कुखुरा खान आएको चितुवाको आक्रमणमा परी पाँच जना घाइते
नागार्जुन नगरपालिका– ८ दर्शनखोलामा बुधबार राती करिव १ः०० बजे कुखुरा खान आएको चितुवाले आक्रमण गर्दा स्थानीय पाँच जना घाइते भएका छन् ।
भृकुटीमण्डपमा आज पनि आगलागी
भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को स्टोरमा बुधबार लागेको आगो फेरि सुरु भएको छ । विहीबार विहानै देखि धुवाँ निस्किएपछि प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो ।
मेलम्ची बस्ती जोगाउन तटबन्ध
सिन्धुपाल्चोकको मेलम्चीबस्ती जोगाउन मेलम्ची कोरिडोरमा धमाधम तटबन्ध निर्माण भइरहेको छ । मेलम्ची नदी आसपासका बस्ती संरक्षणका लागि जालीगारो लगाउने काम तीव्र गतिमा भइरहेको हो । मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले नदीले कटान गर्न सक्ने र जोखिम निम्तिन सक्ने सडक, बजार र विद्यालय क्षेत्रमा तटबन्ध निर्माणको काम भइरहेको जानकारी दिनुभयो । गत वर्ष असार १ गते मेलम्चीमा आएको बाढीले क्षति पु-याएको हेलम्बुदेखि काभे्रको दोलालघाटसम्मको नदी कोरिडोरमा तटबन्ध निर्माण भइरहेको छ ।
लैङ्गिक हिंसाको न्यूनीकरणका लागि ध्यानाकर्षण
राष्ट्रिय महिला आयोगलाई अपाङ्गता भएका महिलामाथि हुने लैङ्गिक हिंसाको न्यूनीकरणका लागि ध्यानाकर्षणपत्र दिइएको छ ।
कविता प्रतियोगितामा सगुन तिमिल्सिना प्रथम
आदिकवि भानुभक्त आचार्यको २०९ औँ भानुजयन्तीको तथा गुरुपूर्णिमाको उपलक्ष्यमा आयोजित कविता प्रतियोगितामा सगुन तिमिल्सिना प्रथम हुनुभएको छ ।
काठमाडौँको रैथानेका रुपमा व्यवहार गर्न नगरप्रमुख वालेन्द्र साहको आग्रह
काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र साहले काठमाडौं महानगरका ६३ वटा टोल गुठीका थकाली र गुरुहरुलाई सम्मान गर्नुभएको छ ।
भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी, निभाउने कार्य जारी
काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बुधबार अपराह्न आगलागी भएको छ । प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो । अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।
खो खो राष्ट्रिय खेलाडीद्वय तालिमको लागि भारत प्रस्थान
एशियन खो खो संघ तथा भारतीय खो खो संघको निमन्त्रणामा मगंलबार दुईजना खेलाडी भारत प्रस्थान गर्नुभएको छ ।
बागमती प्रदेशसभा बैठक दिउँसो १ बजे
बागमती प्रदेशसभाको चालु दशौँ अधिवेशनको २५औँ बैठक आज बस्दैछ । गत असार १६ गते आगामी आर्थिक वर्षको बजेट पारित भएसँगै अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा बैठक आज बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
श्वासनलीमा अड्किएको पेन्सिल निकालियो
पनौती नगरपालिका–९ जाकिडोलका तीन वर्षीय बालक प्रयत्न श्रेष्ठको श्वासनलीमा अड्किएको पेन्सिल (सिसाकलम) शल्यक्रिया गरी निकालिएको छ । धुलिखेल अस्पतालले सफल शल्यक्रिया गरी श्वासनलीबाट पेन्सिल निकालेको हो ।
देउवा सरकारका वर्ष दिन
– पूर्ववर्ती केपी ओली सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल । – स्थानीय तहको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण रूपमा सम्पन्न भई सङ्घीय र प्रदेश सभाको चुनाव गर्ने सुनिश्चितता भएको छ ।
गैरआवासीय नेपालीको नागरिकता समस्याबारे पहल गर्ने अध्यक्ष दाहालको प्रतिवद्धता
ललितपुर, असार २८ गते। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गैरआवासीय नेपालीको नागरिकता सम्बन्धी समस्या हल गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ। मंगलवार खुमलटारमा गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलसँगको भेटघाटमा उहाँले भन्नुभयो, “गैरआवासीय नेपालीको समस्याका बारेमा हामीले पहिलेदेखि नै आवाज उठाउँदै आएका थियौं र अहिले पनि हाम्रै पहलमा सदनमा पेस भएको नागरिकता सम्बन्धी विधेयक पास गराएर समस्याको समाधानका लागि प्रतिवद्ध छौं।” भेटवार्तामा गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलले नागरिकता समस्या सहितका विषय समावेश गरेर सदनमा पेश भएको नागरिकता विधेयक ल्याउनमा माओवादीको तर्फबाट भएको पहलका लागि धन्यवाद दिएका थिए। उनीहरुले ८० लाख गैरआवासीय नेपालीको अधिकार सुनिश्चितताको पहल गर्न विधेयक सदनबाट पास हुनुपर्ने माग राखेका छन्। उक्त भेटघाट कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो। यसैगरी, संघका तर्फबाट संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, अध्यक्षद्वय कुल आचार्य र डा. बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युरोपका रिजनल कोर्डिनेटर चिन्तामणि सापकोटा, रमेश काफ्ले लगायतका व्यक्तित्वको उपस्थिति थियो।
सडकमा कार्यालय सञ्चालन गरेर विरोधमा उत्रिए वडाअध्यक्ष
काठमाडौं, असार २८ गते। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर नगरकोटका वडाअध्यक्ष धनबहादुर लामाले सडकमा कार्यालय सञ्चालन गर्नुभएको छ। उहाँले सोमबारदेखि सांकेतिक विरोध स्वरुप सडकमा वडा कार्यालयको काम सुरु गर्नुभएको हो।सडक निर्माणका लागि सरोकारवाला निकायमा पटक–पटक अनुरोध गर्दा पनि सडक लथालिङ्ग राखिएका कारण विरोध जनाउनुपरेको उहाँको भनाइ छ। लामा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट सो वडाको अध्यक्षमा निर्वाचित हुनुभएको हो।
एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश
नेकपा (एमाले)को भक्तपुर जिल्ला समिति परित्याग गरी एक दर्जन नेता कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
बाढीले क्षतिग्रस्त मेलम्चीको पूर्वाधार पुनःनिर्माण, राजधानीवासीलाई खानेपानी
विसं २०७८ असार १ गतेको बाढीले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची खानेपानी आयोजनाको पूर्वाधारमा ठूलो क्षति ग¥यो । जेठ अन्तिमसम्म हेलम्बुबाट सुरुङमार्ग हुँदै राजधानीमा खानेपानी आएको थियो । वर्षा लागेकाले सम्भावित बाढीले गर्नसक्ने क्षतिलाई ध्यान दिँदै त्यसै दिन सुरुङबाट पानी ल्याउन बन्द गरिएको थियो । आयोजनास्थलको पूर्वाधारमा क्षति गरे पनि सुरुङ त्यसै दिन रोकिएकाले खानेपानी प्रणाली ध्वस्त हुनबाट बचेको थियो ।
कृषिमा बागमतीको योगदान सत्र प्रतिशत
मुलुकभरको कृषि उत्पादनमा बागमती प्रदेशको योगदान १७ प्रतिशतभन्दा बढी छ ।राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा ३६.९ प्रतिशत योगदान रहेको बागमती प्रदेशको कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा भने १७.१२ प्रतिशत योगदान रहेको बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो ।
फोहोर व्यवस्थापन गरिने
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले आफ्नो पाँच वर्षीय कार्यकालमा सडक, पर्यटन, फोहोर व्यवस्थापन, खानेपानी, शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताउनुभएको छ । उहाँले बनेपाको फोहोर काठमाडौँ महानगरपालिकाले लैजाने स्थानमा व्यवस्थापन गरिँदै आएको बताउँदै काठमाडौँको फोहोर रोकिएको खण्डमा काभ्रेको समेत फोहोर रोकिने बताउनुभयो ।
प्रशासनद्वारा बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दैनिक तीन ‘सिफ्ट’मा सेवा सुरुआत गरेको छ । कार्यालयमा सेवाग्राहीको चाप बढेपछि कार्यालयले बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा दिन थालनी गरेको हो । कार्यालयमा सेवा लिन आउने राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाग्राहीको चाप अत्यधिक वृद्धि भएपछि प्रशासनले सेवाग्राहीलाई तीन सिफ्टमा दैनिक १२ घण्टा सेवा दिन सुरु गरेको हो । यही असार २७ गते बिहान ७ बजेबाट कार्यालयको सेवा प्रवाह समय दैनिक तीन सिफ्टमा विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।
समयसीमाअगावैै पुल निर्माण
सरकारी सार्वजनिक निर्माणका काम निर्धारित समयमा सम्पन्न नगर्ने प्रवृत्ति पछिल्लो समयमा बढ्दै गएको पाइएको छ । ठेक्का सम्झौताअनुसार काम पूरा नगर्ने ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्ने काम पनि हुँदै आएकोमा बागमती प्रदेशको प्रदेश यातायात पूर्वाधार निर्देशनालयमार्फत ठेक्का आह्वान गरिएको हेटौँडाको पुल भने निर्धारित समयभन्दा अगावै सम्पन्न भएको छ ।
हिंसापीडितलाई सीपमूलक तालिम
दोलखाको भीमेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा उज्यालो भविष्य दोलखाको आयोजनामा सञ्चालित हिंसापीडित महिलाका लागि पाँच दिने सीपमूलक तालिम सम्पन्न भएको छ । आइतबार तालिमको समापनमा नगरप्रमुख ईश्वरनारायण मानन्धरले मानवीय सम्वेदनालाई पहिलो प्राथमिकता दिने चुनावी घोषणपत्रमा उल्लेख रहेको जानकारी दिनुभयो ।
साझा समस्या समाधानका लागि संयुक्त प्रयास आवश्यक
काठमाडौँ उपत्यकामा दीगो फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी वितरण जस्ता साझा समस्याका रूपमा रहेका विषयलाई संयुक्त प्रयासबाट समाधान निकाल्नुपर्ने बताइएको छ ।
पुनःस्थापनाको पर्खाइमा मेलम्चीवासी
गत वर्ष बाढीका कारण घर बगाएर आश्रयविहीन बनेकाको पीडा एकाथरि छ भने घर भएर पनि असुरक्षित भएका स्थानीयबासीको पीडा बेग्लै छ । बाढीले नभत्काए पनि असुरक्षित बस्तीका घरमा नागरिक ढुक्कले बस्न पाएका छैनन् । गत वर्षको बाढीले बढी क्षति पुर्याएको हेलम्बु, पाँचपोखरी तथा मेलम्चीका बासिन्दालाई कतिबेला बाढी आउने हो भन्ने त्रासले छाडेको छैन ।
दोलखाका निजामती कर्मचारी संघसंगठनले बुझाए ज्ञापनपत्र
दोलखाका निजामती कर्मचारी संघसंगठनले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुुझाएका छन् ।
नागरिकता विधेयकबारे गृहमन्त्री खाणद्वारा माओवादी अध्यक्ष दाहालसँग छलफल
नेपाल सरकारले संघीय संसद्मा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्नुभएको छ ।