• १७ असार २०८२, मङ्गलबार

पोखरी नारायणस्थान बजारका घरटहरा भत्काइने

blog

बनेपा समाचारदाता 

बनेपा, चैत २६ गते । काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाले पालिकाभित्र सार्वजनिक जग्गामा निर्माण भएका घरटहरा हटाउने भएको छ । गाउँपालिकाले चैत ५ गते सार्वजनिक सूचना जारी गर्दै भकुन्डेबेँसी–मेच्छे–मुक्पाटार–तित्रेटार–माम्ती सडकसीमाभित्र रहेका घरटहरा हटाउन भनेको छ । 

गाउँपालिकाको सूचना अनुसार गाउँपालिकाको केन्द्र रहेको वडा नं. ५ मा रहेको पोखरी नारायणस्थान बजारका सबै घरटहरा हटाइने छ । पोखरी नारायणस्थानमा स्थानीयले करिब २० वर्षपहिलेदेखि सार्वजनिक जग्गामा घरटहरा बनाई बसोबास तथा व्यवसाय गर्दै आएका छन् । गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले गाउँपालिकाले सार्वजनिक स्थानमा घरटहरा बनाई बसोबास तथा व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिलाई घरटहरा तथा जग्गा खाली गर्न निर्देशन दिएको भन्दै पोखरी नारायणस्थानमा मात्रै ५९ वटा घरटहरा भत्किने बताउनुभयो । उपाध्यक्ष थोकरले गाउँपालिकाले जारी गरेको समयभित्र नागरिकले घरटहरा खाली नगरेमा पालिका आफैँले खाली गराउन बाध्य हुने बताउनुभयो । 

“हामी हाल बजार रहेको पोखरी नारायणस्थानका घरटहरा भत्काएर सडकको मापदण्डबमोजिमको ठाउँ छोडेर बाँकी रहेको स्थानमा व्यापारिक प्रयोजनका लागि ट्रस बनाएर भाडामा लगाउने सोचमा छौँ । त्यसका लागि आगामी वर्षको नीति तथा कार्यव्रmममा बजेट विनियोजन गर्ने छौँ,” उपाध्यक्ष थोकरले भन्नुभयो । उहाँले पोखरी नारायणस्थानदेखि रोसाइवासम्मको सार्वजनिक स्थानमा निर्माण भएका ९० देखि ९५ वटा घरटहरा हटाइने बताउँदै आगामी दिनमा सार्वजनिक जग्गामा निर्माण भएका घरटहराका साथै अतिव्रmमण गरिएका सार्वजनिक जग्गामा बनेका संरचनासमेत हटाइने बताउनुभयो । स्थानीय सरकार बनेको छ वर्षपछि तेमाल गाउँपालिकाले सार्वजनिक स्थानमा निर्माण गरिएका घरटहरा भत्काउने प्रव्रिmया थालेको छ । 

स्थानीय तेमालसिंह तामाङले २० वर्षपहिले जनप्रतिनिधिविहीन अवस्थामा आफूहरूले व्यापारिक प्रयोजनका लागि सार्वजनिक जग्गामा घर बनाएर बसेको बताउनुभयो । “हाम्रा घर नभत्काएर हामीलाई व्यवसाय गर्न दिए पालिकाको पनि आम्दानी बढ्ने छ, हामीले भनेको कुरा नमानेर घर भत्काउन लाग्यो भने त हाम्रो के लाग्छ र ? हामी छोड्न तयार छौँ,” उहाँले थप्नुभयो ।