सुजन काफ्ले
चरीकोट, पुस २० गते । दोलखा चेम्बर अफ कमर्सले नयाँ नेतृत्व पाएको छ । शनिबार दोलखा सदरमुकाम चरीकोटमा सम्पन्न छैटौं साधारणसभा एवं तेस्रो जिल्ला अधिबेशनले अध्यक्षमा रुद्रजंग बुढाथोकीसहित कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
कार्यसमितिको बरिस्ठ उपाध्यक्षमा पुरुषोत्तम ठकुरी, प्रथम र द्वितीय उपाध्यक्षमा क्रमशः राजकुमार खड्का र लिलाबहादुर केसी चयन हुनुभएको छ ।संस्थाको महासचिवमा रामकृष्ण श्रेष्ठ, सचिब कृष्ण नेपाली, कोषाध्यक्षमा भरत बस्नेत र सहकोषाध्यक्षमा पबित्रा केसी सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।
कार्यसमिति सदस्यहरुमा नबराज खतिवडा, कुमार कार्की, बिनोद जिरेल, सिर्जना कुसुले, सागर प्रधान, सुनिना श्रेष्ठ, रोशन श्रेष्ठ र भिषा श्रेष्ठ रहनुभएको छ ।
निर्विरोध निर्वाचित कार्यसमितिलाई चेम्बर अफ कमर्शका केन्द्रीय अध्यक्ष कमलेशकुमार अग्रवाल र बरिस्ठ उपाध्यक्ष दिपक मलहोत्राले शुभकामना तथा बधाई ज्ञापन गर्नुभयो ।