मुख्यमन्त्री शाहले फागुन २१ गते विश्वासको मत लिने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरिरहनु भएको छ ।
टुङ्गो लागेन पालिका मुकाम
भागेश्वर गाउँपालिकाको स्थायी मुकामको विवाद अझै सुल्झिन सकेको छैन। बारम्बार सर्वपक्षीय बैठक गरिए पनि स्थायी मुकाम कुन ठाउँमा बनाउने भन्ने टुङ्गो लाग्न सकेको छैन। गाउँपालिका–४ स्थित बगरकोटको अस्थायी मुकामबाट सेवा दिइरहेको छ।
मिसन ग्रासरुट अभियानमा नेता
सङ्गठन सुदृढीकरण गर्न नेकपा (एमाले), अछामले वडा तहमै प्रतिनिधि खटाएको छ। पार्टीको केन्द्रको निर्णयअनुसार खटिएका केन्द्रीय र प्रदेश सदस्यसँगै जिल्ला सदस्यलाई हरेक वडामा जाने गरेर खटाएको हो। जिल्ला कमिटीका सदस्यलाई अर्को स्थानीय तहको वडामा पार्टीको समग्र काम गर्नलाई खटाइएको एमाले अछामका अध्यक्ष चन्द्रबहादुर बोहराले जानकारी दिनुभयो। वडा तहमा पार्टीको अवस्था विश्लेषण, सदस्यता नवीकरण र सङ्कलन, जनवर्गीय सङ्गठन गठन/पुनर्गठन, नागरिकका सरकार र पार्टीप्रतिका गुनासा सङ्कलनको काम गरिने बताइएको छ।
जोखिममा खलङ्गा
लास्कु खोलामा भदौ २४ गते आएको बाढीले भत्किएको तटबन्ध निर्माणमा ढिलाइ भइरहेको छ। एक विद्यालयसहित १२ घर बगाएको बाढीले सदरमुकाम क्षेत्रमा बनेको पक्की तटबन्धको रिङ्नेतालदेखि लास्कु खोलासम्म क्षति पु-याएको थियो। बाढी प्रभावित क्षेत्रमा समयमै तटबन्ध नबने फेरि बाढी बङ्गाबगर क्षेत्रको बस्तीमा पस्ने जोखिम रहेको स्थानीय चक्रबहादुर बमले बताउनुभयो।
बजेट कार्यान्वयनमा सुधार गर्न आवश्यक
सुदूरपश्चिम प्रदेशमा बजेट तथा कार्यक्रम कार्यान्वयनमा सुधार गर्न आवश्यक रहेको औँल्याइएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले मङ्गलबार गरेको चालू आर्थिक वर्षको बजेट तथा योजना कार्यान्वयन अर्धवार्षिक समीक्षमा बजेट तथा कार्यक्रम कार्यान्वयनको तौरतरिकामा कुनै फरकपन नल्याइएकाले आशातीत उपलब्धि प्राप्त हुन नसकेको सरोकारवालाले औँल्याएका हुन् ।
सुदूरपश्चिममा बजेट र कार्यक्रम कार्यान्वयनको अर्धवार्षिक समीक्षा
सुदूरपश्चिम प्रदेशमा बजेट तथा कार्यक्रम कार्यान्वयनमा सुधार गर्न आवश्यक रहेको औंल्याइएको छ।
धनगढीमा सूचना प्रविधि मेला सुरु
कैलालीको धनगढीमा क्यान इन्फोटेक एवम् सूचना प्रविधि मेला मङ्गलबारदेखि सुरु भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) कैलालीको आयोजनामा सूचना प्रविधि मेला सुरु भएको हो ।
शिशुको गर्भमै मृत्यु, आमाको हेलिकोप्टरमार्फत् उद्धार
दार्चुलाको अपी हिमाल गाउँपालिकाकी सुरन्ती बोहराले गर्भमै शिशु गुमाउनुभएको छ। सुत्केरी व्यथा लागेपछि ६ घण्टा हिँडाइएकी सुरन्ती बोहराको गर्भमै शिशुको मृत्यु भएको हो।
मुआब्जा लिएर घर भत्काउन आलटाल
सर्वोच्च अदालतले फैसला सुनाएको १५ वर्षपछि कार्यान्वयन चरणमा गएको छ । अदालतको फैसलाबमोजिम सडक विस्तारका लागि सरकारले मुआब्जा वितरण गरेको छ । यद्यपि मुआब्जा लिएर पनि घरधनी एवं व्यापारीले घर भत्काउन आनाकानी गर्दै आइरहेका छन् ।
दुई तिहाइ सदस्यको विश्वासको मत पाउने मुख्यमन्त्री शाहको दाबी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफूलाई दुईतिहाइ प्रदेश सभा सदस्यले विश्वासको मत दिने विश्वास व्यक्त गर्नुभएको छ ।
डडेल्धुरामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
डडेल्धुराको परशुराम नगरपालिकामा आज सोमबार जिप दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।
तौलाहा तालको सौन्दर्यीकरण
धनगढी उपमहानगरपालिका–८ स्थित धनगढी गाउँको प्राकृतिक तौलाहा ताल व्यवस्थापन गरिएको छ। सो ताल बेवारिस अवस्थामा रहेको थियो। वडा नम्बर ८ का अध्यक्ष जुगराम चौधरीका अनुसार पर्यटन प्रवद्र्धनको उद्देश्यसहित प्राकृतिक तालको व्यवस्थापन गरिएको हो। यो ताल अब पर्यटकीय गन्तव्य बन्ने अपेक्षा पालिकाको छ। सो व्यवस्थित तालबाट सङ्कलन हुने राजस्वको केही प्रतिशत वडा कार्यालयले पाउने छ।
मेलामा स्थानीय उत्पादन खरिद–बिक्री
महाशिवरात्रि (फागुन ६ गते)का अवसरमा आयोजना गरिएको दार्चुलाको गोकुलेश्वर मेलामा स्थानीय उत्पादनको राम्रो कारोबार भएको छ । दार्चुलाको सबभन्दा ठूलो गोकुलेश्वर मेला हरेक वर्ष महाशिवरात्रिदेखि एक हप्तासम्म लाग्ने गर्छ । शिवरात्रिको दिन पूजाआजामा सहभागी हुने दर्शनार्थीले पूजाआजापछि स्थानीय उत्पादन खरिद–बिक्री गरी लैजाने गरेका छन् । स्थानीय उत्पादनको बजार प्रवद्र्धनमा गोकुलेश्वर मेलाले महत्वपूर्ण योगदान पु-याएको स्थानीय व्यापारी तोयराज जोशीले बताउनुभयो ।
व्यवसायीद्वारा थप आन्दोलनको कार्यक्रम घोषणा
बैङ्क तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्ध आन्दोलनमा उत्रेका कैलालीका व्यवसायीले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन्।
बाटो काट्दा आलोचना
कैलालीको धनगढीस्थित छ लेनको सडकमा लगाइएको तारजाली नाघेर मान्छेले बाटो काट्ने कार्यको व्यापक आलोचना भएको छ। जान्ने बुझ्ने मान्छेले त्यस्तो किसिमको लाजमर्दो हर्कत गर्न नहुने भन्दै धेरैले आलोचना गरेका हुन्। छ लेनको सडकको मेडियनमा लगाइएको बोटबिरुवा जोगाउन र जथाभावी बाटो काट्नमा रोक लगाउनका लागि
अस्पतालमा न औषधि न चिकित्सक
संविधानमा स्वास्थ्य उपचारको हकलाई मौलिक हकका रूपमा राखिएको छ। आधारभूत स्वास्थ्य सेवा निःशुल्कसमेत भनिएको छ। यद्यपि ग्रामीण भेगका सरकारी अस्पतालमा न चिकित्सक भेटिन्छन् न औषधि पाइन्छ। सङ्घीय सरकार मातहत रहेका देशभरका १२ वटा अस्पतालमध्ये डडेल्धुरा अस्पताल एक हो तर सो अस्पतालमा मनोचिकित्सक र औषधि पाउन मुस्किल छ। मनोचिकित्सक र औषधि नहुँदा मानसिक रोगीको उपचारमा समस्या हुँदै आएको छ।
हराउँदै ऐतिहासिक ढुङ्गे धर्मशाला
सडक नहुँदा पैदल यात्राका लागि बनाइएका कट्या बाटा (सबलको प्रयोग गरेर हातले काटेर बनाइएका बाटा)मा बास बस्न बनाइएका ढुङ्गे धर्मशालाहरू मासिँदै र नासिँदै गएका छन्। सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा बजार नहुँदा वर्षभरि खानलाई पुग्ने गरेर नुन, गुँड, तेललगायतका दैनिक उपभोग्य वस्तु खरिद गर्न स्थानीय एक हप्तासम्म पैदल हिँडेर नेपाल–भारतका सीमा बजार ब्रह्मदेव र टनकपुर पुग्थे। करिब तीन दशक अघिसम्म पनि यो क्रम चलिरहेको थियो।
सङ्घमा बनेको समीकरणले मुख्यमन्त्रीलाई राहत
राष्ट्रपति निर्वाचनका लागि राजनीतिक दलहरूबीच सङ्घमा बनेको नयाँ समीकरणले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई राहत भएको छ। पदमा रहिरहनका लागि उहाँले बहुमत प्राप्त गर्न सक्ने आधार सुनिश्चित भएपछि मुख्यमन्त्री शाहलाई राहत भएको हो।
प्रधानमन्त्रीको पहलमा आगलागीका घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो
आगलागीमा परेर सिकिस्त भएका अछामको पञ्चदेवल विनायक नगरपालिका–८ कोसेडीका दुईजना युवालाई प्रधानमन्त्रीको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।
भूकम्पपीडित पालमुनि
भूकम्पले घर भत्काएपछि हिमाली गाउँपालिका–७ का विष्णुप्रसाद तिमिल्सेना त्रिपालकै सहारामा रात कटाउँदै आउनुभएको छ। माघ १० गतेको भूकम्पले घर भत्किँदा खाद्यान्न, भाँडाकुडा, लत्ताकपडा सबै पुरिएपछि तिमिल्सेना पालमा बस्दै आउनुभएको छ। तिमिल्सेनाले ऋण गरेर सानो घर बनाउनुभएको थियो। त्यही घरसमेत भूकम्पले भत्किएपछि अर्को घर कसरी बनाउने भन्ने चिन्ता उहाँमा छ। अहिले यताका अधिकांश स्थानीय भूकम्पको डरले सबै खुला आकाशमा त्रिपालको बासमा रहेको तिमिल्सेनाले बताउनुभयो।
डोलाडोलीमा ‘दुल्हेराजा दुल्हीरानी’
चिटिक्क सिँगारिएको डोला थियो। त्यसभित्र गलाभरि पैसाको माला लगाउनुभएका ‘दुल्हेराजा’ । डोलाको पछिपछि परम्परागत वेशभूषामा सजिएका महिला, युवकयुवतीसहित बालबालिका पनि बाजागाजाको तालमा नाचिरहेका थिए। सुदूरपश्चिम प्रदेशको तराईवासी, आदिवासी, जनजाति र रानाथारू समुदायको विवाहमा देखिएको दृश्य हो, यो। विवाहमा बेहुला (दुलहा)लाई डोला र बेहुली (दुलही)लाई डोलीमा बोक्ने रानाथारू समुदायको पुरानो चलन हो। डङ्गौरा, देउखरिया थारूले डोलाडोलीमा बेहुलाबेहुली बोक्ने चलनलाई मास्दै गएका बेला रानाथारू समुदायले भने आफ्नो पुरानो परम्परालाई जोगाएर राखेको छ।
एसपिएको रजत जयन्तीः चार महिला क्रिकेटर सम्मानित
धनगढी उपमहानगरपालिका–२ मा रहेकोे सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए कलेज) को रजत जयन्तीका अवसरमा चार महिला क्रिकेटर सम्मान गरेको छ ।
भारत जाने कामदारको निःशुल्क दुर्घटना बीमा
बैतडीको पाटन नगरपालिकाले स्थानीय साझेदार संस्थासँग मिलेर भारतमा काम गर्ने जाने नेपाली कामदारको दुर्घटना बीमा गराउन थालेको छ । पाटन नगरपालिका र स्थानीय साझेदार संस्था रुडेस बैतडीले भारतमा काम गर्न जाने मजदुरको पाँचदेखि सात लाख रुपियाँसम्मको निःशुल्क बीमा सुरु गरेको हो । बिहीबारदेखि वडास्तरमै गएर बीमा गर्न नगरपालिकाले टोली नै खटाएको पाटन नगरपालिकाका निमित्त कार्यकारी प्रमुख राजेन्द्रप्रसाद भट्टले बताउनुभयो । बिहीबार पाटन नगरपालिका–६ मा खटिएको टोलीले भारतमा कम गर्न जाने कामदारको निःशुल्क बीमा भर्न थालेपछि एकै दिन २५० जनाले दुर्घटना बीमाको फाराम भरेको उहाँले जानकारी दिनुभयो ।
हिमपात नहुँदा भोकमरीको जोखिम
सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउनुहुन्छ । मङ्सिरमा छरेको गहुँ फागुनको मध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्य सङ्कट होला भन्ने चिन्ताले उहाँलाई सताउन थालेको छ ।