पुल बनाउन भारतले दिएन सहमति
भारतले सहमति नदिएपछि कैलालीको भजनी नगरपालिका–५, गुलरिया घाटस्थित मोहना नदीमा पुल निर्माण अन्योल बनेको छ । दुई देशको सीमा क्षेत्रमा पुल बनाउनका लागि चालू आर्थिक वर्षमा प्रक्रिया अघि बढाइए पनि भारतले सहमति नदिँदा पुल निर्माण अनिश्चित बनेको हो । गुलरिया घाटको वारि नेपाल र पारितर्फ भारत पर्छ । दुई देशको भूभागलाई जोड्ने स्थानमा पुल बनाउनका लागि भारतले सहमति नजनाएको भजनी नगरपालिकाका प्रवक्ता विक्रम चौधरीले बताउनुभयो । उहाँका अनुसार पुलको विषयमा माथिल्लो तहसम्म कैयौँ पटक छलफल भयो । तर भारतले सहमति जनाएन । “भारतले सहमति नजनाएकाले यो घाटमा पुल बनाउन असम्भव देखिएको छ,” उहाँले भन्नुभयो, “किनभने उसको सहमतिबिना पुल बनाउन सकिँदैन ।”
अफ्रिकन स्वाइन फिभरबाट मर्यो बँदेल
नेपालमा अफ्रिकन स्वाइन फिभरबाट पहिलो पटक बँदेल मरेको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अफ्रिकन स्वाइन फिभरबाट बँदेल मरेको हो ।
सिकलसेलको ज्ञान आदानप्रदान गर्न चिकित्सकको सम्मेलन हुने
वङ्शाणुगत रोग सिकलसेल एनिमियाबारेको ज्ञान आदानप्रदान गर्नका लागि धनगढीमा विशेषज्ञ चिकित्सकको क्षेत्रीय सम्मेलन हुँदैछ।
रक्तस्रावका कारण बाजुरामा सुत्केरी महिलाको मृत्यु
रक्तस्रावका कारण बाजुरामा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । रक्तस्रावका कारण बूढीगङ्गा नगरपालिका–२ कि बजेडी १७ वर्षीया लक्ष्मी लुहारको मृत्यु भएको हो ।
पूर्वाधारमा फड्को मार्दै डडेल्धुरा
सुदूरपश्चिम प्रदेशको मध्यपहाडी जिल्ला डडेल्धुराको पूर्वमा डोटी र कैलाली जिल्ला, पश्चिममा नेपाल–भारतको सीमा नदी महाकाली, उत्तरमा बैतडी जिल्ला र दक्षिणमा कञ्चनपुर जिल्ला रहेको छ। एक लाख ५३ हजार आठ सय हेक्टर क्षेत्रफलको डडेल्धुरालाई एक लाख १४ हजार ७३६ हेक्टर अर्थात् ७५.८८ प्रतिशत वनजङ्गलले ढाकेको छ।
बालिका दाम्लोमा : न खाने गाँस छ, न बस्ने घर
स्वतन्त्र भएर खेल्ने रमाउने उमेरमा ६ वर्षीय बालिका सलको दाम्लोमा बाँधिएको अवस्थामा फेला परेकी छन् । तीन वर्षसम्म अँध्यारो कोठामा थुनिएकी करिश्मा भट्ट छिमेकीको सहयोगमा दाम्लोसहित घरको आँगन देख्ने अवसर पाइन् । बालिकाको बुवाको रुखबाट लडेर कम्मर भाँचिएको छ ।
होली सकियो, होरीको रौनक कायमै
होली पर्व सकिए पनि राना थारु समुदायमा होरी पर्वको रौनक कायमै छ । होलीको चीर दहनपछि राना थारु समुदायका मानिस ‘मरी होरी’ अर्थात् मृत होरी पर्व मनाइरहेका छन् ।
अटो दुर्घटनामा वृद्धको मृत्यु
कैलालीको धनगढीमा अटो दुर्घटनामा परी एक वृद्धको ज्यान गएको छ ।
कृषि औजार बनाउन अनुदान
परम्परागत रूपमा आरन व्यवसाय गर्दै आइरहेका उद्यमीलाई अनुदानमा विद्युतीय उपकरण हस्तान्तरण गरिएको छ। कृषि ज्ञान केन्द्र डडेल्धुराले कृषि औजार बनाउन सहज हुने गरी विद्युतीय उपहरण वेल्डिङ र कटर मेसिन हस्तान्तरण गरेको हो। ज्ञान केन्द्रले दुई जनालाई मेसिन उपलब्ध गराएको छ। दुई जनालाई केही दिनमा उपलब्ध गराइने कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले जानकारी दिनुभयो।
ग्रामीण महिलालाई थाहा छैन
बैतडीका स्थानीय तहले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नाचगान र देउडा प्रतियोगिता आयोजना गरेर मनाएका छन्। दिवसले दैनिक ज्याला मजदुरी गरेर खाने महिला र पारिश्रमिकबिना घरायसी काम गर्ने महिलालाई भने सम्बोधन गर्न सकेन। दशरथचन्द नगरपालिकाले मङ्गलबार जिल्ला सदरमुकाममा देउडा प्रतियोगिता आयोजना गरे पनि दैनिक ज्याला मजदुरी गरेर खाने महिला र किशोरी हँसिया बोकेर वनतिर हिँडिरहेको भेटिए। सार्वजनिक बिदा भएका कारण ज्याला मजदुरीको काम नपाएपछि पारिश्रमिकबिनाको घरायसी काम घाँस दाउरा गर्न उनीहरू जङ्गलतिर हिँडेका थिए।
‘सेनेटरी प्याड लिन अप्ठ्यारो हुँदैन’
केदारस्यु गाउँपालिका–४, शिक्षादय माविकी छात्रा कोपिला रावललाई अहिले ‘सेनेटरी प्याड’ लिन कुनै अप्ठ्यारो हुँदैन। १० कक्षामा अध्ययनरत १४ वर्षीया रावललाई यसका लागि सूचना केन्द्रले सहयोग गरेको छ। महिनाबारी भएका बेलामा विद्यालयमा नजाने उहाँ अहिले नियमित विद्यालयमा जान थाल्नुभएको छ। “सेनेटरी प्याडका बारेमा केही जानकारी थिएन, च्यातिएको कपडा प्रयोग गथ्र्यौं। अहिले ज्ञान पनि लियौँ, प्रयोग पनि ग-यौँ। निकै सहज भएको छ,” उहाँले भन्नुभयो। उहाँलाई मात्रै होइन, शिक्षादयमा अध्ययनरत अन्य किशोरीलाई सूचना केन्द्र स्थापना भएपछि धेरै फाइदा भएको छ। विद्यालयमा किशोरीमैत्री सूचना केन्द्र स्थापनापछि रावलजस्तै अन्य किशोरी विद्यालयमा सधैँ उपस्थित हुने गरेको शिक्षादय माविका स्वास्थ्य शिक्षक शैलेन्द्रबहादुर सिंहले बताउनुभयो।
एकमहिने होरी पर्व सुरु
एक महिना आठ दिनसम्म होरी पर्व मनाउने राना थारू समुदायमा मङ्गलबारबाट ‘मरी होरी’ सुरु भएको छ। चीर दहनपछि ‘मरी होरी’ सुरु हुने गरेको सो समुदायका अगुवाले बताउने गरेका छन्। यसभन्दा अघि राना समुदायले ‘जिन्दा होरी’ मनाउँदै आएको थियो। जिन्दा होरीका बेला राति होरी नाच नाचेर रमाउने गरेको राना थारू समुदायका बुद्धिजीवी नारायण रानाको भनाइ छ। “चीर दहनपछि मरी होरी सुरु हुन्छ र दिउँसो होरी नाच नाचिन्छ,” उहाँले भन्नुभयो।
विद्यालयलाई सहयोग सङ्कलन
सिद्धेश्वर मावि हुक्केडाँडा सरकारीस्तरबाट तीनतारे विद्यालय घोषणा गरिएको छ। बाल उद्यान, खेलमैदान र सरसफाइ स्वच्छताका दृष्टिले विद्यालयको शैक्षिक र भौतिक वातावरण निकैलोभलाग्दो छ। यो विद्यालय सरकारी योजनाले भन्दा पनि फागुलगायतका चाडबाडले यस्तो बनेको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटका अनुसार यो विद्यालयका शिक्षकलाई फागु आएपछि मात्रै तलब खुवाउने गरिएको छ। किनकि फागु खेलेर सहयोग सङ्कलन गरी शिक्षकको तलब सुविधा भुक्तानी गरिन्छ। यो वर्ष फागु खेलेर एक लाख ७५ हजार रुपियाँ सङ्कलन गरिएको छ।
पुर्खौली ठाउँको सम्झना गर्दै तराईबासीले मनाए होली
तराईमा खेलिने होली अर्थात फागु पर्वमा बिकृति बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रबाट बसाई सराईगरी तराई झरेकाहरुले परम्परागत होली मनाएका छन् ।
दार्चुलामा जिप दुर्घटना : एकको मृत्यु, नौ घाइते
दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते हुनुभएकी भारतको पिथौरागढ जिल्लाको धार्चुला सिमखोलाकी ६० वर्षीया कालीदेवी नेगीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
कैलालीमा उल्लासमय होली
रङको पर्व होली कैलालीमा एक आपसमा खुशीयाली साटासाट गरेर धुमधामसँग मनाइएको छ।
होली खेल्दै राना थारू समुदायका महिला
कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिलका–४, असैनाका राना थारु समुदायका महिला होली खेल्दै ।
सुक्न थाले खोला
कहिले नसुक्ने खोला यो वर्ष लगातारको खडेरीले सुकेका छन्। लेकम गाउँपालिका–५ का स्थानीय शम्भुराज जोशीका अनुसार वर्षभरि कलकल पानी बग्ने विभिन्न स्थानका खोला यो वर्षको खडेरीले सुकेका छन्। उहाँका अनुसार हिउँदमा वर्षा नहुँदा अधिकांश खोलानाला सुकेका छन्। खडेरीले धेरै ठूलो प्रभाव पारेको छ। खडेरीका कारण खोलानाला सुकेपछि पानीको समेत अभाव हुन थालेको छ। सुक्खा खडेरीका कारण जनजीवन र वातावरणमा नराम्रो प्रभाव बढ्दै गएको लेकम–५ कै अर्का स्थानीय दिलेन्द्रप्रसाद भट्टले बताउनुभयो।
केदारको ‘ओलो’ का कारण होली नखेल्ने गाउँ
बैतडीका अधिकांश गाउँमा रङ्गको पर्व होली खेलिए पनि बैतडीको गाल्लेक गाउँमा सदियौँदेखि होली खेलिदैंन । ग्वाल्लेक केदार धामको ‘ओलो’ (देवताको इच्छा) का कारण दशरथ चन्द नगरपालिका–९, ग्वाल्लेकमा होली खेल्ने परम्परा छैन ।
होली पर्व: आगो भित्र्याउने प्रचलन
शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका अगुवा लहानु चौधरी होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बाल्नमा व्यस्त हुनुहुन्छ ।
सीआइबीका जवान मृत भेटिए
पिकनिक मनाउन गएका केन्द्रीय अनुसन्धान ब्युराे (सीआइबी) का एक सूचक मृत भेटिएका छन् । जीवन बुडाल नाम गरेका उनको शव भेटिएको र शव नजिकै विस्फोटक पदार्थ भेटिएको प्रहरीको भनाइ छ ।
दार्चुलामा मृत चितुवा भेटियो
दार्चुलाको शैल्यशिखरमा एक चितुवा मृत फेला परेको छ । शैल्यशिखर नगरपालिका –२ स्थित कालिपातली र थामुको सीमा छुट्टाउने घट्टेखोलामा चितुवा मृत अवस्थामा फेला परेको स्थानीय शङ्कर जोशीले जानकारी दिनुभयो ।
बादल लागेपछि धारा बन्द
पानी नभएकै कारण गाउँमा बुहारी भित्र्याउनसमेत समस्या भोग्दै आएका बूढीगङ्गा नगरपालिका–२, मुस्तोलावासीले ५० वर्षपछि बल्ल गाउँमा खानेपानी पाएका छन् । प्रदेश सरकारको आर्थिक सहयोगबाट सोलारले पानी तानेर गाउँमा ल्याएपछि मुस्तोलावासीले बल्ल खानेपानीको सुविधा पाएका हुन् । पुस्तौँदेखि घण्टौँको बाटो हिँडेर कुवाको पानी खान बाध्य भएका मुस्तोलावासीलाई त्यो पानीले केही सहज बनाए पनि अन्य समस्या भने पुरानै रहेको
तीन दिनमा एक पटक पानी
बैतडी सदरमुकामवासीलाई तीन दिनमा एक पटक पानी दिन थालिएको छ। बैतडी साना सहरी खानेपानीका पाइपमा चुना जमेर पानी आपूर्ति कम भएको भन्दै दशरथचन्द नगरपालिका–४, गढी र शाहीलेक क्षेत्रमा तीन दिनमा एक पटक पानी वितरण थालिएको हो। सदरमुकाम क्षेत्रमा एक हजार ६० वटा धारा रहेका छन्। यहाँ दैनिक पाँच लाख ५० हजार लिटर पानी आवश्यक पर्छ। छ इन्च व्यास भएको पाइपभित्र चुना (क्याल्सियम) जम्दा पाइपको व्यास चार इन्चमा झरेको साना सहरी खानेपानीका प्राविधिक पदम ठगुन्नाले जानकारी दिनुभयो।