व्यायाम गर्न अल्छी नगरौँः मन्त्री श्रेष्ठ
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्वास्थ्य जीवनशैलीका लागि नियमित शारीरिक व्यायाम गर्न आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा नियमित व्यायामबाट शारीरिक एवं मानसिक स्वास्थ्य कायम राख्न सहज हुने उहाँले बताउनुभयो ।
दलहरूले जनताको आशा जगाउने ठोस काम गर्नुपर्छ : सम्झना थपलिया
देशमा अहिले निराशा बढ्दै गइरहेको छ । मुलुकको नेतृत्वदायी भूमिकामा रहेका सबै राजनीतिक दल मिलेर जनताको आशा जगाउने ठोस काम गर्नुपर्छ । देशको विकास गर्ने र युवा जमातलाई रोजगारी दिलाएर उनीहरूलाई पलायन हुनबाट रोक्न राजनीतिक दलहरू एकजुट हुनैपर्छ । राजनीतिक दलहरू सरकार गठनका निम्ति मात्र सक्रिय हुने होइन ।
नौ जनालाई छात्रवृति
मकवानपुरको शैक्षिक गतिविधिमा व्रिmयाशील शैक्षिक सहयोग अक्षयकोष नेपाल मकवानपुरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाका अवसरमा सं
बालबालिकामा अटिजमको समस्या बढ्दो
पछिल्लो समय बालबालिकामा मस्तिष्क अपाङ्गताको अवस्था मानिने अटिजमको समस्या धेरै देखिन थालेको छ । अटिजम समस्या बारेमा धेरै अभिभावकलाई जानकारी नै नरहेको अवस्थामा अटिजम पीडित बालबालिकाको स्याहारसुसार र हुर्काइ चुनौती बनेको हो । नेपालमा नौलो र फरक स्वास्थ्य समस्या भएकोले पहिचानमा समस्या देखिएको छ ।
आजको मौसम: चट्याङसहित हल्का वर्षाको सम्भावना
हाल कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रतिनिधि सभाको बैठक बस्दै
सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ ।
अधिकांश अस्पताल निर्माण अलपत्र
ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पु-याउने उद्देश्यले जिल्लामा शिलान्यास गरिएका स्थानीय तहका अधिकांश अस्पतालको भवन निर्माण सम्पन्न हुन सकेको छैन । नेपाल सरकारले पाँचदेखि १५ श-याको अस्पताल बनाउने लक्ष्य अनुसार दोलखाका अधिकांश स्थानीय तहमा अस्पताल भवन शिलान्यास गरिएका थिए । थप बजेट नआएपछि शिलान्यास भएका अस्पताल भवन निर्माण हुन नसकेको बताइएको छ ।
चिनियाँ सहयोगमा चौतारा अस्पतालको पुनःनिर्माण सम्पन्न
चीन सरकारको सहयोगमा चौतारा अस्पताल पुनःनिर्माण भएसँगै सिन्धुपाल्चोकका नागरिकले अब भरपर्दो उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । सदरमुकाम चौतारामा ३९ शय्याको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि उपचारका निम्ति अन्यत्र जानुपर्ने बाध्यता हटेको हो ।
प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी
प्रदर्शनीमा नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी विविध सामग्री समावेश गरिएको थियो । प्रदर्शनीस्थलमा आएका जिज्ञासुहरूलाई ती सामग्री वितरण पनि गरिएको ओटावास्थित नेपालको राजदूतावासले जनाएको छ ।
गुन्द्रुकको ‘ब्रान्डिङ’
हेटौँडा उपमहानगरपालिका–१२, घलेगाउँमा रहेको कञ्चनजङ्घा कृषि सहकारी संस्था लघुउद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि अनुज्ञापत्र प्राप्त भएको छ । लघुउद्यमीले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडाले दिएको सोमबार अनुज्ञापत्र उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा अनुज्ञापत्र हस्तान्तरण गर्दै नगर प्रमुख मीनाकुमारी लामाले हेटौँडामा उत्पादन भएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
गोदाम आगलागी घटनाः नौ सदस्यीय छानबिन समिति गठन
काठमाडौँको चन्द्रागिरी नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको गोदाम घरमा [स्टोर] आज भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत एक पटक स्थानीय तहमा जानैपर्ने
सिंहदरबार वरिपरि घुमिरहेका कर्मचारीले स्थानीय तहमा गएर सेवा गर्नैपर्ने अनिवार्य व्यवस्थासहित नयाँ मापदण्ड निर्माण हुने भएको छ । तीन वर्षसम्म नियमित रूपमा सङ्घीय सरकारका कार्यालयमा बसेर सेवा गरेका कर्मचारीलाई स्थानीय तहमा सेवा गर्नैपर्ने व्यवस्थासहित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउनेसम्बन्धी नयाँ मापदण्ड निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले जिम्मेवारी सम्हालेपछि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउनेसम्बन्धी नयाँ मापदण्डको गृहकार्य सुरु भएको हो । यसअघिका मन्त्रीद्वय अमनलाल मोदी र अनिता देवीले पनि कर्मचारी खटाउनेसम्बन्धी उक्त मापदण्ड निर्माण गर्ने गृहकार्य गर्नुभएको थियो तर मापदण्ड तयार हुन सकेको थिएन ।
शव खोज्न सगरमाथातर्फ सैनिक
सगरमाथा आरोहणका क्रममा दुर्घटनामा परी बेपत्ता भएका आरोहीका शव खोज्न नेपाली सेनाको टोली परिचालन हुने भएको छ । साहसिक पर्यटनको आकर्षक गन्तव्य मानिने सगरमाथा आरोहण गर्ने क्रममा बेपत्ता भएका नागरिकको शवको खोजी गरी नेपालीको भए गृह मन्त्रालयमार्फत आफन्तलाई र विदेशी नागरिक भए परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नियोगमा बुझाउने तयारी भइरहेको सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले झन्डै ५० दिनको अवधिमा कम्तीमा पाँच वटा शव खोजेर ल्याउने उद्देश्यका साथ सैनिक टोली खटाउन लागिएको जानकारी दिनुभयो । फेला परेको शव स्थानीय भएमा सम्बन्धित निकायलाई बुझाउने र पहिचान नभएका शव सेनाले काठमाडौँ ल्याई गृह मन्त्रालयमा बुझाउने जनाएको छ ।
कामपाभित्र गरिब परिवार गणना सुरु
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले काठमाडौँ महानगरपालिकाभित्र गरिब घरपरिवार गणना सुरु गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेशप्रसाद भट्टले गरिबीमा जीवनयापन गरिरहेका घरपरिवारको तथ्याङ्क सङ्कलन गरी परिचयपत्र वितरण गर्ने उद्देश्यसहित आइतबारदेखि काठमाडौँ महानगरपालिकाभित्र गरिब घरपरिवार गणना सुरु गरिएको जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०८०/८१ भित्र गणनाको काम सम्पन्न हुने उहाँले बताउनुभयो ।
सशस्त्र प्रहरी बलको लत्ताकपडा भण्डारमा आगलागी
काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय लत्ता कपडा भण्डारमा आगलागी भएको छ । बलम्बु प्रहरी प्रभाग कार्यालयका प्रमुख आदित्यराज विष्टका अनुसार आगलागीले भण्डारणमा रहेका कपडा जलेर नष्ट भएको छ ।
पाटनको एकल घोडेजात्रा (फोटो फिचर)
ललितपुरको पाटन दरबार क्षेत्रमा बाट घोडेजात्राका लागि भीमसेन गुठी च्योः खलःका गुठियारले प्रतिनिधित्व गरी घोडसवार गरी बालकुमारी सम्म पुगी घोडेजात्रा मनाइएको छ । छुट्टै विशेषता भएको जात्रालाई नेवारी भाषामा ‘याकः सल याः’ भनिन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन नेपालमा हुने
नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलन हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यही चैत्र २८, २९ र ३० गते शिखर सम्मेलन गर्न लागेको जानकारी गराएको हो ।
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । चैत १३ गतेसम्म कूल एक करोड ७० लाख थान पुस्तक छपाई गरी हालसम्म ८० प्रतिशत पुस्तक बिक्री गरिसकेको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिनुभयो ।
काठमाडौँ र पोखरालगायतका मुख्य सहरमा वायु प्रदूषण उच्च
मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायु प्रदूषण बढेको छ । डढेलोका कारण काठमाडौँ र पोखरालगायतका देशका मुख्य सहरमा वायु प्रदूषण उच्च मापन गरिएको छ ।
काठमाडौँ टुँडिखेलमा घोडेजात्रा उत्सव (फोटो फिचर)
चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौँको टुँडिखेलमा सुरुभएको छ ।
नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित हुनुभएको छ । जिल्ला नेतृत्व चयनका लागि भएको निर्वाचनमा आचार्यले दुई सय २९ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनामा क्यान्सर अस्पताल
यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सातै प्रदेशमा सेवा विस्तार गर्ने जनाएको छ । अस्पतालले सात प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरङग सेवा विस्तार गर्ने योजना बनाएको हो ।
आगामी बजेटमा क्षेत्रीय सन्तुलन कायम गर्न पहल गर्नेछु : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा सबै प्रदेशमा बजेटको क्षेत्रीय सन्तुलन कायम गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाल आँखा अस्पतालको ५० औँ वार्षिकोत्सवमा दुई चिकित्सक पुरस्कृत
त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले ५० औँ वार्षिकोत्सवका अवसरमा दुई जना चिकित्सकलाई पुरस्कृत गरेको छ । अस्पतालले धेरै शल्यक्रिया गर्ने र बहिरङ्ग सेवामा रही अधिक बिरामीको स्वास्थ्य परीक्षण गर्ने दुई जना विशेषज्ञ चिकित्सकलाई पुरस्कृत गरेको हो ।