• १० जेठ २०८१, बिहिबार

कुखुरा खान आएको चितुवाको आक्रमणमा परी पाँच जना घाइते

blog

काठमाडौं, असार ३० गते । नागार्जुन नगरपालिका– ८ दर्शनखोलामा बुधबार राती करिव १ः०० बजे कुखुरा खान आएको चितुवाले आक्रमण गर्दा स्थानीय पाँच जना घाइते भएका छन् । 

घर नजिकै स्थानीय राम भट्टराईले पालेको कुखुरा लिन आएपछि धपाउने क्रममा चितुवाले आक्रमण गरी रामका आमा सरस्वती भट्टराई, बुवा कुमार भट्टराई, ७५ वर्षीया हजुरआमा सानीमाया भट्टराई र छिमेकी सुविन कार्की घाइते भएको वडाअध्यक्ष सुरज पोखरेलले जानकारी दिनुभयो । 

७५ वर्षीया सानीमायाको अवस्था गम्भिर रहेको छ भने अन्यको टाउँको, मुख लगायत शरीरका विभिन्न अंगमा चोट पुगेको वडाअध्यक्ष पोखरेलले जानकारी दिनुभयो । घाइेतको मनमोहन अस्पतालमा उपचार भई रहेको छ । २०७२ सालको भुकम्पन पछि यो वर्ष गाउँमा चितुवाले आतंक मच्चाएको पोखरेलले बताउनुभयो । शिवपुरी राष्ट्रिय निकुञ्जको बफरजुन क्षेत्र भित्र पर्ने यस गाउँलाई तत्काल चितुवाबाट मानवीय क्षेत्र बचाउन तारबार लगाउनु पर्ने माग वडाअध्यक्षले निकुञ्जसँग राख्नुभयो ।

यस अघि चितुवाले एक दर्जनबढी कुकुर, बाख्रा खाई सकेको छ । हाल चार वटा चितुवाले प्रत्येक राती गाउँ प्रवेस गर्ने गरेको जनाएको छ । 

Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।