• २२ पुस २०८१, सोमबार

पत्रकार श्यामसुन्दर पुडासैनीको अन्त्येष्टि

blog

श्यामसुन्दर पुडासैनीको अन्त्येष्टि भएको नुवाकोटको तादी र त्रिशूली नदीको सङ्गम देवीघाट । तस्बिर नवराज कुँवरको फेसबुकबाट

नुवाकोट, पुस २० गते। हृदयघातका कारण निधन हुनुभएका नुवाकोटको बेलकोटगढी नगरपालिका–९ निवासी पत्रकार श्यामसुन्दर पुडासैनीको आज अन्त्येष्टि गरिएको छ।

काठमाडौँको कपनस्थित कोठामा शुक्रबार राति १० बजे अचेत हुनुभएका ३३ वर्षीय पत्रकार पुडासैनीलाई उपचारका लागि चाबहिलस्थित हेल्पिङ ह्यान्डस अस्पतालमा पु¥याएलगत्तै निधन भएको थियो। शिक्षण अस्पतालमा शवको परीक्षणपश्चात् उहाँलाई तादी र त्रिशूली नदीको सङ्गम देवीघाट नुवाकोटमा अन्त्येष्टि गरिएको हो।

दाहसंस्कार गर्नुअघि उहाँको पार्थिव शरीरमा नेपाल पत्रकार महासङ्घ नुवाकोट जिल्ला शाखाका अध्यक्ष नमराज सुवेदीसहित जिल्लास्थित पत्रकार, शुभचिन्तकलगायत व्यक्तिले अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो। 

नेपाल भ्युज अनलाइनमा कार्यरत पुडासैनी शुक्रबार कार्यालयको काम सकेर कपनस्थित आफ्नो निवासमा फर्केलगत्तै हृदयघातका कारण अचेत हुनुभएको थियो। 

नुवाकोटबाट तेह्र वर्षअघि पत्रकारिता सुरु गर्नुभएका उहाँ यस अवधिसम्म एक दर्जनभन्दा बढी छापा, रेडियो, टिभी र अनलाइन माध्यममा आबद्ध भएर जोखिमपूर्ण खोज पत्रकारितामा सक्रिय रहँदै आउनुभएको थियो। रासस 

यो पनि पढ्नुहोस

पत्रकार पुडासैनीको निधन