• १३ साउन २०८१, आइतबार

स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न अनुसन्धानको महत्त्वपूर्ण भूमिका हुने

blog

उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव

काठमाडौं, चैत २८ गते । उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न अनुसन्धानको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

बुधबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३ औं वार्षिकोत्सव समारोहमा बोल्नुुहँदै उपप्रधानमन्त्री यादवले यस्तो बताउनुभएको हो ।

उपप्रधानमन्त्री यादवले स्वास्थ्य अनुसन्धानले महत्वपूर्ण तथ्य प्रमाण्का आधारमा विश्वव्यापी स्वास्थ्य चुनौतीहरुको सामना गर्दै दिगो विकासका लक्ष्य प्राप्ति गर्न हाम्रा प्रयासलाई मार्गदर्शन हुने बताउनुभयो ।

उहाँले स्वास्थ्य अनुसन्धानले हामीलाई उदीयमान स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि र  समस्याहरु पहिचान गरी समयमै सम्भावित विकल्पहरु आँकलन गर्न सक्षम बनाउने बताउनुभयो । उहाँले अनुसन्धानले दिगो विकास लक्ष्यको मुल सिद्धान्तअनुरुप स्वास्थ्य क्षेत्रमा विद्यमान असमानतालाई सम्बोधन गर्दै समताको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने पनि बताउनु भयो ।

‘‘स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न अनुसन्धानको महत्त्वपूर्ण भूमिका हुन्छ । स्वास्थ्य अनुसन्धानले महत्त्वपूर्ण तथ्य प्रमाण्का आधारमा विश्वव्यापी स्वास्थ्य चुनौतीको सामना गर्दै दिगो विकासका लक्ष्य प्राप्ति गर्न हाम्रा प्रयासहरुलाई मार्गदर्शन गर्दछ ।,’’ उपप्रधानमन्त्री यादवले भन्नुभयो, ‘‘स्वास्थ्य अनुसन्धानले हामीलाई उदीयमान स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि र समस्याहरु पहिचान गरी समयमै सम्भावित विकल्पहरु आँकलन गर्न सक्षम बनाउँछ । साथै अनुसन्धानले दिगो विकास लक्ष्यको मूल सिद्धान्तअनुरुप स्वास्थ्य क्षेत्रमा विद्यमान असमानताहरुलाई सम्बोधन गर्दै समताको प्रवर्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।’’

उहाँले स्वास्थ्य क्षेत्रको विकास बिना समृद्धि, समाजवाद र विकासको कल्पना गर्न नसकिने बताउनुभयो ।