• १२ पुस २०८१, शुक्रबार

कांग्रेसद्वारा जिल्ला समन्वय समितिको उम्मेदवार घोषणा

blog

गोदावरी (कैलाली), कात्तिक २९ गते । नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीको जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारीका लागि जिल्ला समन्वय समितिका प्रमुखको उम्मेदवारका लागि भुलको नाम सर्वसम्मतले सिफारिस गरेको हो ।

प्रमुख पदको उम्मेदवारका लागि सिफारिस हुनुभएका भुल कैलारी गाउँपालिका वडा नं २ को दलित महिला सदस्यको वडा सदस्यमा निर्वाचित हुनुभएको नेपाली कांग्रेसका जिल्ला सचिव नृपबहादुर सुनारले बताउनुभयो ।

जिल्ला समन्वय समिति कैलालीका तत्कालीन समन्वय प्रमुख पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि प्रमुखको पद रिक्त रहेको छ । समितिको अध्यक्षका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने तय भएको छ ।

सो निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिले मतदान गर्न पाउने छन् । 

पार्टीको जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारीका लागि जिल्ला समन्वय समितिका प्रमुखको उम्मेदवारका लागि भुलको नाम सर्वसम्मतले सिफारिस गरेको हो ।

प्रमुख पदको उम्मेदवारका लागि सिफारिस हुनुभएका भुल कैलारी गाउँपालिका वडा नं २ को दलित महिला सदस्यको वडा सदस्यमा निर्वाचित हुनुभएको नेपाली कांग्रेसका जिल्ला सचिव नृपबहादुर सुनारले बताउनुभयो ।

जिल्ला समन्वय समिति कैलालीका तत्कालीन समन्वय प्रमुख पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि प्रमुखको पद रिक्त रहेको छ । समितिको अध्यक्षका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने तय भएको छ ।

सो निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिले मतदान गर्न पाउने छन् । रासस