• २३ पुस २०८१, मङ्गलबार

नेता कोइरालाले ‘वेस्ट मिनिस्टर’ मा सम्बोधन गर्ने

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस २२ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतको संसद् (वेस्ट मिन्स्टर) मा सम्बोधन गर्ने हुनुभएको छ । डा. कोइरालाको सचिवालयका अनुसार उहाँले पुस २९ (जनवरी १३) मा संसद् भवनभित्र आयोजना गरिने विशेष कार्यक्रममा सम्बोधन गर्नुहुने भएको हो । संसद्को उक्त कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्री र बेलायतका सांसदको उपस्थिति रहने छ ।

नेता डा. कोइराला बेलायतको एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेस्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा पुस २५ (जनवरी ९) मा त्यसतर्फ जाँदै हुनुहुन्छ । सचिवालयका अनुसार बेलायतको संसद् भवनभित्र यसरी त्यहाँका मन्त्री र सांसदलाई सम्बेधन गर्ने उहाँ पहिलो नेपाली नेता हुनुहुन्छ ।