समाज विभाजित गर्ने अभिव्यक्ति नेतृत्वले दिनुहुन्न : प्रमुख सचेतक बर्तौला
नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले समाजलाई विभाजित हुने किसिमका अभिव्यक्ति राजनीतिक नेतृत्वले दिनु नहुने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेताहरुको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने परिस्थितितर्फ उन्मुख भएको बताउनुभयो ।
मकवानपुर-काठमाडौं जोड्ने चखेल-मातातीर्थ सडक १५ दिन बन्द
मकवानपुर र काठमाडौं जोड्ने चखेल-मातातीर्थ सडक स्तरोन्नतिका लागि १५ दिन बन्द हुने भएको छ ।
घरमै सुत्केरी हुने दर शून्य बनाइने
घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन ज्वालामुखी गाउँपालिकाले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियान कार्यक्रमलाई तीव्रता दिएको छ ।
दाउन्ने ‘एग्रो फार्म’ रु १० करोडको ‘शेयर’ जारी गर्दै
दाउन्ने ‘एग्रो फार्म’ लिमिटेडले रु १० करोडको सर्वसाधारणका लागि ‘शेयर’ (आइपिओ) जारी गर्ने भएको छ । फार्म स्थापनापछिको सातौँ र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले रु १० करोडको आईपिओ जारी गर्ने निर्णय गरेको हो ।
निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान
पछिल्लो एक दशक टेलिकम सेवाप्रदायकका लागि प्रतिकूल रह्यो । यस अवधिमा केही सेवाप्रदायक बन्द भए भने यस क्षेत्रबाट हुने समग्र आम्दानीमा पनि सङ्कुचन आयो ।
सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक हौँः अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
सीता र प्रतापकाे स्वरमा 'सत्य राम राम' सार्वजनिक
शास्त्रीय नृताङ्गना सीता सुबेदी तथा प्रताप दासको सत्य राम राम गीत सार्वजनिक गरिएको छ ।
हराए चौतारा र देउराली, मासिए आहाल अनि पोखरी
२०६४ सालको संविधानसभा निर्वाचनपछि रामेछापको ग्रामीण क्षेत्रमा सडक पूर्वाधार विकासले तीव्रता पायो । यो डेढ दशकमा गाउँ गाउँमा मात्रै होइन हरेक गाउँका घर घरमा सडक खनिए ।
जीर्ण बनेको रसुवा र नुवाकोट सिमाना फलाखु खोलाको पुल
रसुवा, पुस १९ गते । पासाङ्ल्हामु मार्गअन्तर्गत रसुवा र नुवाकोटको सिमाना वेत्रावतीस्थित फलाखुखोला माथिको जीर्ण अवस्थामा रहेको पक्की पुल । नेपाल–चीनको व्यापार आयात निर्यातको प्रमुख मार्गमा पर्ने यो पुल मर्मत सम्भार नहुँदा दुर्घटनाको जोखिम बढेको छ । तस्बिरः रासस
रोनाल्डो हात्ती
चितवन, पुस १९ गते । चितवनको साैराहास्थित राष्ट्रिय प्रकृति संरक्षण काेषको हात्तीसारमा रहेको भाले 'रोनाल्डो' हात्ती । तस्बिर : रासस
सहसचिवमा १८ र उपसचिवमा ५७ जना बढुवा सिफारिस
प्रशासन सेवातर्फका १८ जना सहसचिवमा र ५७ जना उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । कार्यक्षमताको मूल्याङ्कनबाट सहसचिवमा बढुवा सिफारिस भएकाहरूको नामावली आज गोरखापत्र दैनिकमा सूचना सार्वजनिक भएको हो ।
सशस्त्र प्रहरीमा एक हजारभन्दा बढीको भर्ना खुल्यो
सशस्त्र प्रहरीमा एक हजारभन्दा धेरै जनाका लागि भर्ना आवेदन खुला गरिएको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना आवेदन खुल्ला खुलेको हो ।
सेनाले प्रयोग गरेको जग्गामा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग
तनहुँको शुक्लगण्डकी नगरपालिका–७ खैरेनी टारमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । सेवाग्राहीलाई सहज रूपमा प्रशासनको सेवा प्रवाह गर्न तनहुँ क्षेत्र नं २ को खैरेनी टारमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको हो ।
एक दर्जन सडक निर्माणाधीन : प्रदेशको लगानीमा दुई वटा सडक कालोपत्रे
बागमती प्रदेश सरकारको लगानीमा दोलखामा दुई वटा सडक कालोपत्रे गरिएको छ । भौगोलिक रूपमा विकट रहेको कालिञ्चोक गाउँपालिका हुँदै बिगु गाउँपालिकासम्म पुग्ने सुनखानी–साङ्बा १५ किलोमिटर सडक कालोपत्रे गरिएको हो । सो सडक कालोपत्रे गरिएसँगै कालिञ्चोक गाउँपालिका र बिगु गाउँपालिकाबिच आवागमन सहज भएको छ ।
एमालेले जलविद्युत् नियमन गर्ने
नेपाल कम्युनिस्ट पार्टी (एमाले), दोलखाले पार्टी कार्यक्रम र बैठकलाई तीव्रता दिन थालेको छ । जिल्लामा राजनीतिक गतिविधि बढाएको दोलखा एमालेले गाउँ अभियान सुरु गर्ने भएको हो ।
समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण
कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
‘महिला लेखकलाई सार्वजनिक मञ्च कम’
लेखक कुमारी लामाले महिला लेखकले लेखेका कृति पढेर प्रतिक्रिया दिने र कृतिबारे छलफल गर्ने सार्वजनिक मञ्च कम दिने प्रवृत्ति रहेको बताउनुभएको छ ।
सिस्नोले बनायो आत्मनिर्भर
त्रिपुरासुन्दरी गाउँपालिका–२, लाटु चोकटीका १० जना थामी समुदायका महिला सिस्नुको पाउडर बनाई बिक्री गरेर आत्मनिर्भरतातर्फ उन्मुख भएका छन् ।
छयसट्ठी प्रतिशत माटोमा अम्लीयपन
खेती गर्नुअघि माटोको अनिवार्य परीक्षण गर्न थालेपछि किसानमा नयाँ हौसला जागेको छ ।
बजेट सुनिश्चित नभएका ठेक्का खारेज गर्न माग
नेपाल निर्माण व्यवसायी महासङ्घले स्रोतबिनाका ठेक्का तत्काल खारेज गर्न माग गरेको छ ।
विधेयकमा सांसद विभाजित
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका सदस्यहरू तिलगङ्गा नेत्र विश्वविद्यालयमा प्रस्तावित पदाधिकारीको सङ्ख्यालाई लिएर विभाजित भएका छन् ।
बिहान सात बजेदेखि विद्यालय चलाउन सुझाव
पूर्वकानुनमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य शेरबहादुर तामाङले विद्यालयको पठनपाठन बिहान ७ देखि दिउँसो १ बजेसम्म सञ्चालन गर्न प्रस्ताव गर्नुभएको छ ।
अन्तरसरकार समन्वय कमजोर
सङ्घीयता कार्यान्वयन भएको सात वर्ष भइसक्दा पनि अन्तरसरकार र अन्तरसम्बन्ध कायम गर्न स्थापित संस्थागत संयन्त्रहरू सक्रिय नबन्दा सङ्घीयता नै कमजोर बन्दै गएको छ ।
कालोसूचीमा बाह्र वटा निर्माण कम्पनी
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कामको जिम्मा लिई बर्सौंसम्म काम नगर्ने १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।