उपनिर्वाचन : ४२ पदका लागि ४०७ को उम्मेदवारी
आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४२ पदका लागि चारसय सात जनाको मनोयनपत्र दर्ता भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त जम्मा आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
रविलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंसिर ८ गतेदेखि दोस्रो चरणको विरोध प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ ।
कीर्तिपुर नगर प्रमुखमा २० उम्मेदवारी, ११ जना स्वतन्त्र
कीर्तिपुर नगरपालिका प्रमुखमा आइतबार २० जनाको उम्मेदवारी परेको छ। कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार प्रमुख पदमा नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा (एमाले) का डा. सुरेन्द्र मानन्धर, नेकपा (माओवादी केन्द्र) का डा. शिवशरण महर्जनले उम्मेदवारी दर्ता गर्नुभएको छ।
तनहुँ बस दुर्घटना हुँदा चालकको मृत्यु
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-५ गोरचौतारामा आज भएको बस दुर्घटनाका घाइतेमध्ये एक चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बस चालक तनहुँको ऋषिङ पाटन घर भई हाल कास्कीको चाउथे बस्ने ३९ वर्षीय रामबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश सदस्य सचिव लामा सम्मानित
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी सङ्घले प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य सचिव दीपक लामालाई आइतबार सम्मान गरेको छ ।
सिकलसेल उपचारका लागि वार्ड स्थापना
थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेलको उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना गरिएको छ ।
श्रीलङ्काली कम्युनिष्ट पार्टीले गरेको सफलताप्रति एमालेको बधाई
श्रीलङ्कामा हालै (१४ नोभेम्बर, २०२४ मा) सम्पन्न संसदीय निर्वाचनमा कम्युनिष्ट पार्टीले सानदार विजय प्राप्त गरेकोमा नेकपा (एमाले) ले खुसी प्रकट गरेको छ ।
कीर्तिपुर नगरप्रमुखमा १७ को उम्मेदवारी, स्वतन्त्र नौ जना
कीर्तिपुर नगरपालिका प्रमुखमा आइतबार दिउँसो ३ः४५ सम्म जम्मा १७ जनाको उम्मेदवारी परेको छ।
कीर्तिपुर नगरपालिका कार्यवाहक प्रमुखको कार्यकक्षमा तोडफोड
कीर्तिपुर नगरपालिकाका कार्यवाहक प्रमुख शुभलक्ष्मी शाक्यको कार्यकक्षमा तोडफोड भएको छ।कीर्तिपुर नगरपालिकाका कार्यकारी अधिकृतलाई भेट्न जानुभएका वडा नम्बर ३ का वडाध्यक्ष सुवीन्द्र महर्जनले धेरै समय कुर्नु परेको भन्दै कार्यकक्षमा तोडफोड गर्नुभएको हो।
पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन
पूर्व सभामुख दमननाथ ढुंगानाको निधन भएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत उहाँको आइतबार निधन भएको नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
काठमाडौं १६ को अध्यक्ष पदमा पाँचजनाको उम्मेदवारी दर्ता
काठमाडौं महानगरपालिका वडा नं. १६ को रिक्त्त वडा अध्यक्ष पदमा आइतबार दिउँसो २ बजेसम्म ५ जनाको उम्मेदवारी दर्ता भएको छ ।
मलेसिया वन मन्त्रालयका कर्मचारीलाई उद्धार तालिम
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको पर्वतीय प्रशिक्षण प्रतिष्ठानले मलेसियाको वन मन्त्रालयमा कार्यरत २१ कर्मचारीलाई उद्धार तालिम प्रदान गरेको छ ।
लामामाथि आक्रमण गरेको अभियोगमा थप एक पक्राउ
प्रहरीले काठमाडौँको लाजिम्पाटस्थित पानी पोखरीमा घरजग्गा व्यवसायी नुवाकोटको ककनी गाउँपालिका–६ घर भई टोखा नगरपालिका–३ ग्राण्डी बस्ने ३५ वर्षीय विक्रम लामामाथि आक्रमण गरेको अभियोगमा थप एक जनालाई पक्राउ गरेको छ ।
मन्त्री यादवद्वारा खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न निर्देशन
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गरी पानी सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
राष्ट्रपति रामचन्द्र पौडेलले भारतका स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीलाई आगामी बिहीबार नेपाली सेनाको ‘मानार्थ महारथी’को सम्मान प्रदान गर्दै हुनुहुन्छ ।
टेलिकमको अवरुद्ध सेवा सञ्चालन
नेपाल टेलिकमको मोबाइल सेवा आज बिहान केही समय अवरुद्ध भएको थियो । बिहान १०:४५ देखि ११:३० बजेसम्म मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई असुविधा भएको छ ।
गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादसहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ ।
थापाद्वारा बिपी अध्ययन केन्द्रको उद्घाटन
नेपाली काँग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको नवनिर्मित भवन ‘बिपी अध्ययन केन्द्र’ को नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गर्नुभएको छ ।
क्षमताभन्दा तेब्बर कैदीबन्दी पुगेपछि व्यवस्थापनमा कठिनाइ
जिल्लाको कारागार कार्यालय भरतपुरमा चार्डपर्वको समयमा ५९ जना कैदीबन्दी थपिएका छन् । गत असोज १५ गते सात सय ५६ कैदीबन्दी रहेको कारागारमा कात्तिक मसान्तसम्ममा ८१५ कैदीबन्दी रहेको कारागार कार्यालय भरतपुरले जनाएको छ ।
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने प्रस्ताव
नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि यहाँ सुरु भएको छ । सोमबारसम्म सञ्चालन हुने बैठकमा सीमापार अपराध नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश निषेध गर्ने विषयमा साझा निष्कर्ष निकालिने सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राससलाई जानकारी दिनुभयो ।
यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही हुन्छः मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
भकारी बिक्री गर्न हिँडेका महिला उद्यमी
नुवाकोट, मङ्सिर २ गते । धादिङबाट धुन्से–भकारी बिक्रीका लागि शनिबार नुवाकोटको त्रिशूलीमा आएका महिला उद्यमीहरु । बाँसको चोया र निगालोबाट बनेका हस्तकलाका सामग्री गुणस्तरीय हुने हुँदा गाउँघरमा यसको माग धेरै छ ।तस्बिरः रासस
अफगानिस्तानविरुद्ध १३ वर्षपछि नेपालको जित
जिलेस्पीजङ्ग कार्की र रोहित चन्दको गोलको सहयोगमा नेपालले शनिबार तीनदेशीय अन्तर्राष्ट्रिय मैत्री फुटबल शृङ्खलामा अफगानिस्तानलाई २–० ले हराएको छ ।
बाढीपहिरो प्रभावित पालिकालाई रकम
सरकारले गत असोज १० देखि १२ गतेसम्मको बाढीपहिरो र डुबानबाट प्रभावित रामेछापका सबै पालिकालाई क्षति पु¥याएका स्थानका वस्तु, सेवा तथा संरचनाको मर्मतसम्भार तथा व्यवस्थापनका लागि रकम पठाएको छ ।