यस वर्ष संस्कृत विश्वविद्यालयको पञ्चाङ्ग प्रकाशन नहुने
‘नेपाल संस्कृतविश्वविद्यालय पञ्चाङ्गम्’ नामक पात्रो नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र नेसंविबीच समन्वय नहुँदा विसं २०८१ देखि प्रकाशनमा नआउने भएको हो ।
गलत प्रवृत्तिलाई निरुत्साहित गरेरै छाड्छौँ : सञ्चारमन्त्री शर्मा
प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको पाँचौं बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले बेथिति र गलत प्रवृत्ति विरुद्ध अन्तिम समयसम्म लडिरहने बताउनुभयो ।
विश्व स्वास्थ्य दिवस : सरोकारवालालाई सहकार्य गर्न अनुरोध
विश्व स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले सरोकारवाला पक्षलाई सहकार्य गर्न अनुरोध गरेको छ । दिवसको अवसरमा विभागले आज विज्ञप्ति जारी गरी सरोकारवालालाई सहकार्यको अनुरोध गरेको हो ।
सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग
गोरखा समाज अष्ट्रेलियाको निमन्त्रणा एवं आयोजनामा गत फेब्रुअरी १२ देखि मार्च २५ तारिखसम्म अष्ट्रेलियाको सात राज्यका विभिन्न १० स्थानमा गरिएको कार्यक्रममा नगद रु ५० लाख र प्रतिवद्धतास्वरुप रु एक करोड २० लाख प्राप्त भएको मानवसेवा आश्रमले जनाएको छ ।
पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति
मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ ।
सुतेको अवस्थामा मृत फेला
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–७ तल्लो बजारस्थित मुक्तेश्वर महादेव मन्दिर परिसरमा आइतबार बिहान सुतेकै अवस्थामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौँ महानगरमा गरिब घरपरिवार गणना सुरु
काठमाडौँ महानगरपालिकाभित्र आजदेखि गरिब घरपरिवार गणना सुरु भएको छ । उक्त तथ्याङ्क सङ्कलनका लागि महानगरपालिका भरी दुई सय नौ गणक खटिएका छन् ।
'सुशासन र समृद्धिका लागि स्वास्थ्यका कार्यक्रमको दायरा वृद्धि गर्न आवश्यक छ'
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको आकंक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ ।
महाधिवेशनका लागि एकीकृत समाजवादीका चार दस्तावेज तयार
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न १०औँ महाधिवेशनका लागि चारवटा दस्तावेज तयार भएका छन् । राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजको लेखन पूरा भएको हो ।
चितवनको दुर्गम गाउँ मायाटार बिजुलीले झलमल्ल
चितवनको इच्छाकामना गाउँपालिका–२ को दुर्गम गाउँ मायाटारमा पहिलोपटक विद्युत् सेवा पुगेको छ । शनिबार इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बत्ती बालेर अन्धकारको युग अन्त्य भएको बताउनुभयो ।
एसएमएस कप: नेपाल र गुजरात भिड्दै
भारतको गुजरातमा जारी एसएमएस फ्रेण्डसिप कप अन्तर्गत उपाधिका लागि आज नेपाल र गुजरात क्रिकेट एशोसिएशनबीच प्रतिस्पर्धा हुँदै छ । खेल आज दिउँसो पौने ३ बजेबाट गुजरातमा सुरु हुनेछ ।
म्याद सकिन लाग्दा बाइस प्रतिशत काम
काभ्रेपलाञ्चोकको भकुन्डे–चापाखोरी सडक निर्माण सम्झौताको समय सकिन चार महिना बाँकी रहँदा २२ प्रतिशत मात्रै काम सकिएको छ । सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले सडकको कामलाई तदारुकता नदिँदा जिल्लाको नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाका नागरिकले सास्ती बेहोर्नु परेको छ ।
अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट सुरु
अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आइतबारबाट चितवनमा सुरु हुँदै छ । विभिन्न ९ वटा विधामा हुने सो प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमका बिच उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।
प्रेस सेन्टर नेपाल केन्द्रीय पदाधिकारी बैठक
प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठक चैत २५ गते राजधानी काठमाडौँमा बस्दै छ । बैठक नेकपा माओवादी केन्द्रको केन्द्रीय मुख्यालय पेरिस डाँडामा सुरु भएको छ ।
गोरखापत्रकर्मी हमाल र नेपाल सम्मानित
गोरखापत्रकर्मी चाँदनी हमाल र शालिग्राम नेपाल सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाले उहाँहरुसहित ३४ जना अग्रज र नौ जना अन्य पत्रकारलाई सम्मान गरेको हो ।
राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा झडप, प्रहरी जवान गम्भीर घाइते
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा शनिबार काठमाडौँमा भएको झडपमा प्रहरी जवान रामसिंह बोहरा गम्भीर घाइते भएका छन् ।
निजामती कर्मचारी विधेयक संशोधनको माग गर्दै ज्ञापनपत्र
संसद सचिवालयमा दर्ता भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० संविधान तथा संघीयताको मर्मविरोधी भएको भन्दै दलित अगुवाहरुले संशोधनको माग गरेका छन् ।
तस्बिरमा १२ वर्षे सिकाली जात्रा
बिहीबार काठमाडौं नगर प्रवेश गरेको सिकाली जात्राको पहिलो चरण हनुमानढोकाको नासल चोकमा देवगणले देवनाच प्रस्तुत गरेसँगै सकिएको छ । ललितपुर खोकनाको इतिहास बोकेको १२ वर्षे सिकाली जात्राको क्रममा काठमाडौंमा आएको हो ।
‘आमाको माया’ छात्रावासको १४ औँ वार्षिकोत्सव
जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित ‘आमाको माया’ छात्रावासले १४ औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय महासचिव प्रेम थुलुङले आश्रमले समाजका आर्थिकरुपले विपन्न बालबालिकालाई शिक्षा तथा स्वास्थ्यको पहुँचमा राखेर देशका विभिन्न ११ स्थानमा छात्रावास सञ्चालनमा रहेको बताउनुभयो ।
रिमाल समाजबाट नववर्ष शुभकामना आदानप्रदान
रिमाल समाजले नववर्ष २०८१ को पूर्वसन्ध्यामा आज यहाँ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । समाजले प्रकाशन गरेको नयाँ वर्षको भित्तेपात्रो पनि आजै विमोचन गरिएको छ ।
पार्टीलाई बलियो बनाउन सबै एक हौँ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन सबै एक जुट हुन आवश्यक रहेको बताउनुभएको छ ।
तामाङ सेलोको ‘ओइ सोल्टिनी’...
गायक अयुमी तामाङको तामाङ सेलोको म्युजिक भिडियो ‘ओइ सोल्टिनी’ सार्वजनिक भएको छ ।
कानुनमा सबै क्षेत्रको सुझाव समेट्न ‘डिजिटल प्लेटफर्म’ तयार गर्दैछौँ : मन्त्री गिरी
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले विद्यमान ऐन, नियम तथा कानुनमाथि सबै क्षेत्र तथा नागरिकको सुझाव समेट्नका लागि मन्त्रालयले ‘डिजिटल प्लेटफर्म’ निर्माण गर्न लागेको बताउनुभएको छ ।
महिलाको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनेबारे सम्मेलन
महिलाको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन नेपालमा स्त्रीरोग विशेषज्ञ जुटेका छन् । ‘स्त्रीरोग विशेषज्ञ समाज’को १७ औँ राष्ट्रिय सम्मेलनमा नेपालसहित विदेशका करिब पाँच सय चिकित्सक सहभागी भई नेपालका महिलाको स्वास्थ्य सेवा गुणस्तर बनाउन जुटेका हुन् ।