दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका शाही विजयी
दैलेख निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यमा बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिकपाल कुमार शाही विजयी हुनुभएको छ ।
सुर्खेत २ को प्रदेश सभा (क) मा एमालेका कंडेल विजयी
सुर्खेत निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा (क) मा नेकपा (एमाले)का यामलाल कंडेल विजयी हुनु भएको छ ।
सल्यानको प्रदेश सभा (ख) मा कांग्रेसका सुरेश अधिकारी विजयी
सल्यानको प्रदेश सभा क्षेत्र नम्बर (ख) मा नेपाली कांग्रेसका सुरेश अधिकारी तीन हजार ७९० मतान्तर विजयी हुनुभएको छ । उहाँले २० हजार ४०८ मत प्राप्त गर्नुभएको छ ।
सल्यानबाट प्रतिनिधि सभामा प्रकाश ज्वाला विजयी
सल्यानबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला विजयी हुनुभएको छ ।
सल्यान १ (क) बाट माओवादीका भीम प्रकाश विजयी
सल्यान प्रदेश सभा क्षेत्र नम्बर (क) बाट नेकपा माओवादीका केन्द्रीय सदस्य भीम प्रकाश शर्मा विजयी हुनुभएको छ ।
जाजरकोटबाट शक्ति बस्नेत तेस्रो पटक विजयी
जाजरकोटबाट प्रतिनिधि सभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट (नेकपा माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत विजयी हुनुभएको छ ।
जुम्लाबाट प्रतिनिधिसभामा ज्ञानेन्द्र शाही विजयी
जुम्ला प्रतिनिधिसभामा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) फराकिलो मतले विजयी हुनुभएको छ ।
जुम्ला (क) मा कांग्रेसका बागी उम्मेदवार देवेन्द्र शाही विजय
जुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं. १ (क) बाट प्रदेश सभा निर्वाचनमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही विजय हुनुभएको छ ।
दैलेख निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क) बाट कांग्रेसका भण्डारी विजयी
दैलेख निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क) बाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम भण्डारी भारी मतान्तरसहित विजयी हुनुभएको छ । कुल २२ हजार ९४२ मत गणना हुँदा १० हजार ८०० मतसहित भण्डारी विजयी हुनुभएको हो ।
सल्यान प्रदेशसभा ‘क’ मा माओवादी र ‘ख’ मा कांग्रेसको अग्रता
सल्यानमा दुई प्रदेशभाको मतगणना एकैसाथ गरिएको छ । प्रदेश सभा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ । प्रदेश सभा क्षेत्र नम्वर क मा नेकपा (माओवादी केन्द्र)का भीमप्रकाश शर्माले ५ हजार ९६८ अग्रता कायम गर्नुभएको छ ।
जुम्ला प्रदेश (२) मा एमालेका टेकराज पछाई बिजयी
जुम्ला प्रदेश (२) नेकपा (एमाले) का टेकराज पछाई विजयी भएका छन् । गठबन्धनका उम्मेदवार पदमबहादुर रोकायालाई पछि पार्दै पछाई बिजयी हुनुभएको हो ।
जाजरकोट प्रदेश सभामा गठबन्धनका उम्मेदवार निर्वाचित
जाजरकोटको प्रदेश सभा अन्तर्गत भएका निर्वाचनमा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा क मा सत्ता गठवन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहनु भएका बेदराज सिंह ले १८ हजार ५४३ मत ल्याएर विजयी हुनु भएको छ ।
जाजरकोट (क) मा कांग्रेसका सिंह विजयी
जाजरकोट प्रदेश सभा (क) मा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका देवराज सिंह विजयी हुनु भएको छ ।
सुर्खेत-१ मा उपसभापति खड्काको अग्रता
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुर्खेत-१ बाट प्रतिनिधि सभा सदस्यमा सुरुवाती अग्रता लिनुभएको छ । सुर्खेत–१ मा मंगलबार राति १२ बजेबाट मतगणना सुरु भएको थियो ।
प्रदेश सभा (ख) मा कांग्रेसका शाह विजयी
जाजरकोट प्रदेश सभा (ख) मा गठबन्धन दल नेपाली कांग्रेसका राजीव विक्रम शाह विजयी हुनु भएको छ । पछिल्लो मत गणना अनुसार शाहले १६ हजार ४० मत प्राप्त गरी विजयी हुनु भएको हो ।
सुर्खेत-२ मा कांग्रेसका हृदयराम थानी विजयी
सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानी विजयी हुनुभएको छ । थानीले ३४ हजार ६२५ मत प्राप्त गरी विजय हुनुभएको हो ।
दैलेख क्षेत्र १ (क) बाट कांग्रेसका खत्री विजयी
नेपाली काँग्रेसका उम्मेद्वार पूर्णबहादुर खत्री विजयी हुनुभएको छ ।
जुम्ला प्रतिनिधिसभामा ज्ञानेन्द्र शाही दोब्बर मतले अगाडि
जुम्ला प्रतिनिधिसभामा ज्ञानबहादुर शाहीले दोब्बर मतले अग्रता कायम राख्नुभएको छ।
रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ।
सुर्खेत–२ मा कांग्रेसका थानीको अग्रता कायमै
सुर्खेतको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानीले अग्रता कायम राख्नुभएको छ । ४० हजार नौ सय ५९ मत गणना हुँदासम्म थानीले १८ हजार ७७८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृतबहादुर बुढाक्षेत्रीले १५ हजार ५८८ मत प्राप्त गर्नुभएको छ ।
जाजरकोटमा बस्नेतको अग्रता, आचार्यले पछ्याउँदै
प्रदेश सभा तथा प्रतिनिधि सभाको मत गणना जारी छ । सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले अग्रता कायम गर्नुभएको छ ।
जुम्ला (क) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाहीको अग्रता
जुम्ला प्रदेश सभा निर्वाचनमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १०६१२ मत गणना हुँदा देवेन्द्रबहादुर शाहीले ४ हजार ४१ मत ल्याएर अग्रस्थानमा छन् ।
कालिकोटमा मतगणना सुरु
एक निर्वाचन क्षेत्र रहेको कालिकोटको मतगणना सुरु भएको छ। मङ्गलबार बिहान आठ बजे बसेको सर्वदलीय बैठकपश्चात् मतगणना २ बजेदेखि सुरु भएकाे छ। दुई प्रदेश सभा सदस्य रहेको कालीकोटमा प्रदेश सभा क बाट मतगणना सुरु गरिएको छ ।
सल्यानमा गठबन्धनकाे एस र प्रदेशसभामा माओवादीकाे अग्रता
प्रतिनिधि र प्रदेश सभामा सत्ता गठवन्धनका उम्मेदवारको अग्रता छ । सल्यानमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले छ हजार ७५१ मत लिनुभएको छ । ज्वालाले ११ हजार ७९६ मतका साथ अग्रता कायम गर्नुभएको छ ।