• १७ असार २०८२, मङ्गलबार

सुतेको अवस्थामा मृत फेला

blog

अनिल पराजुली

हेटौँडा, चैत २५ गते । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–७ तल्लो बजारस्थित मुक्तेश्वर महादेव मन्दिर परिसरमा आइतबार बिहान सुतेकै अवस्थामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । 

मृत अवस्थामा फेला परेका व्यक्ति मकवानपुरको राक्सिराङ घर भएका ५१ वर्षीय डिलबहादुर थिङ रहेको सनाखत आफन्तले गरेको मकवानपुर प्रहरीले जनाएको छ । उहाँले खानेकुरा मागि हिँड्ने गरेको बुझिएको यद्यपि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

मुक्तेश्वर महादेव मन्दिर परिसरमा निर्मित प्रतीक्षालयमा सुतेकै अवस्थामा मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवलाई पोस्टमार्टमका लागि हेटौँडा पठाइएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।