धादिङका किसान रोपाइँमा व्यस्त
धादिङका किसान चैतेधान रोप्न व्यस्त भएका छन् । समयमा पर्याप्त वर्षा नभएपछि रोपाइँमा विलम्ब भएको हो । केही दिनअघि पानी परेपछि अहिले किसान खेतमा व्यस्त भएका हुन् ।
नागरिकको दबाबपछि सुरु भयो कालोपत्रे
लामो समय काम रोकिएर अलपत्र बनेको रामेछापको मन्थली–जखनीटार–पुरानागाउँ सडकमा कालोपत्रेको काम सुरु भएको छ । स्थानीय सरकारको पटक पटकको ताकिता र स्थानीयको दबाबपछि निर्माण व्यवसायीले मन्थली नगरपालिका–८ को जखनीटारदेखि मन्थली नगरपालिका–९, पुरानागाउँ जोड्ने सडक कालोपत्रेको काम सुरु गरेको हो ।
वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नुपर्छ : मङ्गलप्रसाद गुप्ता
संसद् प्रधान रहने प्रजातान्त्रिक शासन व्यवस्थामा संसदीय व्यवस्थालाई सबैभन्दा राम्रो मानिन्छ । यसलाई विश्वव्यापी रुपमा स्वीकार गरिएको छ । कानुनी राज्य, शक्ति पृथकीकरणसमेतका असल शासन अभ्यासलाई अँगाल्ने यो व्यवस्थाबाट धेरै राष्ट्र सफल पनि भएका छन् ।
मकवानपुरमा सय साना सिँचाइ योजना सम्पन्न
बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा एक सय ९१ वटा योजना पूरा गर्ने लक्ष्य रहेकामा गत फागुनसम्ममा एक सय एक योजना सम्पन्न भएका जनाएको छ ।
८२ थान मोबाइलसहित चालक पक्राउ
मकवानपुर प्रहरीले मनहरीबाट ठूलो परिणाममा भन्सार छलेर ल्याएको सामानसहित सवारी चालकलाई नियन्त्रणमा लिएको छ ।
खगेन्द्र नवजीवन केन्द्रमा अनुगमन
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँको टोलीले बुधबार जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको अनुगमन गरेको छ । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाका अनुसार काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, मन्त्रालयका उपसचिव एवं स्थानीय शाखा प्रमुख अर्जुन पौडेलसहित उच्च सरकारी अधिकारीले केन्द्रको अनुगमन गर्नुभएको हो । उहाँले भन्नुभयो, “नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा अनियमितता, बेथिति र भ्रष्टाचार भएको निष्कर्षसहि
अण्डाको नयाँ बिक्री मूल्य निर्धारण
नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन बिक्री मूल्य निर्धारण गरेको छ । नयाँ समर्थन मूल्य चैत २२ गतेदेखि लागू हुनेछ ।
डेङ्गुप्रति सचेतना अपनाउन आग्रह
गर्मीयाम सुरु भएसँगै डेङ्गुको जोखिम पनि बढ्न थालेको छ । गर्मी बढेसँगै मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टेले डेङ्गुको सङ्क्रमण गराउने भएकाले जोखिम बढ्दै गएको हो ।
बल्खुस्थित साझाको पम्पबाट चौबिसै घण्टा पेट्रोलियम पदार्थ वितरण
साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोलपम्पबाट आजदेखि २४ सै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुआत गरिएको छ ।
श्रमिकको अधिकार संरक्षण र मिटरब्याजी शोषण अन्त्यको पहलकदमी ऐतिहासिक : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका तथा स्वदेशमै रहेका श्रमिकको अधिकार संरक्षणका साथै मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारले ऐतिहासिक पहलकदमी लिएको बताउनुभएको छ ।
संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनको माग
प्रतिनिधि सभाको बैठकको विशेष समयमा सांसदहरूले कानुन निर्माण, संसद्को प्रभावकारिता, पूर्वाधार निर्माण, सहज सेवाप्रवाहलगायत जनजीविकासँग जोडिएका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन यही चैत २८ गते
राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तय गर्दै सदनमा जानकारी गराउनुभएको हो ।
विद्यार्थी र अभिभावकमाथि भर्नाका नाममा ज्यादती भयो : सांसद बस्नेत
राष्ट्रिय सभाको बैठकमा सांसद जितजङ्ग बस्नेतले नयाँ शैक्षिक सत्र लाग्ने बित्तिकै विद्यार्थी र अभिभावकलाई विद्यालयहरूले ज्यादती गर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
चैत २७ देखि चतराधाममा महाकुम्भ हुने
वराहक्षेत्र नगरपालिका-१, चतराधाम सुनसरीमा यही चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म एक महिना ‘बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेला हुने भएको छ ।
बेचिनबाट जोगिए पाँच महिला, होटलबाट उद्धार
वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलालाई उद्धार गरी अहिले आवश्यक परामर्श गरिरहेको र उक्त घटनाको अनुसन्धान पनि थालिएको जनाएको छ ।
नक्कली प्रशिक्षार्थी पक्राउ
हेटौँडा उपमहानगरपालिका ११ बाघथलीस्थित बागेश्वरी ड्राइभिङ एकेडेमीमा सवारी साधनको प्रयोगात्मक परीक्षा दिने क्रममा एक जना प्रशिक्षार्थी पक्राउ परेका छन् ।
पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ सर्भे
दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ सर्भेको काम सुरु भएको छ । सर्भेका लागि चीनबाट आवश्यक उपकरणहरु ल्याउनेक्रम जारी छ ।
रत्नपार्कको भित्ते बगैँचामा दुई सय बिरुवा
भित्ते बगैँचामा बुधबार दुई सय वटा फूल र लहरा बोटका बिरुवा रोपिएका छन् । पार्क तथा हरियाली प्रवर्द्धन आयोजनाले रत्नपार्क, आकाशेपुलको दुईवटा भित्ता उपयोग गरेर भित्ते बगैँचाको परीक्षण थालेको हो ।
सुनको मूल्यमा नयाँ रेकर्ड
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु. एक लाख ३१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक हजार आठ सयले बढेर रु एक लाख ३३ हजार तय भएको हो ।
नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न कामाठाडौँ महानगरको आग्रह
काठमाडौँ, चैत २१ गते । काठमाडौँ महानगरपालिका शिक्षा विभागले महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको छ । महानगरपालिका शिक्षा विभागले आज एक सार्वजनिक सूचना प्रकाशित गरी महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको हो ।शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको महानगरले स्मरण गराएको छ । महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरुको नाम यो व्यवस्थाको प्रतिकूल देखिएकाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र महानगरस्थित शिक्षा विभागमा सम्पर्क गर्न निर्देशन दिइएको छ । सात दिनभित्रमा सम्पर्क गरी मौलिक नामकरणको प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउनेसहित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने महानगरको शिक्षा विभागद्वारा प्रकाशित सूचनामा उल्लेख छ । विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र महानगरमा निवेदन दिन निर्देशन दिइएको छ । रासस
नर्सिङ छोडेर हेयर कटिङमा स्थापित निरु
कुनै बेला नर्सिङ पेसामा आबद्ध निरु कुँवर जीवनमा केही फरक ढङ्गले स्थापित हुने चाहना राख्नुहुन्थ्यो ।
‘सरकारमा भन्दा कानुन निर्माणमा साझेदारी चाहिन्छ’
पछिल्ला वर्षहरूमा सत्ता साझेदारीमा भएको फेरबदलले कानुन निर्माण प्रभावित भएको छ । राजनीतिक दलको अभ्यास गठबन्धन सरकार बनाउने, त्यसलाई जोगाउने र भत्काउने चक्रमा घुमिरह्यो ।
सिन्धुलीमा नयाँ छ वटा पक्की पुल बन्दै
बागमती प्रदेश सकारको आर्थिक सहयोगमा सिन्धुली जिल्लाको विभिन्न स्थानमा आवतजावत गर्ने अत्यावश्यक सडकमा पर्ने खोलाहरुमा यो वर्ष छ वटा नयाँ पक्किपुल निर्माण हुने भएको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।