• १८ असार २०८१, मङ्गलबार

एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश

blog

काठमाडौं, असार २८ गते । नेकपा (एमाले)को भक्तपुर जिल्ला समिति परित्याग गरी एक दर्जन नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

मङ्गलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारस्थित निवासमा वेदप्रसाद खरेलको नेतृत्वकाे एक समूहलाई पार्टी प्रवेश गराउनुभएको हो । 

पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिकतासहित जनजीविकाको लागि सङ्घर्ष गरेको पार्टीमा सम्पूर्ण वामपन्थी शक्ति एकजुट हुन आह्वान गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, स्थायी सदस्य देवेन्द पौडेल, पोलिट्ब्युरो सदस्यहरु दिलीपकुमार प्रजापति, देवेन्द्र श्रेष्ठ र रामप्रसाद सापकोटालगायतको उपस्थिति थियो ।