• १२ साउन २०८१, शनिबार

ग्वार्को फ्लाइओभर निर्माणमा भएको ढिलासुस्तीप्रति स्थानीयको गुनासो

blog

ग्वार्को फ्लाइओभर निर्माण हुँदै । तस्बिर : गोरखापत्र

ललितपुर, चैत २३ गते । ग्वार्को फ्लाइओभर निर्माणमा भइरहेको ढिलासुस्तीलाई लिएर स्थानीयहरुले निर्माण कम्पनीको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर जेठ मसान्तसम्म सकिसक्न आग्रह गर्दै स्थानीयहरुले ध्यानाकर्षण गराएका हुन् । उनीहरुले जेठ मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्ने भए पनि त्यो अनुसारको योजना बनाएर काम नगरेको बताए ।

फ्लाइओभरको निरीक्षण र स्थानीयहरुलाई साथ दिन पुग्नुभएका बागमती प्रदेशका सांसद रामकृष्ण चित्रकारले परियोजना निर्माणमा धेरै नै ढिलासुस्ती भइरहेको बताउनुभयो । उहाँले परियोजना समयमै सम्पन्न हुन नसक्दा काठमाडौं उपत्यकाभर नै ट्राफिक प्रणालीमा असर परेको भन्दै समयमा नै काम सम्पन्न गर्न निर्माण कम्पनीको ध्यानाकर्षण गराउनुभयो ।


सांसद चित्रकारले समयमा काम सम्पन्न हुन नसक्दा स्थानीयहरुलाई दैनिक जनजीवनमा असर परिरहेको उल्लेख गर्नुभयो । उहाँले जेठ मसान्तसम्म सक्ने प्रतिबद्धताअनुसार काम नभए र समयमै काम नसकिए फ्लाइओभर निर्माणस्थलमै अनशन बस्न बाध्य हुने चेतावनी दिनुभयो ।

‘‘यो परियोजना साह्रै नै ढिलासुस्ती भयो । यो नभइ नहुने परियोजना हो । यो परियोजना समयमै सम्पन्न हुन नसक्दा काठमाडौं उपत्यकाभरकै ट्राफिक प्रणालीमा असर पारेको छ । स्थानीय जनतालाई दैनिक जीवन पनि सहज बनाइ चल्न सकेका छैनन् ।,’’ उहाँले भन्नुभयो, ‘‘तीन सिफ्टमै काम गरेर र एक्शन प्लान बनाएर जेठ मसान्तसम्म सक्ने भन्ने जुनक खालको प्रतिबद्धता गर्नुभएको छ, त्यही अनुसार काम भएको छ की छैन भनेर निरीक्षण गर्न आएका हौँ । असारको पहिलो हप्तास्म्म यहाँबाट गाडी गुडाउँछौँ, भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यो अनुसारको काम भइरहेको छैन भन्ने हामीलाई लाग्छ ।’’

यो पनि पढ्नुहोस

तोकिएको समयमा सकिएन ग्वार्को ‘फ्लाइओभर’

यता निर्माण कम्पनीले भने केही समय यता २४ सै घण्टा काम गरिरहेको बताएको छ । चार लेन सडकको बिच खण्डमा ३५ मिटर लामो पुल आवतजावतको संरचनासहित दूरी ५४० मिटर रहने फ्लाइओभरको १७ करोड ६ लाख ८८ हजार रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।