महाकाली सिँचाइ आयोजनाः असारसम्म दुई हजार हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य
महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत आगामी साढे दुई महिनामा दुई हजार हेक्टर क्षेत्रफल सिँचाइ पुर्याउने लक्ष्यसहित काम अघि बढाइएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको यस आयोजनाको तेस्रो चरण अन्तर्गत हाल मूल नहरसँगै शाखा नहर निर्माण भइरहेको छ ।
सङ्कटमा भेडापालन
बाजुराको बुढीनन्दा नगरपालिका–१० का चीनबहादुर विष्ट गर्मी लागेसँगै भेडा लिएर औलबाट गाउँतिर फर्किंदै हुनुहुन्छ । गत कात्तिकमा लेकबाट औलतिर झरेका विष्ट अहिले लेकतिर फर्किन लाग्नुभएको हो । विष्टसँगै अन्य तीन परिवार पनि छिमेकी जिल्ला अछाममा चरिचरनका लागि लिएका भेडाबाख्रासहित बिच बिचमा बास बस्दै घर (लेकतिर) फर्किंदै छन् । चिसो मौसममा औलतिर झर्ने र गर्मीमा लेकतिर जाने भेडापालकको दैनिकी नै हो ।
धनगढीमा राष्ट्रिय खो खो हुने
नेपाल खो खो सङ्घको आयोजनामा चैत २४ देखि २७ गतेसम्म सुदूरपश्चिको धनगढीमा प्रथम यु–२१ राष्ट्रिय पुरुष तथा महिला खो खो प्रतियोगिता हुने भएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले चैत २२ मा विश्वासको मत लिनुहुने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ गते विश्वासको मत लिनुहुने भएको छ ।
हिमाली घोरल संरक्षित वनमा
ग्वाल्लेक संरक्षित वनमा पहिलो पटक हिमाली घोरल बच्चा र भालेसहित देखा परेको छ । सो वन क्षेत्रमा यसअघि रतुवा मृग, जरायो, चितुवा, हिमाली भालुलगायत १६ वटा स्तनधारी जनावर सूचीकृत रहे पनि घोरल भने पहिलो पटक देखा परेको हो । दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकाको मध्य भागमा रहेको ग्वाल्लेक संरक्षित वनको मेलौली नगरपालिका–४, तिताबै क्षेत्रमा तीन वटा हिमाली घोरल देखा परेको डिभिजन वन कार्यालयका प्रमुख दिलीपकुमार यादवले बताउनुभयो । शावक (बच्चा) सहित देखा परेको पोथी घोरल र अर्को भाले रहेको बताइएको छ । ग्वाल्लेक संरक्षित वननजिकैको तिताबैको बाँसपहिरोको गोद्याओराढनजिक अचम्मको जनावर देखिएपछि तस्बिर खिचेको स्थानीय मोहनबहादुर चन्दले बताउनुभयो । दृश्यमा कैद भएको पोथी घोरल र शावक शान्त देखिन्छन् । उक्त स्थानमा वन कार्यालयको टोली खटाइएको डिभिजन वन कार्यालयका प्रमुख यादवले जानकारी दिनुभयो ।
नदीमा आश्रित ओत संरक्षणमा जुट्दै
बर्दिया जिल्लाको राजापुर नगरपालिका–३, का पार्वती थारूको घरवरिपरि रहेको दुई कट्ठा जमिनमा लौका, काँक्रा, करेलालगायतका तरकारी लटरम्म फलेको देखिन्छ । तरकारी खेती गर्नुपूर्व अधिकांश समय कर्णाली नदीमा माछा मारेर बिताउने पार्वती तरकारी खेतीतर्फ लागेपछि माछा मार्न छाडेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिला धेरै जसो माछा मार्न जान्थेँ । तालिम लिएपछि थाहा पाएँ, ओत नामको वन्यजन्तुको आहारा माछा रहेछ । तरकारी खेतीतर्फ लागेपछि माछा मार्ने फुर्सद नै भएन । अब माछा होइन, तरकारी खेतीलाई नै निरन्तरता दिन्छु ।” सोही ठाउँका अर्की किसान दुखुनी थारूको दैनिकी ढकिया, हड्केस, चकटी बनाउनमै बित्छ । अधिकांश समय माछा मार्न कर्णाली नदीमा बिताउने दुखुनीले हस्तकलाबाट सामान बनाएर बिक्री गर्न थालेपछि मनग्गे आम्दानी हुन थालेको बताउनुभयो । दुखुनीले भन्नुभयो, “पहिला हप्तामा पाँच दिन माछा मार्न जान्थेँ । आफूले खाएर बचेको माछा बेच्ने गरिन्थ्यो । अहिले हस्तकलाका सामान बनाउन थालेपछि माछा मार्ने फुर्सदै हुँदैन ।”
व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी
पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गर्नुभएको छ । व्यावसायिक च्याउखेतीमा लाग्नुभएका चौधरीले गाउँमा नमुना किसानको परिचय बनाउनुभएको छ ।
थारू संस्कृतिको अपत्यारिलो पाटो : एक मृतकको चार ठाउँमा काजकिरिया
मातापिताको निधन भएपछि छोराछोरी, भाइबन्धु एकै ठाउँमा भेला भएर काजकिरिया गर्ने चलन छ । तर टीकापुर नगरपालिका–१, वनगाउँकी कल्ठीदेवी चौधरीको मृत्युपछि उहाँका दुई छोरा र दुई पनातिले फरक फरक ठाउँमा काजकिरिया गरेका छन् । कल्ठीका माइला छोरा छिटकलाल, कान्छा छोरा छुकुन्वा चौधरी र जेठा छोरा जितबहादुरका नाति वसन्त टीकापुर नगरपालिका–१, वनगाउँ बिचपुरुवास्थित आआफ्नै घरमा काजकिरिया बस्नुभएको छ । अर्का नातेदार दिपेश चौधरी उत्तरपुरुवामा काजकिरियामा हुनुहुन्छ । कल्ठीका तीन छोरा २०४५ सालमा छुट्टिई भिन्न हुनुभएको थियो । अंशबन्डासँगै दाजुभाइ छुट्टिए र देउता पनि बाँडिए । अलग अलग देवता भइसकेपछि थारू समुदायको चलन अनुसार मृत्युकर्म पनि अलग अलग गर्नुपरेको गाउँका अगुवा मीनबहादुर चौधरी बताउनुहुन्छ ।
उखु पेलेर गुजारा
कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ सालघारीका ३० वर्षीय निमबहादुर चौधरी उखु पेल्नमै व्यस्त हुनुहुन्छ । गर्मीयाम सुरु भएसँगै फागुन दोस्रो सातायता चौधरीको दैनिकी उखु पेल्ने मेसिनसँगै बित्छ । भीमदत्त-४ महेन्द्रनगरमा निमबहादुरले उखु पेल्ने काम थालेर मनग्य आम्दानी गरिरहनुभएको छ ।
घोडाघोडी तालक्षेत्रमा रामसार जानकारी अद्यावधिक कार्य सुरु
विश्वरामसार साइडमा सूचीकृत जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी तालमा विज्ञहरुको समुहद्धारा रामसार जानकारी अधावधिक कार्य हुँदैछ ।
पर्यटन प्रवर्द्धनका लागि ‘स्ट्रिट फुड फेस्टिभल’
लम्कीचुहा नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा उत्सव हुन थालेको हो । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारा चिसापानीसँगै सुदूरपश्चिम प्रदेशको मौलिक खानाको प्रर्वद्धन गर्ने उद्धेश्यले 'स्ट्रिड फुड फेस्टिभलको' आयोजना गरिएकाे हाे ।
बझाङमा माओवादीबाट बुढा उम्मेदवार
नेकपा (माओवादी केन्द्र) ले बझाङको प्रदेश सभा क्षेत्र १ मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव जनक बुढालाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।
सुदूरपश्चिममा आज सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । तराईमा बसोबास गर्ने राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सरकारले प्रदेश भरी सार्वजनिक बिदा दिएको हो ।
सुदूरपश्चिममा कोरोना उकालो लाग्दै
सुदूरपश्चिममा कोरोना सङ्क्रमण उकालो लागेको छ । भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढेको देखिएको हो । कामको सिलसिलामा भारत पुगेकाहरू पछिल्लो समय बिसु पर्व मनाउनका लागि स्वदेश फर्किरहेका छन् ।
सञ्चार क्षेत्रका समस्या समाधानमा पहल गर्छु : प्रदेश प्रमुख मिया
सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाले सञ्चार क्षेत्रका समस्या समाधानका लागि आफूले पहल गर्ने बताउनुभएको छ ।
दुना टपरीबाट राम्रो आम्दानी गर्दै खिमा दम्पती
महिलाहरू घरायसी काममा मात्रै सीमित हुनुपर्छ भन्ने सोचलाई चिर्दै महिलाहरु व्यवसायमा पनि सक्षम् छन् भन्ने उदाहरण बन्नुभएको छ, भजनी नगरपालिका–९ की खिमादेवी धामी ।
बाजुरामा शैक्षिकसत्रअगावै पुग्यो पाठ्यपुस्तक
नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै जिल्लाका स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पाठ्यपुस्तक पाएका हुन् ।
विकास गाउँमा, युवा विदेशमा
बाजुरा जिल्लाको कतिपय पालिकाको एउटा वडाबाट अर्को वडामा पुग्न एक दिनभर लाग्ने गर्छ । त्यस्तै एक पालिकादेखि अर्को पालिकासम्म पुग्न दुई दिनसम्म लाग्ने गर्छ । तर अहिले सडक यातायातको सहजतासँगै एक दिनको बाटो एक घण्टा र दुई दिनको बाटो दुई घण्टामै पुग्न सक्ने गरी सुविधा विस्तार भएको छ । प्रत्येक स्थानीय तहका गाउँबस्ती सडक सञ्जालको पहुँचमा पुगेसँगै आवातजावतमा सहज भएको छ ।
जीवनलाई मिठास बनाउने साहित्य सृजना गरौँ : पूर्व मन्त्री पोखरेल
पूर्व मन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोख्रेलले साहित्य जीवनलाई उदास, निराश भन्दा मिठास र उत्साहित बनाउने खालको साहित्य सिर्जना गर्नुपर्ने बताउनु भएको छ ।
सांस्कृतिक कुरीति हटाउन दलित बस्तीमा ज्योतिष
धर्म, संस्कृति, परम्परा समयसापेक्ष परिवर्तन र अनुकूलन हुँदै जानु पर्छ भन्ने कुरामा धार्मिक गुरु नै अग्रसर हुन थालेका छन् । समुदायमा आएको सचेतना तथा सामाजिक परिवर्तनसँगै यहाँका धार्मिक अगुवा ज्योतिष पण्डित कुरीति हटाउन अघि सर्न थालेका छन् । यहाँका ज्योतिष पण्डित गणेशप्रसाद पन्तले दलित, गैरदलित सबैको घरमा धार्मिक कार्यक्रम गर्ने अभियान सुरु गर्नुभएको छ । पाटन नगरपालिका–८, खोड्पे निवासी ज्योतिष पण्डित पन्तले धार्मिक कुरीति हटाउन २१ वटा सप्ताह, ११ वटा शिवपुराण, ५१ वटा लघु रुद्राभिषेक गरिसकेको बताउनुभयो । मनारसीधामका धार्मिक प्रवक्ता एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वकेन्द्रीय सदस्य पन्तले दलित र गैरदलितबिचको विभेद हटाएर सबै हिन्दुको घरमा वेद, पुराण र गीता राख्नुपर्ने अभियानमा लागेको बताउनुभयो ।
हराउँदै सहकारी बचत खोज्दै सदस्य
बाजुराका स्थानीयको आर्थिक अवस्थालाई मजबुत बनाउने उद्देश्यले सञ्चालित जिल्लाका अधिकांश सहकारी संस्था पछिल्लो समय हराउन थालेका छन् ।
ओत संरक्षणमा जुट्दै कर्णाली नदीमा आश्रित समुदाय
बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ३ की पार्वती थारुको घर वरिपरि रहेको दुईकट्टा जमिन यतीखेर लौका, काँक्रा, करेलालगायत तरकारी फुलेर लटरम्म फल्दै गरेको देखिन्छ ।
सङ्कटापन्न खरमजुरको खोजी
विश्वमै अति सङ्कटापन्न अवस्थामा रहेको खरमजुर (बेङ्गाल फ्लोरिकन) को शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खोजी तथा अनुगमन सुरु भएको छ । खरमजुरको सङ्ख्या, अवस्था पत्ता लगाउने उद्देश्य अनुरूप अनुगमन थालिएको हो । ‘स्विप’ र ‘क्यामरा ट्र्याप’ विधिमार्फत खरमजुरको अनुगमन भइरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । निकुञ्जका सूचना अधिकारी मनोज ऐरले यसअघि खरमजुर देखिएको शुक्लाफाँटा, करैयाफाँटा, मोहनपुरफाँटा र मध्यवर्ती सामुदायिक वनमा खरमजुरको अनुगमन गरिने जानकारी दिनुभयो ।
छुवाछुत उन्मूलनमा दलितमै भाँडभैलो
बाजुरा जिल्लाको हरेक गाउँबस्तीमा जातीय विभेद तथा छुवाछुत गर्ने प्रचलन कायमै रहेको छ । माथिल्लो जातले दलित समुदायलाई निजी तथा सार्वजनिक क्षेत्रमा प्रवेशमा निषेध गर्दै आएका छन् ।बाहिरी रूपमा विभेद छैन भनिए पनि जिल्लाका हरेक गाउँबस्तीमा भने पहिलेदेखि चल्दै आएको जातीय विभेद तथा छुवाछुत गर्ने प्रचलन कायमै रहेको छ । गैरदलितले दलितलाई विभेद गर्ने चलन त पहिलादेखि नै थियो तर दलितले दलितलाई नै जातीय विभेद कायमै गरेको घटना जीवन्त छन् । दलित दलितबिचको जातीय छुवाछुत तथा विभेदले छुवाछुत उन्मूलनमा समस्या देखिएको छ । जातीय विभेद तथा छुवाछुत प्रथा रोक्नका लागि गाउँबस्तीमा गठन भएका दलित नेटवर्कले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । दलितले दलितलाई नै जातीय विभेद गर्दै आएकाले यसलाई रोक्न समस्या भएको दलित नेटर्वक बाजुराले जनाएको छ । जातीय छुवाछुतको अन्त्य आफैँबाट गर्न आवश्यक रहेकाले पछिल्लो समय दलित समुदायको घरआँगनबाट नै जनचेतनामूलक कार्यक्रम सुरुवात गर्ने तयारी रहेको जिल्ला दलित नेटवर्क बाजुराका सचिव मिलन सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा पहिलेदेखि व्यापक छुवाछुत भइरहेको छ । यो अन्त्य गर्नका लागि पहिले दलितमै भएको विभेद रोक्नु पर्छ ।” यहाँको नौ वटै स्थानीय तहका ६९ वटा वडामै वडास्तरीय दलित नेटवर्क तथा नौ वटा पालिकास्तरीय दलि