सकियो रङ्गविहीन रङ्गिलो 'होरी' (फाेटाे फिचर)
सेतो कुर्ता, जामा, पगरी र टोपी लाएर गोलो घेराको समूहमा ‘डेउणा’ गाउँदै हरेक बेलुकीपख खेलिने ‘होरी’ सकिएको छ ।
डुङ्गा पल्टिँदा एक युवकको मृत्यु
बाजुराको छेडेदह तालमा डुङ्गा पल्टिँदा एक जना युवकको मृत्यु भएको छ ।
ट्याक्टर दुर्घटना हुँदा पाँचको मृत्यु
मेल्लेख गाउँपालिकाको षोडशादेवीबाट साँफेबगर आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
अट्ठाइस महिलाको उद्धार
बाजुराबाट २८ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ । ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरिएको जनाइएको छ । बाजुराको दुर्गम गाउँमा हुने मातृ मृत्युदर घटाउन ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत यत्तिका महिलाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बालकको उपचारका लागि दुई लाख सहयोग
आर्थिक सहयोगको अभावमा समयमै उपचार नपाउँदा स्वास्थ्यमा गम्भीर समस्या देखिएका १२ वर्षीय बालकको उपचारका लागि दुई दिनमा करिब दुई लाख रुपियाँ सहयोग जुटेको छ । सो विषयमा गोरखापत्रमा समाचार प्रकाशित भएपछि यत्तिको सहयोग जुटेको पीडित बालकका आफन्तले बताएका हुन् । सिगास गाउँपालिका–१, अङ्डेगाडाका अरुण ऐरीको आर्थिक अभावका कारण उपचारमा समस्या भएको थियो ।
अजयमेरुकोटको सरसफाइ
कर्णालीदेखि महाकालीपारि भारतको कुमाउ–गढवालसम्म फैलिएको तत्कालीन विशाल डोटेली राज्यको दरबार अजयमेरुकोट सरसफाइ गरिएको छ । भग्नावशेषमा परिणत भएको दरबार क्षेत्रमा पलाएको झाडी सफाइ गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको श्रमको सम्मान, राष्ट्रको अभियान कार्यक्रम गरिएको छ । अजयमेरुकोटमा अजयमेरु गाउँपालिकाले सो कार्यक्रम आयोजना गरेको हो । प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले अजयमेरुकोट क्षेत्रमा सफाइ गरेको छ ।
डुङ्गा पल्टदा युवक वेपत्ता
डुङ्गा पल्टदा बाजुरामा एकजना युवक वेपत्ता भएका छन् । वेपत्ता हुनेमा खप्तड छेडेदह गाउँपालिका –७ लम्गाउँका वर्ष ३२ का विरेन्द्र रावत रहेका छन् ।
गाउँमा गुञ्जयमान होरी
रानाथारुको महान पर्व होरी (होली) माघ पूर्णिमाको दिनदेखि सुरु भई फागु पुर्णिमा पछिको आठ दिनसम्म (१ महिना ८ दिन) मनाइने ठुलो पर्व हो ।
‘धार्मिक र जातीय द्वन्द्व हुन नदिनेगरी काम गरौँ’
सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाले धार्मिक र जातीय द्वन्द्व खतरनाक हुने भएकाले त्यस्तो गतिविधि हुन नदिन र सबै जातजाति, धर्मका मानिस बस्न र खेल्न पाउने वातावरण बनाउने गरी काम गर्न आग्रह गर्नुभएको छ ।
विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाँटामा
विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ । निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखापरेको हो ।
परम्परागत होली (फाग) मा रमाउँदै युवा
समयको परिवर्तनसँगै होली अर्थात् फागु पर्वमा विभिन्न विकृति बढ्दै गए पनि सुदूरपश्चिमको परम्परागत होली (फाग) भने सभ्य र भव्य रूपमा मनाइँदै आएको छ । यस प्रदेशको पहाडी जिल्लामा मात्र नभई तराईका कैलाली र कञ्चनपुरमा परम्परागत ढङ्गले होली मनाइँदै आएको छ । कैलालीको लम्कीचुहा, टीकापुर, गौरीगङ्गा, गोदावरी, घोडाघोडीलगायत विभिन्न नगरपालिका, पहाडी जिल्ला अछाम, बाजुरा, बैतडी, डडेलधुरा, दार्चुला, डोटीलगायतबाट बसाइँ सरेर आएका स्थानीयले पहाडमा मनाउने गरेको होली पर्वलाई तराईमा पनि मनाउन थालेका हुन् ।
रानाथारू समुदायमा होरीको रौनक
सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारू समुदायमा होरीको रौनक बढेको छ । होरीमा बज्ने ढोल, गाउने गीत, होरी नृत्यका कारण रानाथारू बस्ती होरीमय बनेको हो । माघ पूर्णिमादेखि फागुनपूर्णिमासम्म एक महिना आठ दिन यो समुदायले होरी पर्व मनाउने चलन रहेको छ । अहिले रानाथारू बस्ती होरीको गीत र नाचगानले गुञ्जायमान बनेको नेपाल रानाथारू समाजका पूर्वकेन्द्रीय अध्यक्ष डा. जीवन रानाले बताउनुभयो । होरी पर्व रानाथारूको सबैभन्दा ठुलो पर्व हो । डा. रानाका अनुसार रानाथारू समुदायले जिन्दा र मरी गरेर दुई प्रकारले होरी मनाउने चलन छ ।
सरकारले विश्वासको मत प्राप्त गर्ने मन्त्री देउवाको दाबी
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले प्रदेश सरकारले विश्वासको मत प्राप्त गर्ने दाबी गर्नुभएको छ।
होरी खेल्दै
कैलालीको टीकापुरमा फागु पूर्णिमाको अवसरमा खेलिने होरी खेल खेल्दै स्थानीय । विशेषगरी सुदूरपश्चिममा देउडाको माध्यमबाट भगवानको गाथा गाउँदै होरी खेल्ने चलन रहेको छ ।
डिएलए सुदूरपश्चिम समिति गठन
प्रजातन्त्रवादी कानुनविद्हरूको संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) ले सुदूरपश्चिम प्रदेश समिति गठन गरेको छ।
बसाइसँगै सर्यो होली
असत्यमाथि सत्यको विजय उत्सवका रूपमा मनाइने होली पर्व सुदूरपश्चिमका हरेक जिल्लामा पृथक् तरिकाले मनाइने गरिन्छ ।
सुरक्षित आवासका लागि पालिकाको अनुदान
गरिबीको रेखामुनि रहेका परिवारलाई मर्यादित जीवन जिउनका लागि शुक्लाफाँटा नगरपालिकाले सुरक्षित आवास निर्माण गर्न अनुदान रकम उपलब्ध गराएको छ ।
चट्याङ लागेर एकको मृत्यु, सात जना घाइते
बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गए राति जयपृथ्वी नगरपालिका-६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।
फागुपूर्णिमापछि मुख्यमन्त्री शाहले विश्वासको मत लिने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुपूर्णिमालगत्तै विश्वासको मत लिने तयारी गरिरहेको बताउनुभएको छ । मुख्यमन्त्री शाहले गोरखापत्रसँगको कुराकानीमा सो तयारीबारे जानकारी दिनुभएको हो । सङ्घीय सरकारमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितका दल मिलेर नयाँ समीकरण निर्माण गरिएपछि नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले सरकार छाडेका थिए । त्यसपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो । मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टी, राप्रपा र स्वतन्त्र सांसदलाई साथमा लिएर विश्वासको मत प्राप्त गर्ने गृहकार्य थाल्नुभएको हो ।
अजयमेरुकोट संरक्षणको पर्खाइमा
डडेलधुराको अजयमेरुकोट संरक्षणको पर्खाइमा छ । तेह्रौँ शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको अजयमेरुकोट अहिले जीर्ण अवस्थामा छ ।
जातीय विभेद हटाउन संविधानको पूर्ण कार्यान्वयन जरुरी
जातीयरुपमा गरिने विभेद हटन नसकेकामा शुक्लाफाँटा नगरपालिका-१० झलारीकी अनिता नेपाली निकै चिन्तित हुनुहुन्छ । तीन महिनादेखि उहाँले दलित समुदायको न्यायका लागि थालिएको रूपान्तरण अभियानको नेतृत्व गर्दै आउनुभएको छ ।
आइएलओको टोलीद्वारा रोजगार कार्यक्रमको अनुगमन
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को टोलीले कैलालीको कैलारीमा सञ्चालित स्वरोजगार कार्यक्रमको अनुगमन गरेको छ।
मकैखेतीमा किसानको आकर्षण बढ्दै
पछिल्लो समय कैलालीका किसान मकैखेतीमा आकर्षित हुन थालेका छन् । तोरी बाली टिपेपछि तेस्रो बालीका रुपमा यस क्षेत्रका किसानले मकै खेती गर्ने गरेका हुन् ।
अपमानित गाउँका नाम फेर्दै उपप्रमुख
पाटन नगरपालिका–५ का गणेश वडलाई कतै जाँदा आफ्नो गाउँको परिचय दिँदा अपमानित हुने डरले गाउँको परिचय नै लुकाउनुपर्ने बाध्यता थियो तर अहिले भने उहाँको गाउँको नाम सिर्जना टोल हुँदा यो समस्या हटेर गएको छ । दलितलाई होच्याउने र अपमानित हुने गरेर राखिएका ‘डुमेउडा, लुहार भ्वाँ, भुलेउडा’ जस्ता दलित बस्तीका अपमानित नाम फेर्न पाटन नगरपालिकाका उपप्रमुख आफैँ खटिएपछि २३ वटा दलित बस्तीका नाम परिवर्तन भएका छन् ।