काठमाडौँ, पुस १९ गते । प्रशासन सेवातर्फका १८ जना सहसचिवमा र ५७ जना उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । कार्यक्षमताको मूल्याङ्कनबाट सहसचिवमा बढुवा सिफारिस भएकाहरूको नामावली आज गोरखापत्र दैनिकमा सूचना सार्वजनिक भएको हो ।
उपसचिवमा बढुवा सिफारिस भएकामध्ये प्रशासन सेवाका ३९, लेखाका ११ र राजस्वका ७ गरी जम्मा ५७ जना अधिकृत रहनुभएको छ । अब यो बढुवा सिफारिसमा चित्त नबुझाएकाहरुले सूचना प्रकाशित भएको आजको मितिदेखि ३५ दिनभित्र लोकसेवा आयोगको कार्यालयमा उजुरी दिन सक्नेछन् ।
बढुवा सिफारिस सूचना: