जबरजस्ती जुस खुवाएपछि ...
बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका टेकबहादुर रावत ६१ दिनपछि सम्पर्कमा आउनुभएको छ । भारतको उत्तराखण्ड राज्यको पौडी जिल्लाको पौवाबाट घर फर्किँदै गरेको समयमा बेपत्ता भएका रावत ६१ दिनपछि आफैँ सम्पर्कमा आाउँनुभएको हो ।
फोहोरबाट मोहर घर घरमा बायोग्यास
मङ्गलसेन नगरपालिकाले नगर तथा बजार क्षेत्रबाट निस्कने फोहोरबाट बायोग्यास निकालेर स्थानीयवासीलाई निःशुल्क रूपमा वितरण गरेको छ । बायोग्यास प्लान्टबाट निस्केको बायोग्यास पाइपलाइनबाट घर घरमा पु-याउने कार्य भइरहेको छ । यस नगरपालिकाको वडा नम्बर–६, तेसिङ्गेमा ‘डम्पिङ साइट’ मा बायोग्यास प्लान्ट स्थापना गरी करिब ५० हजार लिटर ग्यास उत्पादन तथा भण्डारण गरिएको पालिकाले जनाएको छ । बायोग्यासबाट दाउराको सट्टा घरमा आगो बाल्न तथा खाना पकाउन सहज भएको तेसिङ्गेका स्थानीय ताराप्रसाद भण्डारीले बताउनुभयो । “घरमा ग्यास जडान भयो, अब दाउराको दुःख जान्या भयो,” भण्डारीले खुसी हुँदै भन्नुभयो ।
भूकम्प प्रभावित प्रताडित : एक अर्ब रकम फ्रिज
डोटीको पूर्वीचौकी गाउँपालिका–५, उपरकाँडा गाउँका ४२ वर्षीय गमै साउदले राम्रोसँग सुत्न नपाएको नौ महिना पूरा भएको छ । २०७९ कात्तिक २२ गते राति आएको भूकम्पले घर भत्किएपछि उहाँ अस्थायी टहरामा बस्दै आउनुभएको छ । पीडित साउद परिवारको घर नहुँदा हिउँदको चिसो र बर्खाको झरीमा पनि दैनिक बसाइ कष्टकर हुने गरेको छ । उचित राहत तथा पुनस्र्थापनाको कार्यक्रम सञ्चालन हुन नसक्दा डोटीका करिब चार हजार भूकम्प प्रभावित परिवार साउदको जस्तै दुःख भोग्दै आएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार डोटीमा ५३९ घर पूर्ण क्षति र चार हजार १९३ घरमा आंशिक रूपमा क्षति पुगेको छ । भूकम्पमा परेर छ जनाको मृत्यु भएको थियो ।
खोलाले बगाउँदा एक जना युवक बेपत्ता
बाजुरामा खोलाले बगाउँदा एक जना युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलाली ६ जोशीपुरका ३२ वर्षीया डुवनारायण चौधरी रहेका छन् ।
धानबालीलाई किराबाट जोगाउन हरेरी पूजा गरिँदै
धानबालीलाई किराबाट जोगाउनका लागि थारु बस्तीमा हरेरी पूजा गर्न थालिएको छ । बाली पूजाको रूपमा कैलालीका थारुले हरेरी पूजा गर्न थालेका हुन ।
माथिल्लो चमेलिया जलविद्युतको उद्घाटन
बैतडी र दार्चुलाको सीमा भएर बग्ने चेमेलिया नदीमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको सफल परीक्षणपछि सोमबार उद्घाटन गरिएको छ ।
खेल पूर्वाधारविनै खेलाडीको छलाङ
साग प्रतियोगितामा कुस्तीमार्फत मुलुकलाई पदक जिताउन सफल सुरेश चुनारा र शिवानी दुबे कञ्चनपुरका उत्पादन हुनुहुन्छ । उहाँहरू चीनमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि छनोट भइसक्नुभएको छ ।
दार्चुलामा आयोडिन नुनको खपत बढ्दै
दार्चुलामा पछिल्लो समय आयोडिन नुनको खपत बढेको छ । केही वर्ष पहिलेसम्म यहाँको ग्रामीण तथा बजार क्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग हुने गरेकामा पछिल्लो समय आयोडिन नुनको बिक्रीवितरण बढेको छ ।
बारामा ६० प्रतिशत रोपाइँ
बारामा बर्खे धान ६० प्रतिशत मात्र रोपाइँ भएको छ । लामो समयसम्म पानी नपरेपछि यहाँका किसानले भूमिगत सिँचाइको माध्यमबाट रोपाइँ गरेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा जाँदै
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुँदै छ ।
पहिराेले घर पुरिएर आमाछोराको मृत्यु, तीनजना घाइते
पहिराेले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका–२ भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।
मन्त्रीले दमाहा बजाएर खानेपानीको उद्घाटन
सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले दमाहा बजाएर लिफ्टिङ खानेपानी योजनाको धारा उद्घाटन गर्नुभएको छ । विगतमा खानेपानीको समस्याका कारण बुहारीसमेत नपाउने सो गाउँमा मन्त्री धामीले दमाहा बजाएर सर्वसाधारणलाई छलिया नृत्यमा नचाउनुभएको थियो ।
गेटा अस्पताल एक सय शय्यामा सञ्चालनको तयारी
कैलालीको गेटा मेडिकल कलेजलाई एक सय शय्याको अस्पतालका रूपमा सञ्चालनको तयारी थालिएको छ । यसका लागि सरकारले चालु आवमा आवश्यक बजेट व्यवस्था गरेको छ । साउन मसान्तबाट अस्पताल सञ्चालन गर्ने तयारी भइरहेको छ । यसका लागि आवश्यक तयारी थालिएको गेटा मेडिकल कलेजका निर्देशक डा. प्रमोद जोशीले बताउनुभयो । “तत्कालका लागि एक सय शøयाको अस्पताल सञ्चालन गर्न निर्देशनसहितको जानकारी आएको छ,” उहाँले भन्नुभयो, “त्यसैका लागि अहिले तयारी भइरहेको छ ।”
राहदानी वितरणलाई सहज बनाउन अतिरिक्त समय थप
कञ्चनपुरमा पछिल्लो समय राहदानी बढाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि राहदानी वितरणलाई सहज बनाउन कार्यालय समयसँगै अतिरिक्त समय पनि सेवा दिँदै आएको छ ।
मलामी सवार ट्याक्टर दुर्घटना, एकको मृत्यु ३३ घाइते
मलामी बोकेर गएको ट्याक्टर दुर्घटना हुँदा पञ्चदेवल विनायक नगरपालिकामा एक जनाको ज्यान गएको छ । मलामी गएका पञ्चदेवल विनायक नगरपालिका –६ तोलीका २४ वर्षीय दीर्घ विकको घटनास्थलमै ज्यान गएको हो ।
पुल जोगाउन तटबन्धमा स्थानीयको श्रमदान (फोटो फिचर)
कैलालीको भजनी नगरपालिकामा स्थानीय श्रमदानमा तटबन्ध निर्माण गरिदैछ । जनप्रतिनिधि र स्थानीयवासीको संयुक्त सहभागितामा श्रम गर्ने काम भइरहेको हो ।
बीरे झर्नामा आन्तरिक पर्यटकको आकर्षण बढ्दो
झण्डै दुई सय मिटर लम्बाइ रहेको यो झर्ना जिल्लाको साँफे मार्तडी लोगमार्ग अन्तर्गत पर्ने राप्का सडकमै पर्छ ।
रातोपानी सामुदायिक वन फँडानीबारे छानबिन गर्न समिति गठन
कैलालीको गोदावरीस्थित रातोपानी सामुदायिक वन फँडानीको छानबिन गर्न समिति गठन गरिएको छ ।
बर्खा लाग्यो, खोला बढ्यो रोकिए गाडी
मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत पर्ने विभिन्न खोलामा पुल नहुँदा बर्खा लागेसँगै खोलामा बाढी बढेपछि स्थानीयलाई आवतजावत गर्न तथा सवारीसाधन सञ्चालनमा समस्या भएको छ । दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि सकस हुन हुन थालेको छ । मार्तडी–कोल्टी सडकको दानसाँगु र कर्णाली कोरिडोर सडकखण्ड अन्तर्गत पर्ने बड्डीगाड, पिलुचौर, कवाडीलगायतका खोलामा पुल छैन । सडक भए पनि खोलामा पुल नहुँदा स्थानीयलाई आवतजावत गर्न र यातायातका साधन सञ्चालन गर्न समस्या भएको हो । पिलुचौर बड्डीगाड खोलामा बर्खा लागेसँगै पानीको बहाव बढ्दै गएपछि वारपार गर्न समस्या भएको जगनाथ गाउँपालिका–१ का स्थानीय व्यापारी मीनबहादुर कार्कीले बताउनुभयो ।
दाउरामा निर्भरको सङ्ख्या घटेन
नेपाल सरकारले परम्परागत ऊर्जा खपतको अनुपातलाई सन् २०३० सम्ममा ३० प्रतिशतमा झारेर सुधारिएको चुलो, विद्युतीय चुलो र एलपी ग्यासको उपयोगमा वृद्धि गर्ने लक्ष्य राखेको भए पनि बैतडी जिल्लामा भने ९५ प्रतिशत घरधुरी दाउरामा निर्भर रहेको पाइएको छ । यस जिल्लाको १० स्थानीय तहका ८४ वडामा रहेका ४५ हजार १९१ घर धुरीमध्ये ९५ प्रतिशत घरधुरीले परम्परागत धुवाँ निस्कने चुलोमा दाउराको प्रयोग गरेर खाना पकाउने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
रानाथारू सामनको डोला कतै सञ्चालन, कतै अन्योल
सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारू समुदायमा परम्परागत सामनको डोला (पिङ) सञ्चालन गर्ने सन्दर्भमा यस वर्ष अन्योलता सिर्जना भएको छ। मलमासका कारण साउन महिनाभरि सञ्चालन गर्ने सामनको डोलाबारे अन्योलता सिर्जना भएको हो। रानाथारू समुदायले साउन महिनामै मनाउने तीज यस पटक भदौ २ गते सारिएको छ। तीजसँगै जोडेर यो समुदायका मानिसले साउन महिनामा सामनको डोला सञ्चालन गरी त्यसमा रमाउने गर्छन्। तर, यो वर्ष सामनको डोला सञ्चालन गर्ने सन्दर्भमा रानाथारू समुदायबिचमै विभाजन देखिएको छ।
कर्मचारीलाई पेस्कीमाथि पेस्की रकम
डिभिजन वन कार्यालयले असार मसान्तमा पूरा गरिसक्नुपर्ने काम साउन महिनामा पनि जारी राखेको छ। असार महिनामा कर्मचारीका नाममा दुई पटक पेस्की रकम झिकेर साउन महिनामा पनि काम जारी राखेको हो। कार्यविधिमा कर्मचारी परिचालन गरेर काम गर्नुपर्ने उल्लेख छ। तर, डिभिजन वन कार्यालयले कर्मचारी परिचालनको बुँदालाई टेकेर कर्मचारीका नाममा पेस्कीमाथि पेस्की रकम झिकेर काम गरिसक्नुपर्ने समयभन्दा पछि पनि काम जारी रहेको पाइएको छ।
अफ्रिकन स्वाइन फिभर बँदेलमा फैलिदैं
बङ्गुरमा व्यापक रुपमा देखिएको अफ्रिकन स्वाइन फिभर रोग जंगली बँदेलमा पनि फैलिन थालेको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका अनुसार लुम्बिनी प्रदेशस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा पनि जंगली बँदेलमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको छ ।
वन फँडानीमा संलग्नलाई छाडिन्न : मन्त्री धामी
सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले वन फँडानी गर्ने जोसुकै भए पनि नछोडिने बताउनुभएको छ ।