• ११ मंसिर २०८१, मङ्गलबार

रक्तस्रावका कारण बाजुरामा सुत्केरी महिलाको मृत्यु

blog

शेरबहादुर सार्की
बाजुरा, फागुन २६ गते । 
रक्तस्रावका कारण बाजुरामा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । रक्तस्रावका कारण बूढीगङ्गा नगरपालिका–२ की १७ वर्षीया लक्ष्मी लुहारको मृत्यु भएको हो ।

गर्भजाँच गर्दा लुहारको गर्भमा दुई वटा बच्चा थियो । लुहारले एक छोरीलाई घरमै जन्म दिनुएभएको थियो भने अर्कL छोरीलाई स्वास्थ्य संस्थामै जन्म दिएको बह्रमतोला स्वास्थ्य चौकीले जनाएको छ ।

बह्रमतोला स्वास्थ्य चौकीका अनमl देवकी गौतमका अनुसार गर्भजाँच गर्दा लुहारको पेटमा दुई बच्चा थियो । उहाँले एक बच्चालाई घरमै जन्माउनुभएको र अर्को बच्चा स्वास्थ्य चौकी पुगेपछि जन्म दिनुभएको हो ।

उहाँले घरमा जन्माउनुभएको छोरी जीवितै छन् भने स्वास्थ्यचौकीमा जन्माउनुभएको छोरी भने गर्भमै मरेकाे अनमि गौतमले बताउनुभयो ।

शरीरमा रगतको कमी भएकाले थप उपचारका लागि अछामको बयालगडा अस्पताल रिफर गरेपछि उहाँको बाटोमै मृत्यु भएको बह्रमतोला गौतमले जानकारी दिनुभयो ।

लक्ष्मी लुहारलाई व्यथा लागेको बेला नै स्वास्थ्य चौकीमा ल्याएको भए ज्यान जोगाउन सकिने उहाँको भनाइ छ । त्यस्तै, केही दिन पहिला बूढीगङ्गा नगरपालिका–६ की नितु जैशीको पनि रक्तस्रावका कारण ज्यान गएको थियो ।

विसं. २०७५ देखि ०७९ सम्म चार महिलाको रक्तस्रावका कारण ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ । २०७६/७७ सालमा तीन  २०७७/७८ सालमा एक गरी चार जना सुत्केरी महिलाको रक्तस्रावका कारण ज्यान गएको स्वास्थ्य कार्यालय बाजुराका तथ्याङ्क अधिकृत रुगमबहादुर थापाले बताउनुभयो ।