्को फ्लाइओभर निर्माणमा भइरहेको ढिलासुस्तीलाई लिएर स्थानीयहरुले निर्माण कम्पनीको ध्यानाकर्षण गराएका छन् ।
निजामती ऐनमा दलित महिलाका लागि आरक्षणको माग
संसदमा विचाराधीन निजामती सेवा विधेयक समावेशी सिद्धान्त बमोजिम हुनुपर्नेमा सिमान्तकृत समुदायले माग गरेका छन् । दलित महिला सङ्घ(फोडो)ले आज आयोजना गरेको ‘प्रस्तावित सङ्घीय निजामती सेवा ऐन तथा एकीकृत निर्वाचन मस्यौदा विधेयकका विषयमा परामर्श’ छलफलमा दलित समुदायले समावेशीको मुद्दा उठाएका हुन् ।
नदी प्रदूषण निकुञ्जको पारिस्थितिकीय प्रणालीकै लागि जोखिम
चितवन राष्ट्रिय निकुञ्जको पानीको मुख्य स्रोतका रुपमा रहेको पूर्वी राप्ती नदीमा देखिएको प्रदूषणले निकुञ्जको पारिस्थितिकीय प्रणालीको स्वच्छतामा जोखिम उत्पन्न गराएको छ । बढ्दो सहरीकरण एवम् औद्योगिकीकरणबाट निस्कने फोहर नदीमा मिसाउँदा जलीय पर्यावरणमा असर परेको हो ।
जो आमा हुन चाहन्छन्...
“आहै कति प्यारो नानी” भित्ताभरि टाँसिएका बच्चाका तस्बिरले रीमा घलेको मन थामिँदैन । चिकित्सकको पालो कुर्दै बसेकी उहाँ जुरुक्क उठेर तस्बिर भएतिर पुग्नुहुन्छ । औँलाले आकृति सुम्सुमाउनुहुन्छ ।
ट्याक्टर दुर्घटनामा एककाे मृत्यु
दोलखाको कालिन्चोक गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
विद्यार्थीलाई आवश्यक सामान किन्न बाध्य बनाइए कारबाही हुने
काठमाडौँ महानगरपालिकाले आफ्नो मतहतका विद्यालयलाई शैक्षिक वर्ष २०८१ का लागि पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यार्थीलाई विद्यालयबाटै किन्न बाध्य बनाए कारबाही गर्ने चेतावनी दिएको छ ।
तीन सय २४ धावक सहभागी मञ्जुश्री ट्रेल रेस सुरु
एक सय माइलको मञ्जुश्री ट्रेल रेस आजदेखि सुरु भएको छ । आज बिहान ठीक ८ बजे यहाँस्थित इचङ्गुनारायण ‘सिङ्गल ट्री’देखि दौड सुरु भएको हो । मञ्जुश्री ट्रेल रेसको आयोजना र ट्रेलमाण्डूको सहकार्यमा सञ्चालित यस दौडमा विभिन्न देशका धावकहरुले भाग लिएका छन् ।
ऊर्जासम्बन्धी आयोजना बढ्दै, विद्युत् निरीक्षक नियुक्तिमा पुगेन ध्यान
मुलुकले ऊर्जा क्षेत्रमा गुणात्मक फड्को मारेको छ । सरकारी, अर्धसरकारी र निजी क्षेत्रले उल्लेख्य रुपमा यस क्षेत्रमा लगानी गरेका छन् ।
विद्यालय आफैँले पाठ्यपुस्तक, पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने
काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरु (सामुदायिक र संस्थागत) ले शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै विक्री गर्न र किन्न बाध्य बनाउन नपाउने भएका छन् ।
नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागु गर्नुपर्छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागु गर्नुपर्ने बताउनुभएको छ । मध्यपश्चिम विश्वविद्यालयको १४ औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रम पुनः संरचना, भौतिक एवं मानव संशोधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताउनुभएको हो ।
तोकिएको समयमा सकिएन ग्वार्को ‘फ्लाइओभर’
ललितपुरमा बन्दै गरेको ग्वार्को फ्लाईओभरको काम तोकिएको समयमा सम्पन्न भएको छैन । २०७९ सालको पुस महिनाबाट सुरु भएको ग्वार्को फ्लाईओभरको काम गत फागुन मसान्तमा सक्नुपर्ने थियो । तर, तोकिएको समयमा सम्पन्न भएको छैन ।
नेपाल ए र आयरल्यान्ड ए बिच प्रतिस्पर्धा हुँदै
नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ए र नेपाल ए ले आज प्रतिस्पर्धा गर्दैछन् । दोस्रो एक दिवसीयमा नेपाल ए र आयरल्यान्ड ए ले बिहान साढे ९ बजेबाट कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
त्रिशूलीमा पुल निर्माण अन्तिम चरणमा
नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमा पक्की पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जिल्लाकै पहिलो जलविद्युत् परियोजना त्रिशूली जलविद्युत् केन्द्र निर्माणका क्रममा छ दशकअघि २
संविधान नै राजनीतिक दलको साझा सिद्धान्त हो : एकनाथ ढकाल
सङ्घीय संसद् होस् वा प्रदेशसभा कुनै एक राजनीतिक पार्टीको बहुमत नभएको अवस्थाले दलहरु एकापसमा मिलेर अघि बढ्नुपर्छ भन्ने सन्देश दिएको छ । प्रमुख राजनीतिक शक्तिबीच सहमति कायम हुनुपर्छ ।
पाँच तलाबाट झरेर छात्राको मृत्यु
दोलखा सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको साढे पाँच तलाबाट हाम फालेकी छात्राको मृत्यु भएको छ। बिहीबार बेलुका भवनको साढे पाँच तलाबाट बिहीबार साँझ हाम फालेर गम्भीर घाइते बनेकी करुणा अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो।
‘पर्यटकीय ताल’ निर्माण तीव्र गतिमा
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित हिले जलजले सामुदायिक वन क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले ‘पर्यटकीय ताल’ निर्माणको कामलाई तीव्रता दिइएको छ ।
भारतको सहयोगमा खोटाङमा विद्यालय भवन निर्माण
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा रु. तीन करोड ६१ लाखको लागतमा खोटाङको रावाबेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ ।
शिक्षक राजनीतिमा लाग्दा शिक्षा गुणस्तर डामाडोल
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले शिक्षकलाई सक्रिय राजनीतिमा लगाउँदा गुणस्तरीय शिक्षामा बाधा हुने बताउनुभएको छ ।
कानुन विपरीत कार्य गर्ने संस्थाका विषयमा सूचना दिन गृहको अनुरोध
गृह मन्त्रालयले सामाजिक निर्देशन ऐन र संस्था दर्ता ऐनअनुसार स्थापना भएका कतिपय सङ्घ संस्थाले कानुन र संस्थाको उद्देश्य विपरीत कार्य गरेको गुनासा आएको भन्दै त्यस्ता गतिविधि गर्ने संस्थाका विषयमा जानकारी तथा सूचना उपलब्ध गराउन माग गरेको छ ।