• २२ पुस २०८१, सोमबार

नेता कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने

blog

नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला ।

काठमाडौँ, पुस २० गते । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसदमा सम्बोधन गर्ने हुनुभएको छ । उहाँले यही १३ जनवरी २०२५ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्नुहुने उहाँको निजी सचिवालयले जनाएको छ ।

उक्त कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहनेछ । नेता कोइराला बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेस्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदै हुनुहुन्छ । रासस