नसामुक्त नेपालका लागि पदयात्रा
भगवती मानव कल्याण सङ्गठनले मङ्सिर ७ गते नसामुक्ति जनजागरण पदयात्रा गर्ने भएको छ ।
‘जलवायु वित्त ऋण होइन अनुदान’
विश्वका विकसित राष्ट्रले जलवायु परिवर्तनको असर भोगिरहेका कार्बन उत्सर्जन नगर्ने देशहरूलाई प्रदान गर्ने प्रतिबद्धता गरेका जलवायु वित्तलाई ऋणका रूपमा नभई अनुदानका रूपमा प्रदान गर्नुपर्ने मागसहित ध्यानाकर्षण गराइएको छ ।
चीनको अनुभवबाट नेपालले लाभ लिनुपर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा त्यहाँको अनुभवबाट सिकेर नेपालले फाइदा लिन सक्नुपर्ने कुरा प्राथमिकतामा राख्न विज्ञहरूले सुझाव दिएका छन् ।
स्थानीय तह उपनिर्वाचन, आज उम्मेदवारी दर्ता
स्थानीय तह उपनिर्वाचन २०८१ का लागि मङ्सिर २ गते आइतबार उम्मेदवारी दर्ता हुँदै छ ।
सिटिइभिटीको परीक्षा बोर्डबाटै
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालित शिक्षालयको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको काम राष्ट्रिय परीक्षा बोर्डबाट गर्ने तयारी भएको छ ।
आयोग–मेडिकल कलेज द्वन्द्व, सात सय विद्यार्थीको भविष्य अन्योलमा
चिकित्सा शिक्षा आयोग र निजी मेडिकल कलेजहरूको द्वन्द्वका कारण चिकित्सातर्फ स्नातकोत्तर तहमा अध्ययन गर्ने सयौँ विद्यार्थी पोस्ट ग्य्राजुएट (पिजी) अध्ययन गर्नबाट वञ्चित हुने भएका छन् ।
कीर्तिपुर प्रमुखमा काँग्रेसबाट डङ्गोल उम्मेदवार
मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन २०८१ अन्तर्गत नेपाली कांग्रेसले काठमाडौँ जिल्ला कीर्तिपुर नगरपालिकाको नगर प्रमुख पदमा कृष्णमान डङ्गोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
श्रम शिविर–धान चुटाई
नेपाल कम्युनिस्ट पार्टी (एमाले)निकट अखिल नेपाल किसान महासंघको ‘श्रम शिविर’अन्तर्गत महासंघको काभ्रेपलान्चोकको मण्डनदेउपुर नगर कमिटिद्वारा आयोजित कार्यक्रममा शनिबार मण्डनदेउपुरमा धान चुट्दै ।
माओवादी केन्द्र समाप्तिको बाटोमा छ : पूर्वमन्त्री गुरुङ
सत्तारुढ नेकपा (एमाले) का पोलिटव्युरो सदस्य तथा पूर्व सञ्चारमन्त्री पार्वत गुरुङले नेकपा (माओवादी केन्द्र) समाप्तीको बाटोमा रहेको बताउनुभएको छ ।
श्रमको सम्मान नगरी मानिस बन्न सकिदैन : मन्त्री भट्टराई
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय तहमा कृषि शिक्षालाई जोड दिई किसान र श्रमलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ ।
आइतबारदेखि निर्वाचन आचारसंहिता लागू हुने
आसन्न स्थानीय तह उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।
राजनीतिकरुपले बुद्ध धर्म दुरुपयोग गर्न मिल्दैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा कुनै विभाजन हुन नहुने बताउनुभएको छ । बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गर्ने कामलाई निषेध गर्नुपर्ने उहाँको भनाइ छ ।
खेल राष्ट्र, स्वास्थ्य र प्रतिष्ठाका लागि महत्त्वपूर्ण छ: सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले खेल खेल्नका लागि मात्रै नभएर राष्ट्र, स्वास्थ्य र प्रतिष्ठाका लागि महत्त्वपूर्ण भएको बताउनुभएको छ ।
ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
भक्तपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
‘सहकारीमा देखिएको समस्या समाधान हुनैपर्छ’
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य तथा प्युठान–१ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएका सूर्यबहादुर थापा क्षेत्री एक कुशल युवा नेता तथा सांसद हुनुहुन्छ ।
भालुको आक्रमणबाट वृद्धको मृत्यु
सिन्धुलीको मरिण गाउँपालिका-१ कात्तिके निवासी ७२ वर्षीय गोपीलाल घिसिङको जङ्गली भालुको आक्रमणबाट मृत्यु भएको छ ।
कांग्रेसको सय दिने अभियान चितवनमा सुरु
नेपाली कांग्रेसले सुरु गरेको सय दिन अभियान चितवनमा सुरु भएको छ । कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार चितवनमा शनिबार पत्रकार सम्मेलन गरेर अभियान सुरु भएको हो ।
राष्ट्रिय कर दिवस: उत्कृष्ट करदाता सम्मानित
सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा आज सम्मान गरिएको हो ।
कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूले असरको क्षतिपूर्ति दिनुपर्छ
राष्ट्रिय सभाका सदस्य डा. अन्जान शाक्यले बढ्दो हरित गृह ग्यासको उत्सर्जन लगायतका कारण नेपालले जलवायु परिवर्तनजन्य असर निरन्तर भोग्नु परेको भन्दै यसको क्षतिपूर्ति पाउनु पर्ने प्रस्ताव राख्नु भएको छ ।
परागको अनुराग !
तब पो ऋतुकी रानी शरद ऋतु ! दसैँतिहार, छठ जस्ता महापर्वले नयाँ उत्साह, जाँगर र चेतना चम्काएको ।
संस्कृति जीवन्त राख्ने तिहार
नेपाल संस्कृति, चाडपर्वको धनी देश हो । हाम्रा जातजाति, भौगोलिक परिवेश अनुसार भिन्नाभिन्नै चाडपर्व छन् ।
सिलगढीमा साहित्यिक जमघट
उसो त धेरै पटक पुगिएको थियो, सिलगढी ।
थानकोटको सिन्दूरजात्रा
चन्द्रागिरि पर्वत शृङ्खलाको फेदीमा सुन्दर नगर छ थानकोट ।
अघि बढेन पुनर्निर्माण
मनसुनजन्य विपत्बाट घरबास गुमाएका सिन्धुपाल्चोकका प्रभावितको निजी आवास चार वर्षसम्म पनि बन्न सकेका छैनन् । २०७७ सालदेखि घरबास गुमाएर विस्थापित भएका परिवारको अहिलेसम्म निजी आवास बन्न नसकेको हो ।