चाँगुनारायणमा स्वच्छ वातावरण बनाउने प्रयास
चाँगुनारायण नगरपालिकाले वायु प्रदूषणबाट वातावरण प्रदूषित बन्दै गएपछि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना तयार गरी स्वच्छ वातावरण निर्माण गर्ने कार्यलाई तीव्रता दिएको छ ।
एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ, पुस २१ गते । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी [एमाले] र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी [माओवादी केन्द्र]को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।बैठकमा प्रतिवेदनसहित समसामयिक विषयमाथि प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्न करिब तीन मिनेटको समय उपलब्ध गराइने उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएका उपाध्यक्ष पाण्डेले बताउनुभयो । बैठकमा तीन सय ५७ केन्द्रीय सदस्य, सात प्रदेशका अध्यक्ष र चारवटा केन्द्रीय आयोगका प्रमुख सहभागी हुनेछन् । दुई दिनभित्र बैठक सक्ने तयारी छ ।यसैबीच, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न १ बजेदेखि बस्ने बैठकमा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उहाँबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी एक सय २५ जनाको समेत सहभागिता रहनेछ ।यसअघि केन्द्रीय समिति बैठक सञ्चालनको ‘मोडालिटी’ टुङ्गो लगाउन आज बिहान ८ बजे उक्त पार्टीको स्थायी समितिको बैठक बस्दैछ ।संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा दुवै राजनीतिक दलको बस्न लागेको बैठकले संविधान संशोधनलगायतका एजेण्डामा ठोस धारणा तय गर्ने बताइएको छ ।
चौका र छक्काबापत वृक्षरोपण
जस्मिन पेन्ट्स लिमिटेडले चितवन जिल्लाको नारायणगढको जोरकुसुम पार्कमा बरपिपल रोपण सुरु गरेको छ । नेपाल व्रिmकेट लिग (एनपिएल) मा चौकामा एक र छक्कामा दुई
विजय र एरिका सर्वश्रेष्ठ वर्ष खेलाडी
काठमाडौँ, पुस २१ गते । उसुका विजय सिँजाली र एरिका गुरुङ शनिबार १९ औँ एनएनआइपिए स्पोर्ट्स अवार्ड–२०८० अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत हुनुभएको छ । विभिन्न २९ खेलमध्ये पुरुषमा विजय र महिलामा एरिका सर्वश्रेष्ठ खेलाडी चुनिनुभएको हो । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए) को आयोजनामा तारकेश्वर नगरपालिकाको मनमैजु मन्दिर हातामा भएको कार्यव्रmममा विजय र एरिकालाई जनही एक लाख रुपियाँसहित ट्रफी प्रदान गरियो । यसै गरी प्रतिभाशाली खेलाडीको अवार्डबाट पुरुषमा तेक्वान्दोका अश्विन राउत र महिलामा कबड्डीकी मानमती विष्ट पुरस्कृत हुनुभयो । दुवैले ट्रफीसहित समान ५०–५० हजार रुपियाँ पुरस्कार पाउनुभयो । तेक्वान्दोकी पलेशा गोवर्धनलाई वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्डसहित १५ हजार रुपियाँ प्रदान गरियो । गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट एथलेटिक्सका रघुराज वन्त र एनएनआइपिए खेल पत्रकारिता पुरस्कारबाट हाम्रो खेलकुद र न्युज एजेन्सी नेपालकी सरिता श्रेष्ठ सम्मानित हुनुभयो । दुवैले प्रशंसापत्रसहित समान ३५–३५ हजार रुपियाँ पुरस्कार पाए । सो कार्यव्रmममा विभिन्न २९ खेलका उत्ति नै खेलाडीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड हात पारे । नेपालका लोकप्रिय खेल फुटबलमा प्रीति राई, व्रिmकेटमा कुशल मल्ल र भलिबलमा निरुता ठगुन्ना वर्षका उत्कृष्ट खेलाडी घोषित हुुनुभयो । यसै गरी फेन्सिङका राजेन्द्र गजुरेल, गल्फका सद्भाव आचार्य, ह्यान्डबलकी सङ्गीता चौधरी, जुडोका विकास विक, कबड्डीकी मानमती, कराँतेकी एरिका गुरुङ, रग्बीका पुजन फेवाली, सुटिङका विशेष खड्का, स्क्वासकी स्वास्थानी श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह, टेबलटेनिसकी इभाना थापा, तेक्वान्दोका अश्विन, टेनिसकी निशा श्रेष्ठ, ट्रायथलनकी श्रेवी महर्जन, भारोत्तोलनकी विद्या राई, कुस्तीका सुरेश चुनारा, उसुका विजय सिँजाली, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलका विजय बुर्जा, बक्सिङका चन्द्रबहादुर थापा, क्यानोइङका गणेश गुरुङ, साइक्लिङकी उषा खनाल, डान्स स्पोर्ट्सका श्याम महर्जन र ई स्पोर्ट्सका साहस भण्डारी पनि आआफ्नो खेलमा वर्षका सर्वश्रेष्ठ खेलाडी चुनिनुभयो । आयोजक एनएनआइपिएले अर्को संस्करणको स्थानीय आयोजक बनेपा नगरपालिका हुने जानकारी दिएको छ ।
एपिएफको जितमा रश्मिको ह्याट्रिक
काठमाडौँ, पुस २१ गते । रश्मिकुमारी घिसिङको ह्याट्रिकको सहयोगमा नेपाल एपिएफ क्लबले शनिबार बागमती युवा क्लबलाई ५–१ ले हराएर एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा पहिलो जित हात पारेको छ । बागमतीको यो लगातार दोस्रो हार भएको छ । यसअघि बागमती उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित भएको थियो ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा गीता राना र अनिता केसीले पनि गोल गर्नुभयो । बागमतीका लागि पुष्पाकुमारी खड्काले गरेको गोल सान्त्वना मात्र बन्यो । रश्मिकुमारीले खेलको १२ मिनेट बित्दा दुई गोल गरिसक्नुभएको थियो । खेलको ५९ औँ मिनेटमा रश्मिकुमारीले आफ्नो ह्याट्रिक पूरा गर्नुभयो । पहिलो चरणमा सर्वाधिक गोलकर्ता रश्मिकुमारी खेल सकिएपछि ‘प्ले अफर अफ दी म्याच’ घोषित हुनुभयो । पहिलो चरणमा एपिएफले बागमतीलाई ७–० ले हराउँदा पनि रश्मिकुमारी एक्लैले पाँच गोल गर्नुभएको थियो । यसबिच खेलको १७ औँ मिनेटमा पुष्पाले गोल गरी स्कोर २–१ पार्नुभएको हो । एपिएफका डिफेन्डर र गोलरक्षकबिच तालमेल हुन नसकेको फाइदा उठाउँदै पुष्पाले गोल गर्नुभएको हो । यद्यपि खेलको २७ औँ मिनेटमा गीताले गोल गरेपछि एपिएफले १० मिनेटपछि नै पुनः अग्रता दोब्बर बनाएको थियो । एपिएफका लागि पाँचौँ तथा अन्तिम गोल अनिताले ७० औँ मिनेटमा गर्नुभयो ।
मकवानपुर–काठमाडौँ सडक पन्ध्र दिन बन्द
मकवानपुरलाई काठमाडौँसँग जोड्ने वैकल्पिक मार्ग महालक्ष्मीखोला–मातातीर्थ–सतुङ्गल सडक स्तरोन्नतिका लागि बन्द गरिने भएको छ । मकवानपुरको महालक्ष्मीखोला–मातातीर्थ
विकासे अड्डाको बजेट खर्च निराशाजनक
रामेछाप जिल्लामा रहेका विकासे अड्डाको बजेट खर्चको अवस्था कमजोर देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को छ महिना बित्नै लाग्दा ठुला योजना कार्यान्वयन गर्दै आएका विकासे अड्डाको विकास बजेट खर्चको अवस्था न्यून देखिएको हो ।
कुराउनीले फेरियो पहिचान
बागमती प्रदेशको राजधानी हेटौँडाको बुद्ध चोकबाट आठ किलोमिटरको दुरीमा रहेको चुच्चेखोलाले छुट्टै पहिचान बनाएको छ । कान्ति राजपथ हुँदै हेटौँडा–काठमाडौँ आउजाउ
बिपी राजमार्ग पुनर्निर्माणमा अन्योल
असोज दोस्रो साता आएको बाढीपहिरोका कारण बिपी राजमार्ग क्षतिग्रस्त भएको तीन महिना पूरा हुँदा पनि पुनर्निर्माणका लागि अहिलेसम्म सम्बन्धित निकायको ध्यान जान सकेको छैन भने सडक निर्माणमा अन्योल देखिएको छ । क्षतिग्रस्त राजमार्ग अस्थायी रूपमा सञ्चालन भएको महिनौँ हुँदासम्म यसको दिगो पु
नेवाः दबू काठमाडौं महानगर समितिको अध्यक्षमा अर्विन्द्रमान
नेवारहरूको राष्ट्रिय संगठन नेवा देय् दबूको काठमाडौं महानगर समितिको अध्यक्षमा अर्बिन्द्रमान सिंह सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज भएको दोश्रो अधिवेशनबाट उहाँलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
पत्रकार श्यामसुन्दर पुडासैनीको अन्त्येष्टि
हृदयघातका कारण निधन हुनुभएका नुवाकोटको बेलकोटगढी नगरपालिका–९ निवासी पत्रकार श्यामसुन्दर पुडासैनीको आज अन्त्येष्टि गरिएको छ।
चेम्बर अफ कमर्सको अध्यक्षमा बुढाथोकी
दोलखा चेम्बर अफ कमर्सले नयाँ नेतृत्व पाएको छ । शनिबार दोलखा सदरमुकाम चरीकोटमा सम्पन्न छैटौं साधारणसभा एवं तेस्रो जिल्ला अधिबेशनले अध्यक्षमा रुद्रजंग बुढाथोकीसहित कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
नेता कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसदमा सम्बोधन गर्ने हुनुभएको छ । उहाँले यही १३ जनवरी २०२५ का दिन संसद भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्नुहुने उहाँको निजी सचिवालयले जनाएको छ ।
अनुशासित ढङ्गले सङ्गठन विस्तारमा लाग्न आग्रह
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले अनुशासित ढङ्गले पार्टीको सङ्गठन विस्तारमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ।
सहकारी उत्पादनसँग जोडिनुपर्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारीलाई उत्पादनसँग जोड्नु आवश्यक रहेको बताउनुभएको छ । दिगो पर्यटन सहकारी संस्थाको १४ औं साधारण सभाको आज उद्घाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
‘सूचना पर्याप्त हुने व्यक्ति नै धनी मानिन्छ’
राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्वन्धि समसामयिक सवाल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशहरुसहित भएको कार्यक्रममा सूचनाको हक कार्यान्वयनका लागि गरिने न्याप सम्पादनमा दुबै पक्ष लाग्ने बिषयमा जोड दिइएको छ ।
मलेसिया र सिङ्गापुरको काठ आयात रोक्नुपर्छ : सांसद थापा
नेपाली कांग्रेसका नेत्री एवम् प्रतिनिधि सभा सदस्य कुसुमदेवी थापाले नेपालको कान्छो जिल्ला रुकुमपूर्वले सम्भावना बोके पनि आवश्यक बजेट विनियोजन नहुँदा विकास निर्माणमा पछि परेको बताउनुभएको छ।
पत्रकार पुडासैनीको निधन
पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । प्रेस चौतारी नेपालको एसाेसिएट प्रदेश उपाध्यक्षको जिम्मेवारीमा रहनुभएका पुडासैनीको गएको राति उपचारको क्रममा ३३ वर्षको उमेरमा निधन भएको हो ।
हवाई भाडा घटेकोमा स्वागत
दक्षिण कोरियामा सक्रिय विभिन्न नेपाली सङ्गठनहरूले नेपाल र दक्षिण कोरियाबिचको हवाई भाडादार घटाउने निर्णयको स्वागत गर्दै पहल कदमीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे लगायतका नेताप्रति आभार व्यक्त गरेका छन् ।
महानगरहरू गर्दैछन् वायु प्रदूषण नियन्त्रणको प्रयास
काठमाडौं उपत्यका मेयर फोरमका अध्यक्ष चिरीबाबु महर्जनले वायु प्रदूषण नियन्त्रणका लागि सवारी साधनको धुवाँ चेकजाँचको काम निकट भविष्यमै सुरु हुने बताउनुभएको छ ।
टनेलमा तरकारीखेती
काठमाडौँ, पुस २० गते । बुढानिलकण्ठ नगरपालिका १३ स्थित चुनिखेलमा प्लास्टिकका टनेलमा व्यावसायिक रुपमा गरिएको तरकारीखेती । तस्बिरः रासस
बितेको वर्ष : न बिस्मात न हर्ष
मेसोपोटामियाबाट मनाउन थालिएको इस्वी संवत् २०२५ मा विश्व प्रवेश गरेको छ ।
लाखौँ रकम दुरुपयोग न वधशाला न औजार
करिब दुई दशकअघि सदरमुकाम चरीकोटमा शुद्ध मासु बिक्री वितरण गर्ने उद्देश्यले निर्मित अत्याधुनिक वधशालाको अहिले नामोनिसान पनि छैन । गत २०६१ सालमा तत्कालीन
अत्याधुनिक सुरक्षा जाँच चौकी स्थापना गरिँदै
बागमती प्रदेश सरकारले बागमती प्रदेश प्रवेश गर्ने नाकामा आठ स्थानमा अत्याधुनिक सुरक्षा जाँच चौकी निर्माण प्रक्रिया अगाडि बढाएको छ ।