• २२ वैशाख २०८१, शनिबार

तामाङ सेलोको ‘ओइ सोल्टिनी’...

blog

काठमाडौँ, चैत २४ गते । गायक अयुमी तामाङको तामाङ सेलोको म्युजिक भिडियो ‘ओइ सोल्टिनी’ सार्वजनिक भएको छ । नेपाली सेनाका उपरथी डा.आशबहादुर तामाङको गीत तथा सङ्गीत रहेको उक्त म्युजिक भिडियोको निर्देशन अनिश क्षेत्रीले गर्नुभएको हो । अयमी तामाङ, सिद्धार्थ सिल्वाल, अनिश क्षेत्रीलगायतको अभिनय रहेको सो म्युजिक भिडियो टयुटुव मार्फत केही समयअघि सार्वजनिक गरिएको हो । 

नेपाली लोकभाका तामाङ सेलोको संरक्षण एवम् नयाँ पुस्तालाई लोकभाकाप्रति चाख जगाउनु रहेको गीतकार डा.तामाङले बताउनुभयो । अष्ट्रेलियामा अध्ययनरत अयमी आफनी हजुरआमा धनमाया तामाङको बिँडो थाम्ने सिलसिलामा ‘ओई सोल्टिनी’को म्युजिक भिडियोका लागि काठमाडौँ आउनुभएको थियो । उहाँ अष्ट्रेलियामा आधुनिक पप गीतसमेत गाउँदै आउनुभएको छ । अयमीका पिता आशबहादुर खासगरी लोकगीतका साथै राष्ट्रिय र प्रकृति संरक्षणसम्बन्धी गीत लेखनमा स्थापित हुनुहुन्छ । रासस