• २१ वैशाख २०८१, शुक्रबार

अण्डाको नयाँ बिक्री मूल्य निर्धारण

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, चैत २१ गते । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन बिक्री मूल्य निर्धारण गरेको छ । नयाँ समर्थन मूल्य चैत २२ गतेदेखि लागू हुनेछ ।

नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रतिक्रेटको मूल्य ३७५ रूपियाँ तोकिएको छ । त्यस्तै, ठूलो अण्डा प्रतिक्रेटको मूल्य ३९० रूपियाँ र एक्सएल अण्डा प्रतिक्रेट ४५० रूपियाँ कायम गरिएको छ। संघले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ ।

इटहरी, धनगढी र काठमाडौंमा चैत १९ देखि २१ सम्म भएको संघको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य निर्धारण गरेको हो ।