गोरखापत्रकर्मी मिजारलाई पितृशोक
सिन्धुपाल्चोकका लागि गोरखापत्र समाचारदाता चित्र मिजारलाई पितृशोक परेको छ । सोमबार बिहान ९ बजे उहाँका पिता जितबहादुर मिजारको ७९ वर्षको उमेरमा निधन भएको हो ।
पर्यटकीय गन्तव्यको पहिचान हुँदै
नेपाल एशोसिएशन अफ टुुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रवद्र्धनमा शनिबार पोखरादेखि हिँडेको टोली नवलपुर आइपुुगेको छ ।
चालु आवमा पर्यटकसँग सम्बन्धित तीन सय ७० उजुरी
नेपाल प्रहरीमा चालु आर्थिक वर्षको साउनदेखि हालसम्म पर्यटकसँग सम्बन्धित तीन सय ७० वटा उजुरी परेका छन् ।
अवैधरुपमा बसिरहेका १० बङ्गलादेशीलाई अध्यागमनमा बुझाइयो
भिसा सकिएर नेपालमा अवैधरुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी अध्यागमन विभागमा बुझाएको छ ।
कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मङ्गलबार
नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बस्ने भएको छ ।
हेटौँडाको गुन्द्रुकलाई सरकारी गुणस्तरको मान्यता
हेटौँडा उपमहानगरपालिकाको सहयोगमा उत्पादन थालिएको गुन्द्रुकले सरकारी मान्यता पाएको छ ।
पोखरी नारायणस्थान बजारका घरटहरा भत्काइने
काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाले पालिकाभित्र सार्वजनिक जग्गामा निर्माण भएका घरटहरा हटाउने भएको छ । गाउँपालिकाले चैत ५ गते सार्वजनिक सूचना जारी गर्दै भकुन्डेबेँसी–मेच्छे–मुक्पाटार–तित्रेटार–माम्ती सडकसीमाभित्र रहेका घरटहरा हटाउन भनेको छ ।
हेटौँडा–काठमाडौँ छोटो दूरीको मार्ग बन्द
हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक भोलि मङ्गलवारबाट बन्द हुने भएको छ ।
सत्तरी प्रतिशत परिवार स्वास्थ्य बिमाको पहुँचबाहिर
स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको आठ वर्ष भइसक्दा बागमती प्रदेशमा अझै ७० प्रतिशत परिवार स्वास्थ्य बिमाको पहुँचबाहिर रहेको पाइएको छ । २०७८ सालको जनगणना अनुसार यस प्रदेशको १३ जिल्लामा १५ लाख ८० हजार ९२७ परिवार सङ्ख्या रहेकामा हालसम्म चार लाख ६८ हजार ९० परिवार अर्थात् ३० प्रतिशत परिवार मात्र स्वास्थ्य बिमा कार्यक्रममा जोडिएको पाइएको हो ।
संसद अवरुद्ध हुन नदिन सभामुख घिमिरेले नेताहरुसँग परामर्श गर्नुहुँदै
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन प्रमुख दलका नेताहरुसँग परामर्श गर्दै हुनुहुन्छ । आज दिउँसो २ बजे सिंहदरवारमा बोलाइएको बैठकमा नेताहरुसँग परामर्श हुने सभामुखको सचिवालयले जनाएको छ ।
कागती खेतीबाट मनग्गे आम्दानी
मकवानपुरको मनहरी–७, रमौलीका किसान हरिशरण आर्यालले बाह्रैमास फल्ने कागती खेतीबाट मनग्गे आम्दानी गर्दै आउनुभएको छ । कृषि फार्म सञ्चालन गरी उहाँले कागती, ड्र्यागन र कुरिलोको खेती गरिरहनुभएको छ । उहाँले विषादी, रासायनिक मल र कुनै पनि प्रकारको भिटामिन प्रयोग नगरी अर्गानिक उत्पादन गरेको बताउनुभयो ।
‘धार्मिक पर्यटनले विकासमा टेवा’
धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएको हेटौँडा उपमहानगरपालिका–१, भैरवडाँडास्थित पाथीभरा मन्दिरसँगै छ फिट अग्लो भैरवको मूर्ति अनावरण गरिएको छ । हेटौँडा उपमहानगरपालिका नगर प्रमुख मीनाकुमारी लामा, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइँलगायतकाले संयुक्त रूपमा भैरवको मूर्ति अनावरण गर्नुभएको हो ।
विदेश जाने विद्यार्थी रोकेको दाबी
विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित शिक्षण संस्थाले बर्सेनि हजारौँ विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश जानबाट रोकेको दाबी गरेका छन् । नेपालमा उच्च शिक्षा प्रदान गर्ने त्यस्ता शिक्षण संस्थाको सङ्ख्या ५९ वटा पुगेका छन् । यी कलेजमा हाल २९ हजार ५०६ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये सात हजार पाँच सय जनाले पूर्ण वा आंशिक छात्रवृत्ति पाएका छन् ।
भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकासलगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताउनुभएको छ।
काफ्लेको नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिति चयन
फोटो पत्रकारको छाता संगठन पिजे क्लब, नेपालको तेह्रौँ साधारणसभा आइतबार सम्पन्न भएको छ। साधारणसभाले आगामी दुई वर्षका लागि द्धारिका काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
राजस्व घटाउनु पर्नेगरी बजेट ल्याउनु हुँदैन : पूर्व अर्थमन्त्री खतिवडा
पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले अर्धवार्षिक समीक्षामा १० प्रतिशत बजेट र राजस्व घटाउनुपर्ने बजेट नल्याउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिनुभएको छ ।
वैशाख पहिलो साता छिचोलिँदै नागढुङ्गा सुरुङमार्ग
काठमाडौँको दहचोकदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुङ्गा सुरुङमार्ग छिचोलिने (ब्रेक थ्रु) को अन्तिम चरणमा पुगेको छ । अब छिचोलिन दुई मिटर मात्र बाँकी रहेको आयोजना प्रतिनिधिले जनाएका छन् । आगामी वैशाख पहिलो साता छिचोलिने बताइएको छ ।
‘अग्नि उद्दीप्त’ कृति लोकार्पित
वरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया ‘पत्थर’ को नयाँ कृति मुक्तक संग्रह ‘अग्नि उद्दीप्त’ बिमोचित भएको छ । काठमाडौंमा सम्पन्न कार्यक्रममा आख्यानकार माया ठकुरी, कृतिकार पत्थर, हेमन्ती जोशीलगायतले संयुक्त रुपमा कृति लोकार्पण गर्नुभयो ।
यस वर्ष संस्कृत विश्वविद्यालयको पञ्चाङ्ग प्रकाशन नहुने
‘नेपाल संस्कृतविश्वविद्यालय पञ्चाङ्गम्’ नामक पात्रो नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र नेसंविबीच समन्वय नहुँदा विसं २०८१ देखि प्रकाशनमा नआउने भएको हो ।
गलत प्रवृत्तिलाई निरुत्साहित गरेरै छाड्छौँ : सञ्चारमन्त्री शर्मा
प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको पाँचौं बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले बेथिति र गलत प्रवृत्ति विरुद्ध अन्तिम समयसम्म लडिरहने बताउनुभयो ।
विश्व स्वास्थ्य दिवस : सरोकारवालालाई सहकार्य गर्न अनुरोध
विश्व स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले सरोकारवाला पक्षलाई सहकार्य गर्न अनुरोध गरेको छ । दिवसको अवसरमा विभागले आज विज्ञप्ति जारी गरी सरोकारवालालाई सहकार्यको अनुरोध गरेको हो ।
सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग
गोरखा समाज अष्ट्रेलियाको निमन्त्रणा एवं आयोजनामा गत फेब्रुअरी १२ देखि मार्च २५ तारिखसम्म अष्ट्रेलियाको सात राज्यका विभिन्न १० स्थानमा गरिएको कार्यक्रममा नगद रु ५० लाख र प्रतिवद्धतास्वरुप रु एक करोड २० लाख प्राप्त भएको मानवसेवा आश्रमले जनाएको छ ।
पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति
मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ ।
सुतेको अवस्थामा मृत फेला
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–७ तल्लो बजारस्थित मुक्तेश्वर महादेव मन्दिर परिसरमा आइतबार बिहान सुतेकै अवस्थामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।