नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने
ठमेल पर्यटन विकास परिषद्ले आज पत्रकार सम्मेलन गरी नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा चैत ३० गते शुक्रबार साँझ ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो ।
अर्थतन्त्रमा समस्या रहेको स्वीकार गरेर निकास खोजौँ : अध्यक्ष ढकाल
महासङ्घको ५८औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै मुलुकको अर्थतन्त्र यसअघिको नियन्त्रणमुखी नीति तथा कार्यक्रमका कारण समयानुकुल विकास हुन नसकी समस्यामा पर्दै गएको बताउनुभयो ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बुधबार बिहानबाट सुरु भएको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले उत्तर दिनुहुने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेश गर्नुहुने कार्यसूची रहेको छ ।
निजी क्षेत्रसँगको सहकार्यबिना आर्थिक समृद्धि हासिल हुँदैन : मन्त्री भण्डारी
नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारणसभा समारोहमा शुभकामना मन्तव्य दिँदै उहाँले देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान उच्च रहेको बताउनुभयो । उहाँले सरकारले निजी क्षेत्रलाई साझेदारका रुपमा मात्र नहेरी प्रमुख हिस्सेदारकै रुपमा व्यवहार गर्ने पनि विश्वास दिलाउनुभयो ।
देशलाई आधुनिक र औद्योगिक मुलुकमा रुपान्तरण गर्न आवश्यक
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देश औद्योगिकरण हुन नसक्नुको कारण पहिचान गरी देशलाई आधुनिक र औद्योगिक मुलुकमा रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
भण्डारणको प्रविधि गाउँमा भित्रिएपछि जुनार कृषक दङ्ग
भण्डारणको प्रविधि गाउँमा भित्रिएपछि रामेछापको रामेछाप नगरपालिका–६ ओख्रोनीका जुनार कृषक पदम बहादुर तामाङ दङ्ग हुनुहुन्छ ।
सुनको मूल्य प्रतितोला पाँच सयले बढ्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेको छ ।
‘निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म देश बन्न सक्दैन’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म देश बन्न नसक्ने बताउनुभएको छ ।
स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न अनुसन्धानको महत्त्वपूर्ण भूमिका हुने
उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न र दिगो विकासका लक्ष्यहरु हाँसिल गर्न अनुसन्धानको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।
हाम्रो पात्रोले सुरु गर्यो समाचार बुलेटिन
चर्चित नेपाली एप हाम्रो पात्रोले समाचार खण्डमा पहिलो पटक सबैका लागि समाचार पढ्न सजिलो बनाउनका लागि एउटा नयाँ सुविधा सुरु गरेको छ ।
देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
हामी बढी व्यक्ति र दल केन्द्रित भयौँ : डिगबहादुर लिम्बू
हामीले अवलम्बन गरेको संसदीय शासन प्रणाली लामो समयदेखि देशमा अभ्यास भइरहेको छ । यसको मूल्य, मान्यतालाई जुन आधारमा अघि बढाउनुपर्ने थियो, त्यो नभई हाम्रा अभ्यासले दलीय स्वार्थमा बढी केन्द्रित भयो कि भन्ने बुझाइ पर्न गएको छ ।
केरा खेतीमा किसानको आकर्षण बढ्दो
परम्परागत खेती प्रणलीबाट लगानी उठाउनै समस्या हुन थालेपछि सुनसरीका किसानहरु केरा खेतीतर्फ आकर्षित हुन थालेका छन् । अरु खेती जस्तो मेहनत गर्नुनपर्ने भएपछि किसानहरुको आकर्षण केरा खेतीतिर हुन थालको हो ।
‘विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू’
मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो ।
नेकपा (एस)को महाधिवेशन केन्द्रित अभियान सम्पन्न
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशन केन्द्रित अभियानअन्तर्गत देशका सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला प्रशिक्षणसहित सम्पन्न गरेको छ ।
पुलको जग खन्दा मूर्ति भेटियो
भरतपुर महानगरपालिका–८, गौरीगन्जमा पुरातात्त्विक महत्त्वको मूर्ति भेटिएको छ । झट्ट हेर्दा गौतम बुद्धको जस्तो देखिने सो मूर्ति पुल निर्माणका क्रममा पुलको जग खन्दा करिब पाँच/छ मिटर जमिन तल भेटिएको भरतपुर महानगरपालिका–८ का वडाध्यक्ष जीवनाथ कँडेलले जानकारी दिनुभयो ।
जसपानिकट समाजवादी भोलेन्टियर्स केन्द्रीय समिति गठन
जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी भोलेन्टियर्स अर्गनाइजेसको केन्द्रीय समिति गठन भएको छ ।
सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता
संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव गोलाम सरवारले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेससँग राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा शिष्टाचार भेट गर्नुभएको छ ।
काठमाडौँ उपत्यकाको आकाशबाट तुवाँलो नहट्ने
हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावले पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सन्तानमा भएको अटिजमले जीवनको लक्ष्य बदलेका आमाहरु
विवाहपछि सबै महिलाले एउटी श्रीमती र बुहारीका रूपमा देख्ने सपना लगभग उस्तै हुन्छ । आफूलाई बुझ्ने श्रीमान्, माया गर्ने परिवार, राम्रो कमाई र असल सन्तान ।
‘अग्निपीडितको पुनः स्थापनाका लागि सिप विकास आवश्यक’
सरोकारवालाहरूले अग्निजन्य दुर्घटना तथा हिंसापीडितको पुनः स्थापनाका लागि उनीहरूको सिप विकासमा जोड दिएका छन् ।
साझा यातायातको १.१ मेगावाटको चार्जिङ स्टेसन सुरु
साझा यातायात सहकारी संस्था लिमिटेडको १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन भएको छ । मङ्गलबार उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन गर्नुभएको हो ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी अध्ययन सार्वजनिक
‘नेपालको सङ्क्रमणकालीनका अवरोध र आगामी बाटो’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।
असन जात्रा (फोटो फिचर)
उपत्यकाको महत्त्वपूर्ण चाडमध्येको पाहाँ चर्हेअन्तर्गतको असन जात्रा (न्हि जात्रा) मङ्गलबार सम्पन्न भयो । पाहाँ चर्हे भित्रकै यो एउटा महत्त्वपूर्ण जात्रा हो ।