• १२ असोज २०८१, शनिबार

कविता प्रतियोगितामा सगुन तिमिल्सिना प्रथम

blog

गोरखापत्र अनलाइन

कीर्तिपुर, असार २९ गते । आदिकवि भानुभक्त आचार्यको २०९ औँ भानुजयन्तीको तथा गुरुपूर्णिमाको उपलक्ष्यमा आयोजित कविता प्रतियोगितामा सगुन तिमिल्सिना प्रथम हुनुभएको छ । मङ्गल बहुमुखी क्याम्पसमा आयोजनामा भएको सो प्रतियोगितामा निरञ्जन सोती दोस्राे र युवराज अधिकारी तेस्राे हुनुभयो । 

साहित्यकार तथा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. कृष्णहरि बरालले प्रतियोगिताका विजयीहरुलाई नगद, प्रमाणपत्र र ट्रफी प्रदान गर्नुभयो । 


१२ जना कवि तथा कवयित्रीले भाग लिनुभएको प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयका प्राडा. शिवशरण महर्जन, प्राडा. श्यामकृष्ण महर्जन, उपप्राडा. सिद्धीबहादुर महर्जन र क्याम्पस प्रमुख प्रदीप महर्जनको उपस्थिति रहेको थियो ।