एमाले सचिवालय बैठक बस्दै
नेकपा एमालेको सचिवालय बैठक आज दिउँसाे १२ः३० मा पार्टी कार्यालय च्यासलमा बस्ने भएको छ ।
‘जलवायु परिवर्तनका असर न्यूनीकरणमा लागेका छौँ: मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले विकसित मुलुकले नेपाललाई जलवायु परिवर्तनमा पुर्याएको क्षतितर्फ बागमती सरकारको ध्यानाकर्षण भएको बताउनु भएको छ । मेलम्ची नगरपालिकाद्धारा पर्यटकीय नगरी गुफा डाँडामा आयोजित पाँचौँ जलवायु दिवसलाई सम्बोधन गर्नु हुदैं मुख्यमन्त्री लामाले विकसित राष्ट्रले औधोगिककरणका बिकास क्रममा कार्बन उत्सर्जनले नेपाल जस्ता मुलुकलाई गम्भीर असर पुगेकोले असर न्यूनीकरणमा बागमती प्रदेश सरकार गम्भीर भएर लागिरहेको बताउनु भएको छ ।
गत वर्ष साढे एघार लाख पर्यटक नेपाल भित्रिए
सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।
समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण
कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
सन् २०२४ : विमान दुर्घटनाको दुःखद् वर्ष
अङ्ग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो । ठूला–ठूला विमान दुर्घटना भए । ती दुर्घटनामा धेरै मानवीय क्षति बेहोर्नुपर्यो । सन् २०२४ समाप्ति हुनुभन्दा दुई दिनअघि अर्थात् डिसेम्बर २९ तारिखका दिन दक्षिण कोरियाको मुआनमा एक सय ८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुँदा एक सय ७९ जनाले ज्यान गुमाए । दुईजनालाई सुरक्षाकर्मीले भग्नावशेषबाट जीवितै उद्धार गरेका थिए ।
आज देशभरको मौसम सफा रहने
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।
डेढ अर्बको छुर्पी निर्यात
चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा झन्डै डेढ अर्ब रुपियाँ बराबरको छुर्पी निर्यात भएको छ ।
उद्यमीले पच्चिस लाखसम्म सुलभ कर्जा पाउने
सरकारले उद्यमशीलता प्रवर्धन गर्नका लागि औद्योगिक तथा लगानी प्रवर्धन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि ल्याएको छ ।
राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने
सरकारले पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ को आयोजना गर्ने भएको छ ।
डेढ लाख होटेल रेस्टुरेन्टमा दुई खर्ब लगानी
मुलुकभर झन्डै डेढ लाख होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । तिनमा दुई खर्ब १६ अर्ब रुपियाँको हाराहारीमा लगानी रहेको छ ।
दस वर्षमा बयसट्ठी खर्ब एकतिस अर्ब लगानी गर्ने लक्ष्य
ऊर्जा क्षेत्रको दीर्घकालीन विकासका लागि सरकारले ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना–२०८१ तर्जुमा गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको उक्त दस्ताबेज पुस १६ गते बसेको मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको हो ।
पैँतिस विमानस्थल सञ्चालनमा
कैलालीको टीकापुर विमानस्थलमा साताको तीन उडान सुरु भएसँगै देशभर सञ्चालनमा रहेका विमानस्थलको सङ्ख्या ३५ पुगेको छ ।
नयाँ पाठ्यक्रमको तयारी
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले यसै शैक्षिक वर्षदेखि नयाँ पाठ्यक्रम लागु गर्ने भएको छ ।
संसद्को हिउँदे अधिवेशन छिट्टै
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय संसद्को हिउँदे अधिवेशन छिट्टै बोलाइने बताउनुभएको छ ।
दलहरूले टेरेनन् आयोगलाई
राजनीतिक दलले निर्वाचन आयोगको निर्देशन पालना गर्न अटेर गरेका छन् । लेखा परीक्षण प्रतिवेदन नबुझाउने, प्रतिवेदन बुझाए पनि सार्वजनिक नगर्ने दललाई जरिबाना तोकिएकोमा आयोगले तोकेको समयावधिभित्र अधिकांश दलले जरिबाना बुझाएका छैनन् ।
स्वर्णलक्ष्मी सहकारी हिनामिना : एक अर्ब बिस करोड बिगो माग
काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनाबारे प्रहरीले अनुसन्धान पूरा गरेको छ ।
प्रेस चौतारी नेपालको महाधिवेशन मिति घोषणा
नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालले आफ्नो १० औँ महाधिवेशन आगामी फागुनमा गर्ने घोषणा गरेको छ ।
पूर्वाधार क्षेत्रमा बढ्दो गुनासोः उजुरीका चाङैचाङ
प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा पूर्वाधार निर्माणको क्रममा देखिएका विभिन्न गुनासासहित उजुरीको चाङ लागेको छ ।
‘नेपालमै उपचार गर्न सक्नेगरी पूर्वाधार विकास भएको छ’
नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले अब नेपालमै सबै रोगको उपचार गर्न सक्नेगरी पूर्वाधार विकास भइसकेको बताउनुभएको छ ।
‘गाउँ फर्क’को लिरिकल गीत सार्वजनिक
लेखक तथा निर्देशक विश्वमणि घिमिरे र एलबी कटवालको निर्देशनमा बन्ने जनचेतना मूलक टेलिश्रृङ्खला ‘गाउँ फर्क’को लिरिकल गीत सार्वजनिक भएको छ ।
रगत निःशुल्क उपलब्ध गराउनुपर्छ : महामन्त्री थापा
नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले आज यहाँ आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा उहाँले रगत दिनेले पनि निःशुल्क दिने भएकाले पाउनेले पनि निःशुल्क पाउनुपर्ने धारणा राख्नुभयो ।
देशको परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका अग्रणी छ : डा.शेखर कोइराला
नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देशको परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका अग्रणी रहेको बताउनुभएको छ ।
राष्ट्रपति पौडेलद्वारा नवनियुक्त राजदूतहरूलाई शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
प्रतिनिधिसभाका सचिव राईद्वारा शपथ ग्रहण
सङ्घीय संसद् प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको शपथ लिनुभएको छ । उहाँले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो ।