डिपो स्थानान्तरणमा ढिलाइ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सिनामङ्गलमा रहेको हवाई इन्धन डिपो स्थानान्तरणमा ढिलाइ भएको छ ।
भिजिट भिसा दुरुपयोगबारे अध्ययन गर्न टोली गठन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भम्रण भिसाको दुरुपयोग रोक्ने विषयमा अध्ययन गर्ने निर्णय गरेको छ ।
घरजग्गा कारोबारबाट पौने तीन अर्ब राजस्व
चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिकमा घरजग्गा कारोबारबाट पौने तीन अर्ब रुपियाँबराबरको राजस्व सङ्कलन भएको छ ।
प्रधानाध्यापकलाई छ महिना कैद
नक्कली परीक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिन लगाउने धुम्बाराहीस्थित प्रोलिफिक सेकेन्डरी विद्यालयका प्रधानाध्यापक गोपालबहादुर महतलाई छ महिना कैद र पाँच हजार रुपियाँ जरिबानाको फैसला भएको छ ।
सिंहदरबारभित्र बाह्र अर्बभन्दा बढीको निर्माण
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र करिब १२ अर्ब ३१ करोड ४१ लाख रुपियाँको लागतमा चार वटा भवन निर्माणको काम द्रुत गतिमा भइरहेको छ ।
पुनर्निर्माण भइरहेको नुवाकोटको साततले दरबार
चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको नुवाकोटको साततले दरबार ।
एकल कर प्रणाली बनाउनुपर्ने माग
नेपाल चेम्बर अर्फ कमर्सले निजी क्षेत्रले सहज रुपमा व्यवसाय गर्नका लागि राज्यले एकल कर प्रणाली बनाउनु पर्ने माग गरेको छ ।
शतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आइतबार सम्पन्न भएको छ । बैठकमा मन्त्रालय अन्तर्गत निकायको चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो त्रैमासिक प्रगति समिक्षामा मन्त्री विद्या भट्टराईले शतप्रतिशत नतिजा निकाल्नेगरी काम गर्न निर्देशन दिनुभएको छ ।
एन्टिबायोटिकको दुरुपयोग रोक्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिजैविक प्रतिरोध (एन्टिबायोटिक) औषधीको असरलाई न्यूनीकरण गर्न (फैलावट रोक्ने) आफ्नो तहबाट सक्दो पहल गर्न सबैसँग आग्रह गर्नुभएको छ ।
मलेखु–मुग्लिन सडकको काम चाडपर्वपछि तीव्र गतिमा
पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकको काम चाडपर्व सकिएसँगै तीव्र बनाइएको छ । सम्झौताको आधा समय बितिसक्दा पनि कामले गति लिन नसकेपछि पछिल्लो समय कामलाई तीव्र बनाइएको हो ।
पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि
पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु
पृथ्वी राजमार्ग हुँदै काठमाडौँतर्फ जाँदै गरेको ग्यास बुलेटको ठक्करबाट सोमबार एक महिलाको मृत्यु भएको छ ।
जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
जलवायु परिवर्तन न्यूनीकरणका लागि साझेदारी गरेर अगाडि बढ्नका लागि नेपालले बङ्गादेशलाई आग्रह गरेको छ ।
ग्यास बोकेको गाडीको ठक्करले महिलाको मृत्यु
पृथ्वी राजमार्गको फिस्लिङमा सोमवार दिउँसो ग्यास बोकेको गाडीले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात्री महिलाको मृत्यु भएको छ । ईच्छाकामना गाउँपालिका वडा नम्वर ३ फिस्लिङमा भारतबाट बनेपातर्फ जाँदैगरेको एनएल ०१ एन ०२८० नम्बरको भारतीय ग्यास बुलेटले पैदल यात्रुलाई ठक्कर दिएको हो ।
पूर्व सभामुख ढुङ्गानाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गरेको छ ।
‘विकासशील मुलुकमा स्तरोन्नति हुँदा स्टार्टअप उद्यमको विकास गर्नु अपरिहार्य’
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अतिकम विकसित मुलुक (एलडीसी)बाट नेपाल विकासशील मुलुकमा रूपान्तरण हुँदा स्टार्टअप उद्यमको विकास गर्नु अपरिहार्य रहेको बताउनुभएको छ ।
नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदा धेरै चुनौती आउँछन् : सचिव मरासिनी
राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले नेपाल एलडीसीमा हुँदा पनि धेरै आर्थिक वृद्धिको क्षेत्रमा काम गर्न नसकेको बताउनुभएको छ ।
चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु
आगामी शुक्रबारबाट प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘अग्निदहन’ मा महिलामाथि भएका हिंसाका घटनाहरू उठाइएको छ ।
प्रतिजैविक औषधीको उचित प्रयोग गर्न आह्वान
प्रतिजैविक औषधीको उचित प्रयोग गर्न आह्वान गरिएको छ । प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२४ का अवसरमा विशेष सन्देश जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले प्रतिजैविक औषधीको उचित प्रयोग गर्न आह्वान गर्नुभएको हो ।
पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा कांग्रेसले मङ्गलबार कार्यालय बन्द गर्ने
नेपाली कांग्रेसले पूर्वसभामुख एवम् पार्टीका नेता दमननाथ ढुङ्गानाको निधनको शोकमा मङ्सिर ४ गते पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
चेक बाउन्स मुद्दामा लामा पक्राउ
चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका काभ्रेपलान्चोकको तेमाल घर भई हाल काठमाडौँ महानगरपालिका–४ बस्ने सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली माछाले बजार पाएन
भारतीय माछाका कारण नेपाली माछाले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । सिमाबाट भन्सार छलेर आएका माछाका कारण यहाँ उत्पादित माछाले बजार पाउन नसकेको किसानहरुले गुनासो गरेका छन् ।
त्रिभुवन राजपथमा ट्रक दुर्घटना : चालकसहित तीन घाइते
त्रिभुवन राजपथ सडक अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ९ स्थित महाभीर खोल्सामा ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
प्रधानमन्त्रीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको छ । सोमबार ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उहाँले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।