• १८ असार २०८१, मङ्गलबार

खो खो राष्ट्रिय खेलाडीद्वय तालिमको लागि भारत प्रस्थान

blog

संघका उपाध्यक्ष प्रदीप महर्जन खेलाडी विदाइ गर्नुहुँदै

काठमाडौँ, असार २९ गते । एशियन खो खो संघ तथा भारतीय खो खो संघको निमन्त्रणामा मगंलबार दुईजना खेलाडी भारत प्रस्थान गर्नुभएको छ । 

खो खो खेलाडीहरु राज कुस्मा र विकराल सिंह रतगैयालाई नेपाल खो खो संघका उपाध्यक्ष प्रदीप महर्जनले विदाइ गर्नुभएको थियो । 

उहाँहरु भारतको पुणेमा साउन ३ गते तालिम सम्पन्न गरी ४ गते स्वदेश फर्कनुहुनेछ ।

तालिमले आगामी सेप्टेम्बरमा हुने चौंथौ एसियाली प्रतियोगितामा सहयोग पुग्ने उहाँले जनाकारी दिनुभयाे ।

यसैबीच, सोमबार कीर्तिपुरस्थित खो खो कभर्ड हलमा संघका अध्यक्ष श्रीप्रसाद साहले तालिममा सहभागी हुने खेलाडीलाई जर्सी तथा ट्राय्कसुट वितरण गर्नुभएको थियो ।