इञ्जिनियर पदको परीक्षा सञ्चालन भएको छैन : आयोग
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले आयोगबाट यो प्रदेशमा इञ्जिनियर पदको कुनै पनि परीक्षा सञ्चालन नभएको जनाएको छ ।
पहिरोको उच्च जोखिममा पीपलगाउँ
बाजुराको खप्तड छेडेदह गाउँपालिका-२ मा रहेको पीपलगाउँ पहिरोको उच्च जोखिममा परेको छ । गत साउन १९ देखि २२ गतेसम्म लगातार परेको अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले पीपलगाउँ जोखिममा परेको हो ।
सामाजिक भत्ता वडामै पाउँदा ज्येष्ठ नागरिक खुशी
यतिबेला बाजुराका अधिकांश स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वडाबाट नै वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक खुशी भएका छन् । सामाजिक सुरक्षा भत्ता ल्याउन जाँदा लौरोको सहायताले घण्टौँ पैदलमा हिँड्न दुःख पाउँदै गरेका ज्येष्ठ नागरिकले पछिल्लो समय वडाबाट नै भत्ता पाउन थालेपछि खुशी भएका हुन् ।
प्रमुख सेनानी कार्कीको नागरिक अभिनन्दन
भैरवप्रसाद गण सिलगढीका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीको नागरिक अभिनन्दनसहित बिदाइ गरिएको छ । विगत डेढ वर्षदेखि डोटीमा कार्यरत कार्कीलाई डोटीका नागरिक संस्थाहरुले एक कार्यक्रमबीच सम्मानसहित बिदाइ गरेका हुन् ।
सुदूरका जलसम्पदा
बैतडी र दार्चुला जिल्लाको सीमा भएर बग्ने चेमेलिया नदीमा ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना सम्पन्न भएपछि चमेलिया नदीबाट ९६ मेगावाट बिजुली उत्पादन सुरु भएको छ । उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । २०७७ माघ महिनादेखि निर्माण सुरु भएको माथिल्लो चमेलिया जलविद्युत् आयोजना लक्ष्यभन्दा छ महिनाअघि नै निर्माण सम्पन्न भएको हो । ४० मेगावाटको माथिल्लो चमेलिया निजी क्षेत्रको लगानीमा निर्मित सुदूरपश्चिमकै पहिलो ठुलो जलविद्युत् आयोजना हो ।
पालिकाको भवन निर्माणमा कमसल सामग्री
भीमदत्त नगरपालिकामा निर्माणाधीन प्रशासकीय भवनमा खुल्लमखुल्ला गुणस्तरहीन सामग्री प्रयोग भइरहेको पाइएको छ। पालिकाको भवनको दोस्रो र तेस्रो तलाको भित्तामा गुणस्तरहीन दोयम इँटा प्रयोग भइरहेको हो। नगरपालिकाका प्राविधिक, कर्मचारी र नगर नेतृत्वले भने त्यसप्रति आँखा चिम्लिएको आरोप स्थानीयको छ। निर्माण कम्पनीले कर्मचारी र जनप्रतिनिधिसँगको मिलेमतोमा दोयम इँटा प्रयोग गरिरहेको आरोप लागेको छ।
बिउ आलुको मूल्य निर्धारण
डडेलधुरामा उत्पादन भएको बिउ आलु प्रतिकिलो ५० रुपियाँ निर्धारण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ डडेलधुराले शनिबार आयोजना गरेको गोष्ठीबाट बिउ आलुको मूल्य निर्धारण गरिएको हो । हिउँदे र बर्खे गरी दुई वटै सिजनको बिउ आलुको मूल्य प्रतिकिलो ५० रुपियाँ तोकिएको हो । खरिद गरिएको मूल्यमा लागत लाग्ने सबै खर्च र व्यवसायीलाई १५ प्रतिशत मुनाफा जोडेर बिउ आलुको मूल्य निर्धारण गरिएको हो ।
एक वर्षमा एक हजार ९७९ मुद्दा फर्छ्यौट
कैलाली जिल्ला अदालतले एक वर्षमा एक हजार ९७९ मुद्दा फर्छ्यौट गरेको छ । गत आर्थिक वर्षमा नयाँ दर्ता भएको र जिम्मेवारी सरेको गरी जम्मा तीन हजार ५९१ मुद्दा रहेको थियो ।
गौरीकुण्ड पहिरोमा १४ नेपालीसहित २० जना बेपत्ता, तीन शव भेटियो
भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डमा बिहीबार राति आएको पहिरोमा परी १४ जना नेपाली र छ जना भारतीय नागरिकसहित २० जना बेपत्ता भएका छन्।
घाँस काट्ने क्रममा महिलाको मृत्यु
घाँस काट्नेक्रममा मङ्गलसेन नगरपालिकामा एक महिलाको भीरबाट खसेर निधन भएको छ । मङ्गलसेन नगरपालिका–१ जैधन निवासी अन्दाजी २४ वर्षीया निर्मला साउद थापाको निधन भएको हो ।
टिकापुरको पद्म प्रकाशेश्वर महादेव मन्दिर (फोटो फिचर)
कैलाली जिल्ला टिकापुर नगरपालिका–७ सत्ती बजार अर्थात् पूर्वबाट पूर्वपश्चिम राजमार्ग हुँदै सुदूरपश्चिम जाँदा लम्कीबाट बायाँतर्फ करिब २४ किलो मिटरको दूरीमा अवस्थित छन् प्राचीन एवम् ऐतिहासिक पद्म प्रकाशेश्वर महादेवको मन्दिर ।
लोप हुँदै खोलाका पानी घट्ट
बाजुराका परम्परादेखि सञ्चालन हुँदै आएका खोलाका पानी घट्ट पछिल्लो समयमा लोप हुन थालेका छन् ।
डेंगु फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान
कैलालीमा डेंगु रोग फैलाउने लामखुट्टेको लार्भाको खोजी र नष्ट गर्ने अभियान थालिएको छ । डेंगुको महामारी नियन्त्रण र रोग रोकथाम गर्ने उद्देश्यले लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियान थालिएको हो ।
शिक्षामा घट्दै सरकारी बजेट, बढ्दै निजी शैक्षिक संस्था
सुदूरपश्चिमका सामुदायिक विद्यालय आर्थिक अभाव झेल्दै आएका छन्। सामुदायिक विद्यालयले कक्षाकोठा अभाव, शिक्षक दरबन्दी, शैक्षिक सामग्रीलगायत समस्या भोग्दै आएका छन्। विद्यालयमा आवश्यकता अनुसार कक्षाकोठा, शिक्षक दरबन्दी, शैक्षिक सामग्री नहुँदा सुदूरपश्चिमका सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न नसकेको बताइन्छ। यो समस्या सहरी क्षेत्रभन्दा ग्रामीण भेगका सामुदायिक विद्यालयले बढी समस्या भोग्दै आएका छन्।
सिँगारिँदै घोडाघोडी ताल
विश्व सिमसार क्षेत्र, जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी ताल मनमोहक बनाइँदै छ। घोडाघोडीमा हालै मात्र बाँध पुनर्निर्माण तथा प्रवेश पार्क निर्माण कार्यले पूर्णता पाएसँगै ताल क्षेत्र आकर्षण देखिनुका साथै स्वदेशी पर्यटकको चहलपहल बढेको छ। पर्यटन विभाग र घोडाघोडी नगरपालिकाको साझेदारी सहयोगमा प्रवेश पार्क तथा आउटलेट बाँध निर्माण भएको हो। स्थानीय पदमप्रसाद ढकालका अनुसार जीर्ण भएको पुरानो बाँधका कारण तालको पानी ठाउँ ठाउँबाट बगेर जाने अवस्था रहेको र पुनर्निर्माणले ताल फुट्ने सम्भावना टर्नुका साथै पार्क निर्माणले तालको आकर्षण बढाएको छ।
भारतको गौरीकुण्डमा पहिरो खस्दा १३ नेपाली बेपत्ता
भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डमा पहिरो खस्दा १३ जना नेपाली कामदार बेपत्ता भएका छन्। बेपत्ता हुने सबै हुम्ला जिल्लाका रहेका छन् ।
केदारनाथ क्षेत्रमा नेपाली बसेको होटेल नै पहिरोमा, जुम्लाका तीनजनाको सनाखत
भारतको केदारनाथ दर्शनका लागि गएर पहिरोमा पनि बेपत्ता भएकामध्ये तीनजनाको सनाखत भएको छ । मृतक तीनैजना जुम्ला जिल्ला तातारासी गाउँपालिकाका स्थायी बासिन्दा हुन ।
दोधराचाँदनीसँग सहकार्य छिट्टै हुन्छ : राजदुत चौधरी
सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल र नेपालका लागि बंगलादेशका राजदुत सलाउद्दिन नोमन चौधरीबीच भेटवार्ता भएको छ । बिहीबार दोधारा चाँदनी नगरपालिका कार्यालयमा उहाँहरुबीच भेटवार्ता भएको हो ।
‘पार्टीले टीकापुरमाथि अन्याय गर्यो’
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिता जनाएसँगै नागरिक उन्मुक्ति पार्टीभित्र किचलो बढेको छ । मन्त्री नियुक्तीको विषयलाई लिएर सो पार्टीभित्र असन्तुष्टि चुलिएको हो ।
खानी उत्खनन रोकियो
सिगास गाउँपालिका–१, बल्लेकानामा भेटिएको फलाम खानी क्षेत्रमा बिजुली, सडक र पानी नहुँदा खानी उत्खननको काम रोकिएको छ। फलामखानी रहेको पारि डाँडासम्म चमेलियाको १५० मेगावाट बिजुलीका तार राखिएको छ। जयपृथ्वी मार्गको पक्की सडकबाट दक्षिणतिर चार किलोमिटर दुरीमा फलाम खानी छ। खानीनजिकै तल ढणारीगाड कलकल बगेको छ। २०७७ साल चैतमा सिगास गाउँपालिका–१, सुगरखालको बल्लेकानामा फलाम खानी भेटिएको थियो।
सुखड बजार सडकखण्ड साँघुरिँदै
कैलालीको पुरानो सदरमुकाम भजनीदेखि सुखड जोड्ने सडक चौडा नबनाइएको भन्दै स्थानीय नगरवासीले गुनासो गरेका छन्। सो सडक चौडासहित कालोपत्रेका लागि दोस्रो चरणको कामले तीव्रता पाएसँगै स्थानीयवासीले उक्त गुनासो गरेका हुन्। पहिलो चरणमा भजनी नगरपालिकाको भजनी बजारदेखि सुखड खण्डको बिजुलियासम्म १० किलोमिटर सडक कालोपत्रेका लागि आर्थिक वर्ष २०७६/७७ बाट निर्माण अन्तिम चरणमा पुगेको छ।
हरिहाँसको बासस्थान मासिंदै
नेपालकै पहिलो चरा आरक्ष कैलालीस्थित घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा पाइने हरिहाँसको प्राकृतिक बासस्थान मासिदैंगएको छ ।
गलत तथा भ्रामक सूचनाप्रति सबै सजग हुनुपर्छ
रम्परागत र नयाँ मिडियाबाट प्रवाह भइरहेका वा प्रवाह हुन सक्ने गलत तथा भ्रामक सूचनाप्रति सबै सजग हुनु पर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन्।
‘कक्षाकोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने’
कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् ।