• १९ असार २०८१, बुधबार

देउवा सरकारका वर्ष दिन

blog

पूर्ववर्ती केपी ओली सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल । 

स्थानीय तहको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण रूपमा सम्पन्न भई सङ्घीय र प्रदेश सभाको चुनाव गर्ने सुनिश्चितता भएको छ । 

प्रतिनिधि सभामा विश्वासको मत पाएलगत्तै नागरिकलाई कोभिड–१९ को प्रकोपबाट जोगाउन सरकारको पहिलो प्राथमिकता हुने उद्घोषसहित खोप लगाउन योग्य सबै नागरिकलाई पूर्ण खोप दिलाउन सफल ।

 – कोरोना सङ्क्रमणबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न विशेष प्याकेज सार्वजनिक गर्दै अर्थतन्त्रलाई चलयमान बनाउन सफल । 

प्रधानमन्त्रीको सक्रियतामा विदेशी मुद्राको सञ्चिति गत जेठमा २९ अर्ब ९६ करोड रुपियाँले बढेर कुल ११ खर्ब ७६ अर्ब ८४ करोड रुपियाँ पुगेको छ । यसले अर्थतन्त्र सुधारात्मक बाटोमा भएको देखिएको छ ।

 – सबै मुलुकसँग प्रगाढ सम्बन्ध बनाउन राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति अवलम्बन गरी सबै मुलुकसँगको सम्बन्ध थप मजबुत भएको छ । 

आन्दोलनमा घाइते भई यथोचित उपचार नपाएकाहरूको उपचार व्यवस्था, अङ्गभङ्ग भएकालाई क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारीको व्यवस्था । 

गरिबीको रेखामुनि रहेका जनतालाई अत्यावश्यक वस्तु सुपथ मूल्यमा वितरण गर्न गरिब घर परिचयपत्रको व्यवस्था । 

ग्रामीण क्षेत्रमा आकस्मिक दुर्घटना, बाढीपहिरो, प्राकृतिक प्रकोपजस्ता विपत्को बेला सेवा प्रदान गर्न एयर एम्बुलेन्सको व्यवस्था । 

सङ्कटग्रस्त उद्योगधन्दा, पर्यटन व्यवसाय, सञ्चार, यातायातजस्ता क्षेत्र र श्रमजीवी, विपन्न, बेरोजगारलगायतको उत्थानका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था । 

नेपाली सिमेन्ट भारतीय बजारमा निर्यातको सुरुवात । 

क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक पाँच हजार रुपियाँ भत्ता प्रदान गर्ने निर्णय । 

अति विपन्न गरिब घरपरिवारलाई प्रतिघर परिवार दस हजार रुपियाँका दरले राहत दिने घोषणा । 

युवा विद्यार्थी लक्षित ‘पढ्दै–कमाउँदै’ कार्यक्रम र नारी समुदाय लक्षित ‘महिला–पहिला’ कार्यक्रम घोषणा । 

राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक नभएकाले प्रभावकारी रूपमा काम गर्ने गरी अनुगमन र मूल्याङ्कन संयन्त्र निर्माण । 

सम्भावित लगानीका क्षेत्रहरू पहिचान गरी निर्यातलाई बढाउने गरी परियोजना अघि बढाउने रणनीति तय गर्नुका साथै नेपाली उत्पादनलाई प्रोत्साहन दिन ‘मेक इन नेपाल’ कार्यक्रम घोषणा । 

विभिन्न क्षेत्रका महिलाको माग र आन्दोलनलाई ध्यान दिँदै मागअनुसार सेनेटरी प्याडमा बजेटमार्फत भन्सार छुट दिने घोषणा । 

स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानीमा प्रोत्साहन गर्न स्वागत र सम्मानको कार्यक्रम । 

जलविद्युत् र पर्यटनजस्ता क्षेत्रमा लगानी बढाउने गरी नीति तय । 

सन्तुलित ‘नेपाल पहिला’ परराष्ट्र नीति लागू । 

लगानीमैत्री वातावरणको सिर्जना गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम गर्न सफल । 

कोभिड–१९ को मारमा परेका उद्योगी–व्यवसायीलाई राहत प्याकेज । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काममा शीघ्रता । 

बाढी, पहिरो, डुबानको क्षतिबाट उद्धार, जनतालाई तत्काल राहत एवं पुनर्निर्माणका काम चुस्त रूपमा सम्पन्न ।

द्वन्द्वकालीन घटनामा छानबिन, पीडितलाई राहत एवं परिपूरणका लागि सङ्क्रमणकालीन न्यायिक संयन्त्र क्रियाशील । 

अमेरिकी सहयोगसम्बन्धी परियोजना (एमसीसी) संसद्बाट अनुमोदन । 

भूमि आयोगको गठन गरी भूमिहीन तथा सुकुम्बासी पहिचान र पुर्जा वितरणको थालनी । पाँच लाख भूमिहीनलाई पुर्जा वितरण गर्ने घोषणा । 

६८ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई भत्ता उपलब्ध गराउने निर्णय । 

‘किसानसँग सरकार’को नारासहित कृषिमा रूपान्तरणकारी योजना र बजेटमा उल्लेख्य वृद्धि ।

किसानलाई पेन्सनसहित प्रोत्साहन र राहतका योजना । 

जटिल प्रकारका रोग लागेका नागरिकलाई मासिक पाँच हजार रुपियाँ राहत भत्ता । 

गरिबीको रेखामुनि रहेका बिरामीका लागि ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध । 

वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियतपूर्ण कर्जा । 

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई लाखलाई रोजगारीको सुनिश्चितता । 

दुर्गमका २५ जिल्लाका सुत्केरीलाई पाँच हजार पोषण खर्च प्रदान । 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको सन्दर्भमा कर घटाएर भए पनि पेट्रोलियम पदार्थको मूल्य घटाउँदै मूल्यवृद्धि नियन्त्रणको प्रयास । 

प्रमुख प्रतिपक्षी एमालेले करिब नौ महिनादेखि चल्न नदिएको संसद् अवरोधको संवादद्वारा अन्त्य । 

राष्ट्रसेवक कर्मचारीको मनोबल उकास्न १५ प्रतिशतले तलब वृद्धि । 

राष्ट्रहितलाई ध्यानमा राखेर अमेरिकाको ‘स्टेट पाटनरसिप प्रोग्राम’ को कार्यक्रम अघि नबढाउने निर्णय । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तथा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सम्पन्न । दुई देशबीचको सम्बन्धमा देखापरेका अविश्वास र संशय मेटाएर हार्दिकतापूर्ण सम्बन्ध विस्तार । 

अमेरिकी उच्च अधिकारीको नेपाल भ्रमण तथा नेपालका प्रधानसेनापतिको अमेरिका भ्रमण । 

चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा परराष्ट्रमन्त्री र विदेश विभाग प्रमुखको नेपाल भ्रमण तथा एक चीन नीतिप्रति नेपाल सरकारको प्रतिबद्धता । 

अन्तरदेशीय प्रसारण लाइन विस्तार गरी छिमेकी मुलुक भारतमा विद्युत् बिक्री सुरु । 

नागरिकताविहीनताको अन्त्य गर्न नागरिकता विधेयक संसद्मा पेस । 

वर्तमान सरकार गठनपछि संविधान, संसद् र लोकतन्त्र जोगाउन सफल भएको छ ।